मोरङमा चार हजार ३४६ उम्मेदवारबीच निर्वाचनमा प्रतिस्पर्धा
बैशाख २८ गते, २०७९ बुधवार 11th May, 2022 Wed१९:२१:२३ मा प्रकाशित
खबरडबली संवाददाता
मोरङ । आगामी शुक्रबार हुने स्थानीय तह निर्वाचनमा मोरङ जिल्लामा चार हजार ३४६ जना उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन् । जिल्लामा रहेको १७ स्थानीय पालिकामा विभिन्न राजनीतिक दल र स्वतन्त्रले विभिन्न सात पदमा त्यति सङ्ख्यामा उम्मेदवारी दिएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।
विराटनगर महानगरपालिकाको प्रमुख पदमा १३, उपप्रमुखमा १४, दलित महिला सदस्यमा १२१, महिला सदस्यमा १२८, खुला दुई सदस्यमा २८५ र वडा अध्यक्षमा १६२ गरी ७२३ जनाले प्रतिस्पर्धा गरिरहेका छन् । सुनवर्षी नगरपालिकाको प्रमुखमा आठ, उपप्रमुखमा नौ, दलित सदस्यमा ४८, महिला सदस्यमा ४४, खुला सदस्यमा ९९ र वडाध्यक्षमा ६३ गरी २७१ जना उम्मेदवार रहेका छन् ।
यसैगरी सुन्दरहरैँचा नगरपालिमा प्रमुखमा ११, उपप्रमुखमा आठ, दलित सदस्यमा ५२, महिला सदस्यमा ५४, वडाध्यक्षमा ६६ र खुला सदस्यमा १११ गरी ३०२ जनाले निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् । रतुवामाई नगरपालिकाको प्रमुखमा पाँच, उपप्रमुखमा पाँच, दलित सदस्यमा ३८, महिला सदस्यमा ४३, वडाध्यक्षमा ५५ र खुला सदस्यमा ९४ गरी २४० जनाले प्रतिस्पर्धा गरिरहेको निर्वाचन कार्यालयमा सूचना अधिकारी तीर्थराज अधिकारीले बताउनुभयो । लेटाङ नगरपालिमा प्रमुख पदमा सात, उपप्रमुखमा चार, दलित सदस्यमा २२, महिला सदस्यमा २३, वडाध्यक्षमा ३७ र खुला सदस्यमा ५५ गरी १४८ जनाले प्रतिस्पर्धा गरिरहेका छन् ।
यस्तै उर्लाबारी नगरपालिकामा प्रमुखमा सात, उपप्रमुखमा आठ, दलित सदस्यमा ४२, महिला सदस्यमा ४५, वडाध्यक्षमा ५० र खुल्ला सदस्यमा ९२ गरी २४४ जनाले प्रतिस्पर्धा गरिरहेका छन् । कटहरी गाउँपालिकामा अध्यक्षमा नौ, उपाध्यक्षमा छ, दलितमा ३८, महिला सदस्यमा ३८, खुला सदस्यमा ७८ र वडाध्यक्षमा ४४ जना गरी २१३ जनाले उम्मेदवारी दिएका छन् । कानेपोखरी गाउँपालिकामा अध्यक्षमा सात, उपाध्यक्षमा छ, दलित सदस्यमा २७, वडाध्यक्षमा ४४, खुला सदस्यमा ७७ र महिला सदस्यमा ३० गरी १८५ जनाले प्रतिस्पर्धा गरिरहेका छन् ।
यसैगरी केराबारी गाउँपालिकामा अध्यक्षमा सात, उपाध्यक्षमा पाँच, दलित सदस्यमा ३४, महिला सदस्यमा ३३, वडाध्यक्षमा ४० र खुला सदस्यमा ६९ गरी १८८ जना उम्मेदवार बनेका छन् । ग्रामथान गाउँपालिका अध्यक्षमा सात, उपाध्यक्षमा पाँच, दलित सदस्यमा ३४, महिला सदस्यमा ३६, वडाध्यक्षमा ४२ र खुला सदस्यमा ७० गरी १९४ जनाले प्रतिस्पर्धा गरिहेका छन् ।
यस्तै जहदा गाउँपालिका अध्यक्षमा सात, उपाध्यक्षमा आठ, दलित सदस्यमा ४२, महिला सदस्यमा ४४, वडाध्यक्षमा ५५ र खुला सदस्यमा ९१ गरी २४७ जना रहेका छन् । धनपालथान गाउँपालिकामा अध्यक्षमा सात, उपाध्यक्षमा पाँच, दलित सदस्यमा ३२, महिला सदस्यमा ३२, वडाध्यक्षमा ३६ र खुला सदस्यमा ६६ गरी १७८ ले निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् । पथरीशनिश्चरे नगरपालिकामा प्रमुखमा सात, उपप्रमुख पाँच, दलित सदस्यमा ४५, महिला सदस्यमा ४९, वडाध्यक्षमा ५६ र खुल्ला सदस्यमा १०२ जना रहनुभएको छ ।
यसैगरी बूढीगङ्गा गाउँपालिकामा अध्यक्षमा नौ, उपाध्यक्षमा सात, दलित सदस्यमा ३३, महिला सदस्यमा ३३, वडाध्यक्षमा ४६, खुला सदस्यमा ७१ गरी १९९ जनाले निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् । बेलबारी नगरपालिकामा प्रमुख पदमा आठ, उपप्रमुखमा नौ, दलित सदस्यमा ४३, महिला सदस्यमा ४७, वडाध्यक्षमा ५९ र खुला सदस्यमा १०८ गरी २७४ जना प्रतिस्पर्धामा रहेका छन् ।
यस्तै मिक्लाजुङ गाउँपालिकामा अध्यक्ष पदमा सात, उपाध्यक्षमा छ, दलित सदस्यमा २९, महिला सदस्यमा ४०, वडाध्यक्षमा ४७ र खुला सदस्यमा ७९ गरी २०८ जनाले निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् । रङ्गेली नगरपालिमा प्रमुख पदमा आठ, उपप्रमुखमा आठ, दलित सदस्यमा ४२, महिला सदस्यमा ५१, वडाध्यक्षमा ६० र खुला सदस्यमा ९९ गरी २६८ बीच प्रतिस्पर्धा हुन गइरहेको छ ।
जिल्लामा ३०० मतदानस्थलमा ८२० केन्द्रमा रहेका छन् भने प्रत्येक मतदान केन्द्रमा तीन जना स्वयंसेवक गरी जम्मा छ हजार ५६० कर्मचारी निष्पक्ष, स्वतन्त्र, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न खटिएका छन् । जिल्लामा महिला तीन लाख ५१ हजार ७६९, पुरुष तीन लाख ६३ हजार ४४८ र अन्य छ गरी सात लाख १५ हजार २२३ मतदाताले आफ्नो जनप्रतिनिधि चयन गर्ने छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विगतमा दुईतिहाइ बहुमतको आसपास पुगेको पार्टीलाई जोगाउन अनेक कोसिस गरिए पनि त्यो असफल भएको बताएको छन...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा ८९ हजार १९४ दशमलव ४४ हजार मेट्रिकटन अनुदानित रासायनिक मल बिक्रीवितरण गरेको छ ...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले घोषणा गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनको प्रगति...
बाँके। सामान्य जग्गा विवादका कारण इलाका प्रहरी कार्यालय भगवानपुर, बाँकेमा कार्यरत प्रहरी जवान (भान्से)गौतम मौर्यले एक व्यक्तिलाई निर्घात कुटपिट गरेपछि...
काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारीका ऋणीप्रति कठोर नभएसम्म बचतकर्ताको रकम फिर्ता गर्न सहज...
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे का...
मकवानपुर। जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा उपमहान...
प्रतिकृया लेख्नुहोस्: