सप्तरी । डाक्नेश्वरी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) का उम्मेदवार निर्वाचित भएका छन् । नगरप्रमुखमा एमालेका रामलखन मलाहा पाँच हजार ८५४ मत ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निकटतम प्रतिद्वन्द्वीमा नेपाली कांग्रेसका नारायण यादवले पाँच हजार ३९६ मत ल्याए।
उपप्रमुखमा एमालेकै मीराकुमारी यादवले छ हजार १९७ मत ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए । निकटतम प्रतिद्वन्द्वीमा जसपाकी इन्दुदेवी यादवले पाँच हजार २०९ मत ल्याए। इन्दुदेवी यादव निवर्तमान उपप्रमुख थिए ।
वडाध्यक्षमा एमाले र कांग्रेसले चार÷चार, जसपा र लोसपाले एक÷एक वडा अध्यक्षमा विजयी हासिल गरेको छ । एमालेबाट वडा नम्बर ५ मा रमेशकुमार चौधरी, ८ मा सीताराम पण्डित कुम्हार, ९ मा कर्णदेव चौधरी र १० मा कुञ्जिलाल चौधरी वडाध्यक्षमा निर्वाचित भएका छन् ।
कांग्रेसबाट वडा नम्बर १ मा प्रितमलाल चौधरी, वडा २ मा रहमान मियाँ, वडा ३ मा भागेश्वर यादव र वडा ४ मा हरिप्रसाद राय वडाअध्यक्षमा विजयी भएका छन् । वडा नम्बर ६ मा जसपाका कुशेश्वरप्रसाद यादव र वडा नम्बर ७ मा लोसपाका शत्रुघ्न मण्डल वडाध्यक्षमा निर्वाचित भएका छन् ।
योसँगै सप्तरीमा एमालेको निर्वाचित स्थानीय तह तीन पुगेको छ । कांग्रेस सर्वाधिक पाँच स्थानीय तहमा निर्वाचित भएको छ । जसपाले तीन र लोसपा तथा जनमत पार्टीले दुई/दुई स्थानीय तह र नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले एक/एक स्थानीय तहमा विजयी हासिल गरेको छ ।
अब रुपनी गाउँपालिकाको परिणाम सार्वजनिक हुन बाँकी छ । रुपनी गाउँपालिकामा लोसपाका दिनेशकुमार यादवले अग्रता लिएका छन्। उनलाई निवर्तमान अध्यक्ष जसपाका हरेराम यादवले पछ्याइ रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २२ गते, २०७९ - २०:०२
बागलुङ । दुई साताअघि सडक दुर्घटनामा परी ज्यान गुमाएका गलकोट नगरपालिका–७ मल्मका विनोद थापाको परिवारलाई जापान र लक्जम्बर्गमा रहेका प्रवासी नेपालीले राहत...
आषाढ़ २२ गते, २०७९ - १९:५२
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा गणपूरक सङ्ख्या नपुगेपछि कार्यसूचीमा रहेका सबै प्रस्ताव हटाइएको छ । सांसद झपटबहादुर रावलले गणपूरक सङ्ख्याको गण...
आषाढ़ २२ गते, २०७९ - १९:४१
धनगढी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेलाई कसैले पनि कमजोर बनाउन नसक्ने बताउनुभएको छ । एमाले जिल्ला कमिटी कैलालीले बुधब...
आषाढ़ २२ गते, २०७९ - १८:२७
प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया नेतृत्वको प्रतिनिधिमण्डलले भेट गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्री...
आषाढ़ २२ गते, २०७९ - १८:१७
काठमाडौं । थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले हेटाँ...
आषाढ़ २२ गते, २०७९ - १८:१३
काठमाडौं । कोरोना भाइरस सङ्क्रमण दैनिक बढिरहेको छ । आज एकै दिन ११३ जनामा सङ्क्रमण देखिएको हो । मङ्गलबार मात्र ९० जनामा सङ्क्रमण पुष्टि भएको थियो । स्व...
आषाढ़ २२ गते, २०७९ - १८:०७
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटको लागि स्थगित गरिएको छ ।‘औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार...
आषाढ़ २२ गते, २०७९ - १८:०२
काठमाडौँ । माओवादी केन्द्रका नेता वर्षमान पुनले निर्दोष सावित भएपछि जनार्दन शर्मा नै अर्थमन्त्री बन्ने बताएका छन् । बुधबार संसद् बैठकपछि बाहिर निस्कि...
आषाढ़ २२ गते, २०७९ - १७:४९
काठमाडौं । निर्वाचन आयोगले सरकारसँग १० अर्ब खर्चको व्यवस्था गर्न माग गरेको छ । आयोगले सरकार समक्ष आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सो खर...
आषाढ़ २२ गते, २०७९ - १६:५९
मलाई लगाइएको आरोप पूर्वाग्रहको पराकाष्ठा हो
प्रतिकृया लेख्नुहोस्: