Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

ब्रोइलर कुखुराबाट वार्षिक ५८ अर्ब आम्दानी

खबरडबली संवाददाता

काठमाडौं । नेपालमा कुखुरापालक किसानले ब्रोइलर कुखुरा बेचेर वार्षिक करिब ५८ अर्ब आम्दानी गर्ने गरेका छन्। कुखुरापालनमा व्यवसायिकीकरण भएसँगै किसानले कुखुराबाट मनग्य आम्दानी गरेका हुन् । राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा वार्षिक रूपमा करिब ११ करोड ७१ लाख ब्रोइलर कुखुरा पालन गरिँदै आएको छ।

वार्षिक १२ करोड ७६ लाखभन्दा बढी कुखुरापालन हुँदै आएकोमा अधिकांश ब्रोइलर जातका रहेको सर्वेक्षणले देखाएको छ। तीमध्ये करिब १० करोडभन्दा ब्रोइलर कुखुरा बिक्रीबाट ५७ अर्ब ८६ करोड रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको तथ्यांकले देखाएको छ। ब्रोइलर कुखुरा औसत ४३.७ दिनसम्म पालेर करिब २.६ केजी तौल पुगेपछि बिक्री गरिन्छ।

नेपालमा कुखुरा पालन व्यवसाय फस्टाउँदै गएको पाइएको छ। कुखुरापालन परम्परागत उपभोगमा सीमित नरही पछिल्ला वर्षहरूमा व्यावसायिक रूपमा तीव्र गतिमा विस्तार हुँदै गएको राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी मधुसुदन बुर्लाकोटीले बताए। ‘छोटो अवधिमै लगानीको प्रतिफल प्राप्त हुने, सीमित जमिन र पुँजीका साथ पनि सञ्चालन गर्न सकिने विशेषताका कारण कुखुरापालनले किसान तथा साना उद्यमीहरूबिच लोकप्रियता हासिल गरेको छ,’ उनले भने, ‘पोल्ट्री व्यवसायले राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ।’

देशभर व्यावसायिक रूपमा सञ्चालन भइरहेका पोल्ट्री फार्महरू, मासु तथा अण्डा उत्पादनको मात्रा र व्यवसायहरूको संरचनासम्बन्धी आधिकारिक तथ्यांकको अभाव रहेको अवस्थामा तथ्यांक कार्यालयले नयाँ तथ्यांक सार्वजनिक गरेको हो।

 व्यावसायिक कुखुरापालन सर्वेक्षण २०८१/८२ अनुसार देशका ७७ जिल्लामध्ये ७५ जिल्लामा व्यावसायिक रूपमा कुखुरापालन भइरहेको छ भने मनाङ र मुस्ताङमा यस्तो व्यवसाय सञ्चालनमा आएको छैन। सर्वेक्षणअनुसार देशभर २२ हजार ९२८ कृषक तथा फार्महरूले व्यावसायिक कुखुरापालन गर्दै आएका छन्। तीमध्ये ९२ प्रतिशतले मासु उत्पादन, ७.४ प्रतिशतले अण्डा उत्पादन र ०.५ प्रतिशतले चल्ला उत्पादन गर्दै आएका छन्।

प्रदेशगत रूपमा हेर्दा ब्रोइलर उत्पादनमा बागमती प्रदेश अग्रस्थानमा छ। यहाँ कुखुरा राख्ने संख्या र बिक्रीबाट प्राप्त आम्दानी दुवैमा सबैभन्दा ठुलो योगदान रहेको देखिन्छ। कर्णाली प्रदेशमा ब्रोइलर कुखुराको औसत मूल्य सबैभन्दा बढी प्रतिकेजी २७८ रुपैयाँ रहेको छ भने मधेश प्रदेशमा सबैभन्दा कम प्रतिकेजी १९२ रुपैयाँ रहेको तथ्यांकले देखाएको छ। तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा गरेको सर्वेक्षणको तथ्यांक शुक्रबार सार्वजनिक गरेको हो।

कुखुरापालनमा पुरुषको वर्चस्व देखिएको छ। ७९.५ प्रतिशत फार्म पुरुषले सञ्चालन गरेका छन् भने २०.५ प्रतिशत फार्म महिला उद्यमीले चलाएका छन्। अधिकांश (९८ प्रतिशतभन्दा बढी) फार्म व्यक्तिगत स्वामित्वमा सञ्चालनमा छन्। यो व्यवसायमा ३५–४४ वर्ष उमेर समूहका व्यवसायीको बाहुल्य (४४.८ प्रतिशत)। देशभर कुखुरापालन क्षेत्रमा ६३ हजार ८८१ जना संलग्न छन्। एक वर्षमा करिब ६० अर्ब ९६ करोड रुपैयाँ बराबरको कुखुराको मासु, १४ अर्ब ८२ करोड रुपैयाँ बराबरको अण्डा, १० अर्ब २२ करोड रुपैयाँ बराबरको चल्ला तथा एक अर्ब रुपैयाँभन्दा बढीको मल उत्पादन भई बिक्री भएको छ।

कुखुरापालन क्षेत्रमा करिब ७९ अर्ब रुपैयाँ चालु तथा पुँजीगत खर्च भएको छ भने व्यवसायीहरूको कुल स्थायी सम्पत्ति करिब ६१ अर्ब ५० करोड रुपैयाँ पुगेको छ। करिब ३७.३ प्रतिशत फार्मले वित्तीय संस्थाबाट ऋण लिएका छन्। बिमा गर्ने फार्मको संख्या भने न्यून (४.१ प्रतिशत) छ। बिमा दाबी गर्नेहरूमध्ये ५६.९ प्रतिशतले मात्र दाबी रकम पाएका छन्।

सर्वेक्षणअनुसार ६६.१ प्रतिशत व्यवसायीका लागि कुखुरापालन मुख्य पेसा हो। आगामी योजनामा ५५.७ प्रतिशतले व्यवसाय यथावत् सञ्चालन गर्ने, ३५ प्रतिशतले विस्तार गर्ने, ३.२ प्रतिशतले घटाउने र ६.२ प्रतिशतले बन्द गर्ने योजना बनाएका छन्।

कुखुरापालन व्यवसायमा करिब ७८ अर्ब ४० करोड रुपैयाँ खर्च भएको पाइएको छ। कुल खर्चमध्ये तलब, भत्ता र ज्यालामा मात्र करिब दुई अर्ब ३८ करोड रुपैयाँ खर्च भएको छ भने बाँकी करिब ७६ अर्ब एक करोड रुपैयाँ अन्य चालु तथा पुँजीगत शीर्षकमा खर्च भएको देखिन्छ।

प्रदेशगत विवरणअनुसार सबैभन्दा बढी खर्च बागमती प्रदेशमा भएको छ। यहाँ करिब ३२ अर्ब ३३ करोड रुपैयाँ खर्च भएको छ। त्यसपछि गण्डकी प्रदेशमा १० अर्ब ८६ करोड रुपैयाँ खर्चसहित दोस्रो र लुम्बिनी प्रदेश १० अर्ब ३५ करोड रुपैयाँसहित तेस्रो स्थानमा छन्।

यसैगरी मधेस प्रदेशमा नौ अर्ब ५६ करोड रुपैयाँ र कोसीमा आठ अर्ब ९२ करोड रुपैयाँ खर्च भएको देखिन्छ। कर्णाली प्रदेशमा भने सबैभन्दा कम करिब एक अर्ब ३० करोड रुपैयाँ खर्च भएको छ। खर्चका शीर्षकहरूमध्ये दाना खरिदमा सबैभन्दा बढी रकम खर्च भएको छ। दानामा मात्रै करिब ५३ अर्ब ९८ करोड रुपैयाँ खर्च भएको छ। यो कुल खर्चको प्रमुख हिस्सा हो। त्यसपछि चल्ला खरिदमा ११ अर्ब ५६ करोड रुपैयाँ तथा औषधि, खोप र विषादीमा दुई अर्ब ५५ करोड रुपैयाँ खर्च भएको देखिएको छ।

कुखुराका चल्ला उत्पादनमा बागमती प्रदेश अग्रस्थानमा छ। बागमतीमा १७.४ करोड अण्डा इनक्युबेटरमा राख्दा १४.६ करोड चल्ला उत्पादन भएको छ, जसले यस प्रदेशलाई चल्ला उत्पादनको प्रमुख केन्द्र बनाएको छ। ह्याचेबिलिटी (अण्डाबाट चल्ला निस्कने दर) का दृष्टिले भने गण्डकी प्रदेश सबैभन्दा अगाडि देखिएको छ। यहाँ ८४.४ प्रतिशत ह्याचेबिलिटी दर कायम भएको छ, जुन देशकै उच्च हो।

राष्ट्रिय स्तरमा हेर्दा आर्थिक वर्ष २०८१/८२ मा कुल २४.३ करोड अण्डा इनक्युबेटरमा राखिएकोमा २०.४ करोड चल्ला उत्पादन भएको छ। यसअनुसार राष्ट्रिय ह्याचेबिलिटी दर ८२.२ प्रतिशत कायम भएको छ । उत्पादित चल्लामध्ये १९.४ करोड बजारमा बिक्री भएको छ, जसबाट करिब १० अर्ब २ करोड रुपैयाँ आम्दानी भएको छ। औसतमा प्रतिचल्लाको मूल्य ५९ रुपैयाँ ४० पैसा रहेको छ। यो समाचार आजको नागरिक दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लिपुलेक हुँदै चीनसँग व्यापार थाल्ने भारतको तयारीपछि सरकार छलफलमा, रास्वपा के भन्छ ?

काठमाडौं । भारतको उत्तराखण्ड राज्य सरकारका अधिकारीले छ वर्षको अन्तरालपछि यसै वर्षबाट भारत र चीनले लिपुलेक पास हुँदै सीमा व्यापार गर्ने धारणा राखेको वि...

रौतहटमा बेमौसमी वर्षाले काँचो इँटा नष्ट, बीमा गर्न माग

रौतहट । गत शुक्रबार र शनिबार परेको बेमौसमी वर्षाले रौतहटमा सञ्चालित विभिन्न इँटा उद्योगको लाखौँ मूल्यबराबरका काँचो इँटामा क्षति पुर्याएको छ । यहाँका ५...

डेढ वर्षपछि बाढीपहिरोले क्षति पुर्याएको घरको पुनर्निर्माण गर्न अनुदान सिफारिस

काभ्रे । जिल्ला विपद् व्यवस्थापन समितिले बाढीपहिरोले क्षति पुर्याएको डेढ वर्षपछि स्थायी आवास निर्माणार्थ पीडितको नामावली सिफारिस सुरुआत गरेको छ । समित...

होटलमा यौन क्रियाकलाप गरेको आरोपमा दुई जोडी पक्राउ

काठमाडौं । महोत्तरीको सदरमुकाम जलेश्वरस्थित दुई वटा होटलबाट अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा...

मन्त्री छान्दै रवि-बालेन, यी हुन् सम्भावित अनुहार

काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १३ चैतमा वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरूको एकै...

कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै, १५ औं महाधिवेशनको मिति तोक्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ।  पार्टीले राजीनामा अस्वीकृत गरेपछि सभापति गगन थापा आजको बैठकमा सहभागी हुने भएका ...

डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण

तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

आजको मौसम पूर्वानुमान : कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।  हाल कोशी, मधेस र लुम्बिनी प्रदेशलगायत देशका पहाडी र हिमाली भागमा साध...

डोटीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

डोटी । यहाँको आदर्श गाउँपालिका–६ रौसेल्ला खोला नजिक मौवा–गिरीचौकको कच्ची सडकमो बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ब...

मोरङमा क्षयरोगबाट एक वर्षमा ३५ जनाको मृत्यु

मोरङ । जिल्लामा आर्थिक वर्ष २०८१/८२ मा क्षयरोगका कारण ३५ जनाको मृत्यु भएको छ । विश्व क्षयरोग दिवसका पूर्व सन्ध्यामा स्वास्थ्य कार्यालय मोरङ र वाग्मती ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: