Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

कांग्रेसमा ब्युँतियो विवाद- गगनलाई काउन्टर दिन पुरानै केन्द्रीय समिति बैठक राख्दै देउवा पक्ष

खबरडबली संवाददाता

काठमाडौं । विशेष महाधिवेशनपछि सुरु भएको प्रतिनिधिसभा निर्वाचन प्रक्रियाले सुस्तिएको कांग्रेसभित्रको आन्तरिक विवादलाई पुनः सतहमा ल्याएको छ । 

निर्वाचनको समीक्षा गर्न विशेष महाधिवेशनबाट चयन गरिएको केन्द्रीय समिति बैठक चलिरहेकै बेला पुरानो संस्थापन पक्षले अलग्गै केन्द्रीय समिति बैठक बोलाउने तयारी थालेको छ । वैधानिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले दुई पक्षले छुट्टाछुट्टै बैठक बस्ने संकेतले पार्टीभित्रको विवाद नयाँ चरणमा प्रवेश गर्ने देखिएको छ ।

२१ फागुनमा भएको निर्वाचनमा अप्रत्याशित हार बेहोरेपछि दबाबमा परेका सभापति गगन थापा ले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका छन् । त्यससँगै पार्टीको इतर समूह थप सक्रिय बनेको छ । बैठकमा उपसभापति विश्वप्रकाश शर्मा ले पेस गरेको चुनावी समीक्षा प्रतिवेदनमा थापाको राजीनामा अस्वीकार गर्ने प्रस्ताव राखिएको छ ।

यहीबीच, विशेष महाधिवेशन र चुनावी समीक्षालाई लक्षित गर्दै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का ले यसै साता निवर्तमान केन्द्रीय सदस्यहरूको बैठक बोलाउने तयारी गरेका छन् । उनका अनुसार पार्टीभित्र व्यापक एकता कायम गर्न छलफललाई अघि बढाउने प्रयास भइरहेको छ । मीन विश्वकर्माले पनि नेतृत्वबीच संवाद बढाएर साझा धारणा बनाउन पहल भइरहेको बताएका छन् ।

विशेष महाधिवेशनबाट चयन भएको नयाँ नेतृत्व र अघिल्लो महाधिवेशनबाट आएको नेतृत्वबीच सहमतिमा पुगेर आगामी नियमित महाधिवेशनतर्फ जानुपर्ने माग इतर समूहले उठाएको छ । तर संस्थापन पक्षले भने सबै पक्षलाई महाधिवेशन प्रक्रियामा सहभागी हुन आग्रह गर्दै आएको छ ।

यसअघि ३० पुसमा बसेको निवर्तमान केन्द्रीय कार्यसमितिले तत्कालीन महामन्त्रीद्वय विश्वप्रकाश शर्मा, गगनकुमार थापा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पाँच वर्षका लागि साधारण सदस्यबाटै निष्कासन गर्ने निर्णय गरेको थियो । त्यसपछि पुरानो नेतृत्वको बैठक स्थगित अवस्थामा थियो ।

हालै सम्पन्न निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सिट जित्दै कुल ३८ सिट हासिल गरेको छ । अघिल्लो निर्वाचनमा ८८ सिटसहित पहिलो दल बनेको कांग्रेस यसपटक दोस्रो स्थानमा झरेको छ ।

विशेष महाधिवेशनबाट १ माघमा नयाँ नेतृत्व चयन भएपछि निवर्तमान समूहले निर्वाचन आयोगमा आधिकारिकताको दाबी गरेको थियो । आयोगले भने थापा नेतृत्वको नयाँ कार्यसमितिलाई मान्यता दिएपछि इतर समूह सर्वोच्च अदालत पुगेको हो । 

अदालतले नयाँ नेतृत्वलाई काम गर्न नरोकेपछि सबै पक्ष निर्वाचनमा सहभागी भएका थिए । तर, उक्त मुद्दाको अन्तिम निर्णय आउन अझै बाँकी छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लिपुलेक हुँदै चीनसँग व्यापार थाल्ने भारतको तयारीपछि सरकार छलफलमा, रास्वपा के भन्छ ?

काठमाडौं । भारतको उत्तराखण्ड राज्य सरकारका अधिकारीले छ वर्षको अन्तरालपछि यसै वर्षबाट भारत र चीनले लिपुलेक पास हुँदै सीमा व्यापार गर्ने धारणा राखेको वि...

रौतहटमा बेमौसमी वर्षाले काँचो इँटा नष्ट, बीमा गर्न माग

रौतहट । गत शुक्रबार र शनिबार परेको बेमौसमी वर्षाले रौतहटमा सञ्चालित विभिन्न इँटा उद्योगको लाखौँ मूल्यबराबरका काँचो इँटामा क्षति पुर्याएको छ । यहाँका ५...

डेढ वर्षपछि बाढीपहिरोले क्षति पुर्याएको घरको पुनर्निर्माण गर्न अनुदान सिफारिस

काभ्रे । जिल्ला विपद् व्यवस्थापन समितिले बाढीपहिरोले क्षति पुर्याएको डेढ वर्षपछि स्थायी आवास निर्माणार्थ पीडितको नामावली सिफारिस सुरुआत गरेको छ । समित...

होटलमा यौन क्रियाकलाप गरेको आरोपमा दुई जोडी पक्राउ

काठमाडौं । महोत्तरीको सदरमुकाम जलेश्वरस्थित दुई वटा होटलबाट अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा...

मन्त्री छान्दै रवि-बालेन, यी हुन् सम्भावित अनुहार

काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १३ चैतमा वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरूको एकै...

कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै, १५ औं महाधिवेशनको मिति तोक्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ।  पार्टीले राजीनामा अस्वीकृत गरेपछि सभापति गगन थापा आजको बैठकमा सहभागी हुने भएका ...

डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण

तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

आजको मौसम पूर्वानुमान : कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।  हाल कोशी, मधेस र लुम्बिनी प्रदेशलगायत देशका पहाडी र हिमाली भागमा साध...

डोटीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

डोटी । यहाँको आदर्श गाउँपालिका–६ रौसेल्ला खोला नजिक मौवा–गिरीचौकको कच्ची सडकमो बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ब...

मोरङमा क्षयरोगबाट एक वर्षमा ३५ जनाको मृत्यु

मोरङ । जिल्लामा आर्थिक वर्ष २०८१/८२ मा क्षयरोगका कारण ३५ जनाको मृत्यु भएको छ । विश्व क्षयरोग दिवसका पूर्व सन्ध्यामा स्वास्थ्य कार्यालय मोरङ र वाग्मती ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: