Khabar Dabali २२ असार २०८३ सोमबार | 6th July, 2026 Mon
Investment bank

वीरगञ्जमा गठबन्धन दलको प्रतिबद्धता : भ्रष्टाचारमा शून्य सहनशीलता

खबरडबली संवाददाता

वीरगञ्ज । आगामी  बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित गरी मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्सास्थित वीरगञ्जमा सत्ता गठबन्धनका उम्मेदवारको तर्फबाट भ्रष्टाचारमा शुन्य सहनशीलतासहितका योजना समेटिएको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरिएको छ ।

वीरगञ्ज महानगरको प्रमुख र उपप्रमुखका उम्मेदवारद्वय राजेशमान सिंह र ईम्तीयाज आलमको प्रतिबद्धता पत्रमा करको पुनरावलोकन गरी कर घटाउने कार्यलाई प्राथमिकता दिइएको छ । यस अगावै निर्धारण गरिएको करबाट नगरबासीलाई राहत दिनेगरी पाँच दलीय गठबन्धनको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक भएको हो । महानगरको नेतृत्वका लागि गठबन्धन बनाउँदा  नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का बीच एक समूह बनाएर तालमेल भएको छ । निर्वाचनमा नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच अर्को समूह बनाएर चुनावी तालमेल भएको छ । 

गठबन्धनका उम्मेदवारको तर्फबाट सार्वजनिक गरिएको साझा प्रतिबद्धताअनुसार सुशासनलाई सेवा प्रवाहको मूल मन्त्र बनाइने जनाइएको छ भने भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउँदै प्रशासनिक खर्च कटौती गरी बिकास बजेटमा वृद्धि गर्ने उल्लेख गरिएको छ । यस्तै गठबन्धनले वीरगञ्जलाई मेडिकल हबको रुपमा विकास गर्दै प्रत्येक वडामा एकजना स्वास्थ्य सहायक, नर्स र बर्थिङ्ग सेन्टरसहितको स्वास्थ्य चौकी निर्माण, निःशुल्क आँखाको शल्यक्रिया र सहुलियत दरको एम्बुलेन्स सेवा उपलब्ध गराउने जनाएको छ । 

पूर्वाधार विकासमा नेपालमै नमूना हुने गरी व्यवस्थित गोदाम, पार्किङलगायत सुविधा सहितको ट्रान्सपोर्ट नगर स्थापना गर्ने, घण्टाघरमा ओभर ब्रिज निर्माण, चक्रपथमार्फत वीरगञ्ज महानगरका ३२ वटै वडालाई सडकसञ्जालमा जोड्ने योजना पनि घोषणा पत्रमा समेटिएको छ । युवालाई स्वरोजगार बनाउनेदेखि उद्योगमैत्री नीति निर्माण, बन्द रहेका वीरगञ्ज चिनी कारखाना, कृषि औजार केन्द्र लगायतलाई सञ्चालन गर्न पहल गर्ने योजना समावेश गरिएको छ । श्रम सम्मान परियोजना सञ्चालन गर्ने, सीप विकास तालिम केन्द्रको स्थापना, व्यावसायिक क्षेत्रको विवाद समाधान गर्न विवाद समाधान तथा व्यापार कल्याण बोर्डको स्थापना गर्ने प्रतिबद्धता पत्रमा जनाइएको छ ।  

शिक्षाको पहुँच बाहिर रहेका बालबालिकाको लागि विद्यालय भर्ना अभियान गर्नुका साथै सरकारी विद्यालयको गुणस्तर बृद्धि, शिक्षकलाई तालिम र विद्यार्थीलाई नैतिक शिक्षामा जोड दिइएको छ । ठाकुरराम क्याम्पसको पूर्वाधार विकासमा सहयोग गर्नुका साथै वीरगञ्ज विश्वविद्यालय निर्माणको पहल गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ । महानगरका सामुदायिक तथा सरकारी विद्यालयमा प्राविधिक शिक्षामा जोड दिँदै नयाँ पूर्ण प्राविधिक विद्यालय स्थापना गरिने जनाइएको छ । गरिब तथा विपन्न नागरिकका लागि निशुल्क सेवा आयोगको तयारी कक्षा सञ्चालन गर्नुका साथै ग्रामीण क्षेत्रमा कन्या मावि तथा कलेजको स्थापना गर्ने योजना अघि सारिएको छ । 

यसैगरी  पानी र बिजुलीको न्यूनतम शुल्क तिर्न नसक्ने गरीब तथा विपन्न नागरिकको महसुल वीरगञ्ज महानगरले व्यहोर्ने र कृषियोग्य जग्गामा मालपोत बाहेकको कर हटाउने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । महानगरको प्रमुख समस्याको रुपमा रहेको फोहरमैला व्यवस्थापन, नाला सफाइ र लामखुट्टे नियन्त्रणका लागि एक महिने सरसफाइ घरदैलो अभियान नै चलाउने जनाइएको छ भने सफाइकर्मी आए÷नआएको र फोहर सङ्कलन भए÷नभएको गुनासो सुन्न संयन्त्र बनाउने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । डुबान समस्याको स्थायी समाधान, बजार क्षेत्रमा नयाँ शौचालय निर्माण, वृक्षरोपण, पार्क निर्माण, कालो झोला नियन्त्रण, अव्यवस्थित तार व्यवस्थापन र सिर्सिया नदीको प्रदूषण नियन्त्रण जस्ता विषयलाई प्राथमिकताको साथ राखिएको छ । 

विविध कारणले कृषकको बालि तथा पशुधन नष्ट हुँदा राहत पाउने गरी निशुल्क कृषि तथा पशुधन विमाको कार्यक्रम पनि अघि सारीएको छ । सरकारी स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गर्दै सुलभ दरको स्वास्थ्य सेवामा जोड दिने र न्यूनतम शुल्क तिर्न नसक्ने गरीब तथा विपन्न परिवारको निशुल्क स्वास्थ्य बीमाको योजनाअघि सारिएको छ । 

अव्यवस्थित ट्राफिकलाई व्यवस्थापन गर्न महानगरको छुट्टै ट्राफिक प्रहरीको स्थापना, फुटपाथ व्यवस्थापन, छाडा चौपाया नियन्त्रण तथा भाडाका सवारीको रुट तथा सङ्ख्याको सिमा निर्धारण गरिने गठबन्धनले जनाएको छ । महिलालाई पुरुष समान ज्याला, हिंसा पीडित महिला तथा बालबालिकालाई निशुल्क कानुनी परामर्श सेवा, गर्भवतीलाई पोषण भत्ता, निशुल्क ग्यास चुल्हो वितरण जस्ता कार्यक्रम पनि प्रतिबद्धता पत्रमा समेटिएको छ । 

यस्तै खेल मैदानको स्तरोन्नति, खेलाडिलाई प्रोत्साहन भत्ता, रोजगारी र सम्मानको विषयलाई पनि गठबन्धनले प्राथमिकतामा राखेको छ । सहिद परिवारको सदस्यमध्ये एक जनालाई महानगरमा रोजगारी, वीरगञ्जमा साहित्य महोत्सवको आयोजना, कमजोर आर्थिक अवस्थाका ज्येष्ठ नागरिकलाई आस्थाअनुसार धार्मिक भ्रमणको व्यवस्था गर्ने जनाइएको छ । 

यसका साथै स्थानीय सञ्चारकर्मीको क्षमता अभिबृद्धिका लागि अध्ययन–भ्रमण र फेलोसिपको व्यवस्था गर्नेसमेत गठबन्धनको प्रतिबद्धता पत्रमा उल्लेख छ । पत्रकारलाई दुर्घटना तथा स्वास्थ्य बीमा, लोककल्याणकारी विज्ञापन र उत्कृष्ट कार्य गर्ने पत्रकारलाई पुरस्कार तथा सम्मान व्यवस्था गर्ने लगायतको विषय समेटिएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रोशी र दाप्चा खोलामा बाढी: बीपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण रोशी खोला मा पानीको सतह बढ्दै बाढी आउँदा तथा दाप्चा खोला मा पनि बाढी आएपछि बीपी राजमार्ग को काभ्रेपलाञ्चोक खण्डमा ...

कोशी अस्पतालमा विशिष्टीकृत आँखा अस्पताल स्थापना प्रक्रिया अघि बढाउन मन्त्री मेहताको निर्देशन

विराटनगर । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिरामीले सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्नु सरकारको प्रम...

डोल्पामा बोलेरो जिप दुर्घटना अपडेट: एक जनाको मृत्यु, १३ जना घाइते

डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब १:...

प्रतिनिधिसभा नियमावलीविरुद्ध सर्वोच्च जाने तयारीमा कांग्रेस, कानुनविद्सँग परामर्श

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीका केही प्रावधानविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेको छ। नियमावली...

गृहमन्त्री गुरुङको धनकुटा भ्रमण : मन्दिर दर्शनदेखि सुरक्षा र प्रशासनिक संयन्त्रको निरीक्षण

धनकुटा । गृहमन्त्री सुधन गुरुङले पूर्वी पहाडी जिल्लाको भ्रमणका क्रममा आइतबार धनकुटामा सुरक्षा तथा प्रशासनिक संयन्त्रको निरीक्षण गर्नुका साथै धार्मिक द...

सरकार संविधान र गणतन्त्र कमजोर पार्ने दिशामा अघि बढ्दैछ: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र नागर...

नेदरल्यान्ड्स जाने क्रिकेट टोलीको बिदाइ

काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जुलाई २१ तारिखदेखि सुरु हुने त्रिदेशीय सिरिजमा भाग लिन जान खेलाडीको बिदाइ गरिएको छ । ...

डोल्पाको जगदुल्लामा जिप दुर्घटना, विस्तृत विवरण आउन बाँकी

डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ। आइतबार जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ गइ...

संविधान संशोधन हचुवाको भरमा अघि बढाउँदा सामाजिक तनाव बढ्न सक्ने गगन थापाको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधन आवश्यक भए पनि त्यसलाई हचुवाको भरमा अघि बढाउँदा सामाजिक तनाव बढ्न सक्ने बताएका छन् ।...

निजामती सेवामा राजीनामा बढ्यो, १५ दिनमै १४६ कर्मचारीले छाडे सेवा

काठमाडौँ । चालु असार महिनाको पहिलो १९ दिन (करिब १५ कार्यदिन) मा निजामती सेवाबाट राजीनामा दिने कर्मचारीको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ। राष्ट्रिय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending