चितवन । पूर्वी चितवनको खैरहनीमा रहेको अन्नपूर्ण पोल्ट्री ब्रिडर्स फार्म प्रालिको एक लाख १६ हजार कुखुरामा बर्डफ्लु पुष्टि भएको छ । ठूलो सङ्ख्यामा कुखुरा रहेको फार्ममा बर्डफ्लु देखिएको जिल्लाको यो पहिलो फार्म हो ।
खैरहनी नगरपालिका–१ ज्यामिरेमा रहेको सो फार्ममा केही दिनअघि गरिएको द्रुर्त परीक्षणमा सङ्क्रमण देखिएपछि थप परीक्षणका लागि नमूना काठमाडौँ पठाइएको थियो । परीक्षणमा बर्डफ्लु प्रमाणित भएपछि कुखुरा नष्ट गर्न थालिएको छ । फार्मका सञ्चालक सुमा अर्यालका अनुसार फुल अटोमेसन क्लोज हाउसमा पालिएका लेयर्स कुखुरामा सङ्क्रमण देखिएको हो । बर्डफ्लु देखिएसँगै कुखुरा, अण्डा, दाना, क्रेट, कार्टुनलगायतका सामग्री नष्ट गर्न थालिएको छ । अर्यालका अनुसार बर्डफ्लुका कारण प्रत्यक्ष, अप्रत्यक्षरूपमा रु २५ करोड हाराहारी नोक्सान हुने देखिएको छ ।
बीस वर्षअघिदेखि अर्यालले उच्चतम प्रविधि अपनाएर कुखुरा पाल्दै आएका छन् । पोल्ट्री व्यवसायमा रु ७० करोडभन्दा बढी लगानी भइसकेको उनी बताउछन् । भेटेनेरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र भरतपुरका प्रमुख सुशील केसीका अनुसार देशभरमा बर्डफ्लुका कारण सबैभन्दा बढी नोक्सान चितवनमा भएको छ । हाल बर्डफ्लु देखिएको फार्म अहिलेसम्मको ठूलो र बढी नोक्सान हुने अवस्थामा रहेको उहाँले जानकारी दिए। जिल्लामा यसबाहेक ३१ वटा पोल्ट्री फार्ममा बर्डफ्लु देखापरेको छ । माघ २८ गते पहिलोपटक पूर्वी चितवनको राप्ती नगरपालिकामा देखिएको बर्डफ्लु अहिले जिल्लाभरि नै देखिएको हो ।
जिल्लामा यसबाहेक बर्डफ्लु देखिएका फार्ममा दुई लाख ३३ हजार ३१२ लेयर्स कुखुरा मारिएको कार्यालयले जनाएको छ । केन्द्रका सूचना अधिकारी डा प्रभाश न्यौपानेका अनुसार ब्रोइलर ६४६, कडकनाथ ८९६, हाँस ३५ वटा नष्ट गरिसकिएको छ । बर्डफ्लुका कारण जिल्लामा एक लाख ७८ हजार २२६ वटा अण्डा, ६२ हजार ९२० किलो दाना, ५८ हजार २२० क्रेट, छ हजार टर्की ब्रिडिङ अण्डा, प्यारेन्ट ब्रोइलर तीन हजार ४७६ वटा, एक हजार ३८० वटा गिरीराजको अण्डा, कार्टुन एक हजार ५००, डाला ६६० र तयारी मासु ४० किलो नष्ट गरिसकिएको न्यौपानेले जानकारी दिए। अन्नपूर्णको नष्ट गर्ने काम भइरहेको छ । सबै नष्ट गर्न केही दिन लाग्ने कार्यालयले जनाएको छ ।
बर्डफ्लुले कुखुरा मर्न थालेपछि कतिपय कृषकले बजारमा बिक्री गर्दा रोग तीव्र फैलिएको अनुमान रहेको छ । सरकारी तवरबाट दिइने राहतको प्रक्रियामा पर्खदाँ कुखुरा मरेर सकिने र केही बाँकी रहे तिनको राहतप्रति कृषक विश्वस्त हुन नसक्दा कतिपय कृषकले कुखुरा बेचेको पाइएको छ । अनुगमनमा कडाइ हुन नसकेका कारण रोग फैलिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २१ गते, २०८३ - १८:१२
काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण रोशी खोला मा पानीको सतह बढ्दै बाढी आउँदा तथा दाप्चा खोला मा पनि बाढी आएपछि बीपी राजमार्ग को काभ्रेपलाञ्चोक खण्डमा ...
आषाढ़ २१ गते, २०८३ - १७:२१
विराटनगर । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिरामीले सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्नु सरकारको प्रम...
आषाढ़ २१ गते, २०८३ - १७:१२
डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब १:...
आषाढ़ २१ गते, २०८३ - १६:४६
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीका केही प्रावधानविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेको छ। नियमावली...
आषाढ़ २१ गते, २०८३ - १६:३१
धनकुटा । गृहमन्त्री सुधन गुरुङले पूर्वी पहाडी जिल्लाको भ्रमणका क्रममा आइतबार धनकुटामा सुरक्षा तथा प्रशासनिक संयन्त्रको निरीक्षण गर्नुका साथै धार्मिक द...
आषाढ़ २१ गते, २०८३ - १६:०५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र नागर...
आषाढ़ २१ गते, २०८३ - १५:५३
काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जुलाई २१ तारिखदेखि सुरु हुने त्रिदेशीय सिरिजमा भाग लिन जान खेलाडीको बिदाइ गरिएको छ । ...
आषाढ़ २१ गते, २०८३ - १५:२६
डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ। आइतबार जगदुल्ला गाउँपालिका क्षेत्रबाट जुम्लातर्फ गइ...
आषाढ़ २१ गते, २०८३ - १५:२२
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान संशोधन आवश्यक भए पनि त्यसलाई हचुवाको भरमा अघि बढाउँदा सामाजिक तनाव बढ्न सक्ने बताएका छन् ।...
आषाढ़ २१ गते, २०८३ - १५:०२
काठमाडौँ । चालु असार महिनाको पहिलो १९ दिन (करिब १५ कार्यदिन) मा निजामती सेवाबाट राजीनामा दिने कर्मचारीको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ। राष्ट्रिय...



प्रतिकृया लेख्नुहोस्: