स्याङ्जा । आज बिहान स्याङ्जाको वालिङ–१४ अर्खलबासमा मतदाता बोकेको जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको छ । बिहान १०ः३० बजे वालिङ– १४ को सिख्रेबाट तिवारीपसलतर्फ आउँदै गरेको ग२च ३०२६ नम्बरको को जीप पञ्चमूल अर्खलबासस्थित भित्री सडकखण्डमा अनियन्त्रित भई सडकबाट खस्दा जीपमा सवारमध्ये १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए ।
उक्त दुर्घटनामा परी ज्यान गुमाउनेमा वालिङ–१४ अर्खलबास बस्ने ६३ वर्षीया माया पुन, सोही ठाउँका नौ वर्षीय प्रवीण कुँवर, ५० वर्षीय कुलदीप कुँवर, ५० वर्षीया डेमकुमारी कुँवर, ८६ वर्षीया हरिकला कुँवर, ५० वर्षीया टेककला कुँवर, २५ वर्षीया जमुना कुँवर, ७० वर्षीया भीमकला कुँवर, ७० वर्षीया मुवाकुमारी कुँवर, ४३ वर्षीया पोटकुमारी कुँवर, ४३ वर्षीया जानुका कुँवर, ४२ वर्षीया ज्ञानदली कुँवर, ५० वर्षीया मीना कुँवर र वर्ष नखुलेकी फूलदेवी कुँवर छन् ।
प्रहरी प्रवक्ता खनालका अनुसार घाइते हुनेमा वालिङ १४ पञ्चमूल अर्खलबास बस्ने वर्ष नखुलेकी बेलमाया कुँवर, सोही ठाउँका चालक भुलबहादुर कुँवर, गौमती थापा, ज्ञानमाया कुँवर, सरस्वती कुँवर, कविता कुँवर, अनिश कुँवर, कुशल कुँवर, ज्यामकली कुँवर, कौशल कुँवर, सीता कुँवर रहेका छन् । उनीहरु सबैको अवस्था गम्भीर रहेको छ । सबैलाई वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उपचारपछि थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ ।
सोही ठाउँका ५५ वर्षीय नेत्रबहादुर कुँवरको अवस्था मध्यम रहेकाले उनको वालिङमै उपचार भइरहेको छ । तिवारी पसलमा मतदान चलिरहेको छ । सोही मतदान केन्द्रमा मतदान गर्न आउँदै गरेका एकै गाउँका धेरैको सङ्ख्यामा मृत्यु भएपछि अहिले गाउँ नै पूरै शोकमा डुबेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २० गते, २०८३ - १७:४५
काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विगतमा दुईतिहाइ बहुमतको आसपास पुगेको पार्टीलाई जोगाउन अनेक कोसिस गरिए पनि त्यो असफल भएको बताएको छन...
आषाढ़ २० गते, २०८३ - १७:३४
काठमाडौँ । सरकारले देशभरका १४ वटा संघीय अस्पतालमा जलन (बर्न) उपचार इकाइ स्थापना गरेको जनाएको छ। सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा आयोजित पत्र...
आषाढ़ २० गते, २०८३ - १७:२५
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा ८९ हजार १९४ दशमलव ४४ हजार मेट्रिकटन अनुदानित रासायनिक मल बिक्रीवितरण गरेको छ ...
आषाढ़ २० गते, २०८३ - १७:१०
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले घोषणा गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनको प्रगति...
आषाढ़ २० गते, २०८३ - १६:५८
बाँके। सामान्य जग्गा विवादका कारण इलाका प्रहरी कार्यालय भगवानपुर, बाँकेमा कार्यरत प्रहरी जवान (भान्से)गौतम मौर्यले एक व्यक्तिलाई निर्घात कुटपिट गरेपछि...
आषाढ़ २० गते, २०८३ - १६:४५
काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारीका ऋणीप्रति कठोर नभएसम्म बचतकर्ताको रकम फिर्ता गर्न सहज...
आषाढ़ २० गते, २०८३ - १६:३६
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त...
आषाढ़ २० गते, २०८३ - १६:२२
काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो सय दिनमा हासिल भएका उपलब्धि सार्वजनिक गरेको छ। शनिबार प्रधानमन्त्री तथा...
आषाढ़ २० गते, २०८३ - १६:११
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे का...
आषाढ़ २० गते, २०८३ - १५:५९
मकवानपुर। जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा उपमहान...



प्रतिकृया लेख्नुहोस्: