Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

जनकपुरधामको फोहरमैला व्यवस्थापन उम्मेदवारको प्रमुख चुनावी मुद्दा

खबरडबली संवाददाता

जनकपुर । आसन्न स्थानीय तह निर्वाचनका लागि जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखमा उम्मेदवारी दिएका उम्मेदवारले चुनौतीपूर्ण बनेको जनकपुरधाम नगर क्षेत्रको फोहर व्यवस्थापनको मुद्दालाई प्रमुख चुनावी मुद्दा बनाएका छन् ।

विभिन्न दल तथा स्वतन्त्ररूपमा नगरप्रमुख पदमा उम्मेदवारी दर्ता गराएका उम्मेदवार चुनौतीपूर्ण देखिएको जनकपुरधाम नगर क्षेत्रको फोहरमैला व्यवस्थापनलाई चुनावी मुद्दा बनाएका हुन् । उम्मेदवारले नगर क्षेत्रको फोहरमैला व्यवस्थापनका लागि ल्याण्डफिलसाइट निर्माण गरी फोहरबाट मोहर बनाउने चुनावी एजेण्डाका रूपमा उम्मेदवारले अघि सारेका छन् ।

सत्तारुढ गठबन्धनका साझा उम्मेदवार लालकिशोर साहले फोहरमैला व्यवस्थापन गरी जनकपुरधामलाई आकर्षक एवं आधुनिक सहरका रूपमा विकास गर्ने प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ । आफ्नो अघिल्लो कार्यकालमा नगर क्षेत्रको सरसफाइान सुधार ल्याउने प्रयास गरिए पनि डम्पिङसाइट निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन नभएकाले सफल हुन नसकेको भन्दै निवर्तमान नगरप्रमुख साहले आफू पुनः निर्वाचित भए ती कार्य पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

“निर्वाचित भएदेखि नै नगर क्षेत्रलाई सफा, सुन्दर नगर बनाउने सोचका साथ सरसफाइमा जोड दिए पनि डम्पिङसाइट निर्माणका लागि जग्गा व्यवस्थापन हुन नसकेकाले गर्न सकिनँ”, उनले भने, “अब निर्वाचित भए तत्काल ल्याण्डफिलसाइट निर्माण गरेर फोहरबाट मल बनाउने कार्यलाई अघि बढाउँछु ।” त्यसका लागि डिपिआर तयार भइसकेको उहाँको भनाइ थियो ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार मनोज चौधरीले जनकपुरधाम उपमहानगरपालिकाभित्रको फोहरमैला व्यवस्थापनका लागि ल्याण्डफिलसाइट निर्माण गरी फोहरबाट मोहर बनाउने सङ्कल्पपत्र सार्वजनिक गर्नुभएको छ । जनकपुरधामको परिक्रममा सडकलगायत विभिन्न सार्वजनिकस्थलमा शौचालयको निर्माण गर्नुका साथै नगर क्षेत्रको प्रत्येक २०० मिटरमा फोहरमैला सङ्कलन गर्ने सञ्जाल निर्माण गर्ने चौधरीको सङ्कल्पपत्रमा उल्लेख छ ।

मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगर क्षेत्रमा सबैभन्दा बढी चुनौतीपूर्ण सरसफाइको अवस्था देखिएकाले यसमा सुधार ल्याउने र नगर क्षेत्रलाई सफा, सुन्दर बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको चौधरीले सुनाए ।

“बढ्दो जनघनत्व र सडकमै फोहर फ्याँक्ने प्रवृतिका कारण नगर क्षेत्र दुर्गन्धित र फोहर देखिएको छ”, चौधरीले भने, “फोहर व्यवस्थापन गरी सफा, सुन्दर र पर्यटकीय नगरी बनाउने मैले सङ्कल्प लिएको छु, निर्वाचित भएलगत्तै त्यो योजनालाई कार्यान्वयनमा लैजान्छु”, उनले भने।

नेपाली कांग्रेस परित्याग गरी स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको मनोजकुमार साहले पनि जनकपुरधाम नगर क्षेत्रको फोहरमैला व्यवस्थापनलाई प्राथमिकतामा राख्नुभएको छ । आफू निर्वाचित भए सबैभन्दा पहिला उपमहानगरपालिकाभित्र फोहर व्यवस्थापनका लागि सेनेटरी ल्याण्डफिलसाइट निर्माण तत्काल सुरु गराउने प्रतिबद्धता साहको छ ।

नगरप्रमुख पदका अर्का स्वतन्त्र उम्मेदवार जानकीराम साहले पनि आफ्नो ११ बुँदे प्रतिज्ञापत्रमा जनकपुरधाम उपमहानगर क्षेत्रको फोहरमैला व्यवस्थापनमा जोड दिएका छन्। उनले आफू निर्वाचित भएको छ महिनाभित्र उपमहानगरपालिकाभित्र फोहर व्यवस्थापनका लागि डम्पिङसाइटको व्यवस्था गरिने, नियमित फोहर सङ्कलन तथा व्यवस्थापन, ढल निकास, फोहर सङ्कलन व्यवस्थित गर्नुका साथै वृक्षरोपण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यस्तै साहले आफू निर्वाचित भएपछि स्थानीय नागरिकलाई सरल, सहज र शीघ्र सेवा प्रदान गर्न सबै काम डिजिटल माध्यमबाट गरिने प्रतिबद्धतासमेत जनाएका छन् । बढ्दो सहरीकरण र जनसङ्ख्याका कारण जनकपुर उपमहानगरपालिकाका दैनिक फोहर उत्पादन बढ्दै गएको छ । “केही वर्षअघिसम्म जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा दैनिक छ–सात मेट्रिक टनमात्र फोहर उत्पादन हुन्थ्यो”, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्नप्रसाद उपाध्यायले भने, “अहिले जनकपुरमा दैनिक १० मेट्रिक टन फोहर उत्पादन भइरहेको छ, तर फोहर फ्याँक्ने डम्पिङसाइट बनाउन सकिएको छैन ।” जसका कारण फोहर फ्याल्नै गाह्रो भइरहेको उहाँको भनाइ छ ।

नगर क्षेत्रको फोहरले ठूलो समस्या निम्त्याउन सक्ने भएकाले समयमै यसको व्यवस्थापन गर्नेतर्फ उपमहानगरपालिका गम्भीर हुनुपर्ने र त्यसका लागि सरोकारवालाले पनि पहलकदमी दिनुपर्ने स्थानीयवासीको भनाइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending