मोरङमा चार हजार ३४६ उम्मेदवारबीच निर्वाचनमा प्रतिस्पर्धा
बैशाख २८ गते, २०७९ बुधवार 11th May, 2022 Wed१९:२१:२३ मा प्रकाशित
खबरडबली संवाददाता
मोरङ । आगामी शुक्रबार हुने स्थानीय तह निर्वाचनमा मोरङ जिल्लामा चार हजार ३४६ जना उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन् । जिल्लामा रहेको १७ स्थानीय पालिकामा विभिन्न राजनीतिक दल र स्वतन्त्रले विभिन्न सात पदमा त्यति सङ्ख्यामा उम्मेदवारी दिएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।
विराटनगर महानगरपालिकाको प्रमुख पदमा १३, उपप्रमुखमा १४, दलित महिला सदस्यमा १२१, महिला सदस्यमा १२८, खुला दुई सदस्यमा २८५ र वडा अध्यक्षमा १६२ गरी ७२३ जनाले प्रतिस्पर्धा गरिरहेका छन् । सुनवर्षी नगरपालिकाको प्रमुखमा आठ, उपप्रमुखमा नौ, दलित सदस्यमा ४८, महिला सदस्यमा ४४, खुला सदस्यमा ९९ र वडाध्यक्षमा ६३ गरी २७१ जना उम्मेदवार रहेका छन् ।
यसैगरी सुन्दरहरैँचा नगरपालिमा प्रमुखमा ११, उपप्रमुखमा आठ, दलित सदस्यमा ५२, महिला सदस्यमा ५४, वडाध्यक्षमा ६६ र खुला सदस्यमा १११ गरी ३०२ जनाले निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् । रतुवामाई नगरपालिकाको प्रमुखमा पाँच, उपप्रमुखमा पाँच, दलित सदस्यमा ३८, महिला सदस्यमा ४३, वडाध्यक्षमा ५५ र खुला सदस्यमा ९४ गरी २४० जनाले प्रतिस्पर्धा गरिरहेको निर्वाचन कार्यालयमा सूचना अधिकारी तीर्थराज अधिकारीले बताउनुभयो । लेटाङ नगरपालिमा प्रमुख पदमा सात, उपप्रमुखमा चार, दलित सदस्यमा २२, महिला सदस्यमा २३, वडाध्यक्षमा ३७ र खुला सदस्यमा ५५ गरी १४८ जनाले प्रतिस्पर्धा गरिरहेका छन् ।
यस्तै उर्लाबारी नगरपालिकामा प्रमुखमा सात, उपप्रमुखमा आठ, दलित सदस्यमा ४२, महिला सदस्यमा ४५, वडाध्यक्षमा ५० र खुल्ला सदस्यमा ९२ गरी २४४ जनाले प्रतिस्पर्धा गरिरहेका छन् । कटहरी गाउँपालिकामा अध्यक्षमा नौ, उपाध्यक्षमा छ, दलितमा ३८, महिला सदस्यमा ३८, खुला सदस्यमा ७८ र वडाध्यक्षमा ४४ जना गरी २१३ जनाले उम्मेदवारी दिएका छन् । कानेपोखरी गाउँपालिकामा अध्यक्षमा सात, उपाध्यक्षमा छ, दलित सदस्यमा २७, वडाध्यक्षमा ४४, खुला सदस्यमा ७७ र महिला सदस्यमा ३० गरी १८५ जनाले प्रतिस्पर्धा गरिरहेका छन् ।
यसैगरी केराबारी गाउँपालिकामा अध्यक्षमा सात, उपाध्यक्षमा पाँच, दलित सदस्यमा ३४, महिला सदस्यमा ३३, वडाध्यक्षमा ४० र खुला सदस्यमा ६९ गरी १८८ जना उम्मेदवार बनेका छन् । ग्रामथान गाउँपालिका अध्यक्षमा सात, उपाध्यक्षमा पाँच, दलित सदस्यमा ३४, महिला सदस्यमा ३६, वडाध्यक्षमा ४२ र खुला सदस्यमा ७० गरी १९४ जनाले प्रतिस्पर्धा गरिहेका छन् ।
यस्तै जहदा गाउँपालिका अध्यक्षमा सात, उपाध्यक्षमा आठ, दलित सदस्यमा ४२, महिला सदस्यमा ४४, वडाध्यक्षमा ५५ र खुला सदस्यमा ९१ गरी २४७ जना रहेका छन् । धनपालथान गाउँपालिकामा अध्यक्षमा सात, उपाध्यक्षमा पाँच, दलित सदस्यमा ३२, महिला सदस्यमा ३२, वडाध्यक्षमा ३६ र खुला सदस्यमा ६६ गरी १७८ ले निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् । पथरीशनिश्चरे नगरपालिकामा प्रमुखमा सात, उपप्रमुख पाँच, दलित सदस्यमा ४५, महिला सदस्यमा ४९, वडाध्यक्षमा ५६ र खुल्ला सदस्यमा १०२ जना रहनुभएको छ ।
यसैगरी बूढीगङ्गा गाउँपालिकामा अध्यक्षमा नौ, उपाध्यक्षमा सात, दलित सदस्यमा ३३, महिला सदस्यमा ३३, वडाध्यक्षमा ४६, खुला सदस्यमा ७१ गरी १९९ जनाले निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् । बेलबारी नगरपालिकामा प्रमुख पदमा आठ, उपप्रमुखमा नौ, दलित सदस्यमा ४३, महिला सदस्यमा ४७, वडाध्यक्षमा ५९ र खुला सदस्यमा १०८ गरी २७४ जना प्रतिस्पर्धामा रहेका छन् ।
यस्तै मिक्लाजुङ गाउँपालिकामा अध्यक्ष पदमा सात, उपाध्यक्षमा छ, दलित सदस्यमा २९, महिला सदस्यमा ४०, वडाध्यक्षमा ४७ र खुला सदस्यमा ७९ गरी २०८ जनाले निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् । रङ्गेली नगरपालिमा प्रमुख पदमा आठ, उपप्रमुखमा आठ, दलित सदस्यमा ४२, महिला सदस्यमा ५१, वडाध्यक्षमा ६० र खुला सदस्यमा ९९ गरी २६८ बीच प्रतिस्पर्धा हुन गइरहेको छ ।
जिल्लामा ३०० मतदानस्थलमा ८२० केन्द्रमा रहेका छन् भने प्रत्येक मतदान केन्द्रमा तीन जना स्वयंसेवक गरी जम्मा छ हजार ५६० कर्मचारी निष्पक्ष, स्वतन्त्र, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न खटिएका छन् । जिल्लामा महिला तीन लाख ५१ हजार ७६९, पुरुष तीन लाख ६३ हजार ४४८ र अन्य छ गरी सात लाख १५ हजार २२३ मतदाताले आफ्नो जनप्रतिनिधि चयन गर्ने छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिलाई मन्त्रालयले निरन्तर रूपमा ‘फ...
काठमाडौं । भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणको निष्पक्ष छा...
टेक्सास । संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यमा बसोबास गर्दै आएका नेपाली समुदायले विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरेका छन् । नेपालीहरुले टेक्ससको...
काठमाडौं । नेपाल विद्युत प्रधिकरणले सर्वसाधारणका लागि २० प्रतिशत सेयर जारी गर्ने तयारी गरेको छ । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले...
काठमाडौँ । क्यानडाको टोरन्टो विमानस्थलमा एउटा विमान पल्टिएको छ । डेल्टा एयरलाइन्सको विमान अवतरणको क्रममा चिप्लिएर दुर्घटनामा भएको बिबिसीमा उल्लेख छ । ...
दाङ । सत्तारुढ दलको नेता एवं नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भूमिसम्बन्धी विधेयकसहित सबै विधेयक संसद् बैठकबाट पारित हुने बताएको छन । एमाले दाङले...
प्रतिकृया लेख्नुहोस्: