Khabar Dabali ३० असार २०८३ मंगलवार | 14th July, 2026 Tue
Investment bank

नमूना मतदानमा बदर मत शून्य

खबरडबली संवाददाता

मनाङ । निर्वाचन कार्यालय मनाङको आयोजनामा चामेमा गरिएको नमूना मतदानमा मत बदर शून्य भएको छ । नमूना मतदानमा मत बदर नहुँदा मनाङका मतदान सम्बन्धमा मतदाता सचेत रहेको देखिएको छ ।

यही वैशाख ३० गते स्थानीय तह निर्वाचनमा बदर मत न्यूनीकरण गर्ने उद्देश्यले निर्वाचन कार्यालयले गरेको नमूना मतदानमा कुनै पनि पदमा मत बदर नभएको मतदान अधिकृतको भूमिकामा रहेका स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए।

उहाँका अनुसार चामे गाउँपालिका–४ स्थित कबर्डहल बाहिर गरिएको नमूना मतदानमा ७८ जना मतदाताले मतदान गरेका थिए । नमूना मतदानमा स्थानीय आमा समूह र स्थानीयवासीको सहभागिता रहेको थियो । निर्वाचन कार्यालका प्रमुख पुष्पराज शर्माले नमूना मतदानले मनाङको सदरमुकाम चामेका मतदाता मतदानका विषयमा सुसूचित भएको देखिएको बताए । तर अन्य स्थानमा मतदाता शिक्षा प्रभावकारी बनाउन राजनीतिक दल र उम्मेदवार लाग्नुपर्ने उनले बताए ।

मतदानका दिन गरिने सबै प्रक्रियाका बारेमा सर्वसाधारणलाई जानकारी दिन नमूना मतदान गरिएको जानकारी दिँदै उनले यसपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगरिएकाले राजनीतिक दल र उम्मेदवारले घरदैलो अभियानका क्रममै मतदातालाई मत हाल्ने तरिकाबारे सिकाएको देखिएको बताए। 

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले मत बदर कम गराउन सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए । “सबै क्षेत्र सदरमुकामजस्तो शिक्षित छैन, तर पनि मत बदर नहुँदा मतदाताका विषयमा यहाँका स्थानीयवासी सचेत रहेको पाइएको छ, अझ उम्मेदवारहरूले मतदाता शिक्षा प्रदान गर्न सके मनाङमा स्थानीय तहको निर्वाचनमा बदर हुनेछैन”, प्रजिअ आचार्यले भने।

स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन मतदातालाई निर्भिकतापूर्वक मतदानस्थलसम्म पुग्ने वातावरण निर्माण गरिने उहाँको भनाइ थियो । मतदानमा सुरक्षा निकायका प्रमुख, जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि सहभागी थिए । पत्रकार, कर्मचारीलगायतले अनुगमन र मतदानस्थलको निरीक्षणसमेत गरी नमूना मतदान गरिएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभा बैठकमा पुगेका प्रधानमन्त्री बालेन र रवि लामिछाने २० मिनेटमै बाहिरिए

काठमाडौं । प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने केहीबेर बसेर बाह...

संसद् बैठकमा प्रधानमन्त्री शाह र रवि लामिछानेको प्रवेशलाई लिएर एमालेको आपत्ति, रुलिङको माग

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा बैठकमा प्रवेश गर्ने क्रम...

किसानको बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण चिनी मिलका सञ्चालक पक्राउ

सर्लाही । सर्लाहीको धनकौलमा सञ्चालनमा रहेको अन्नपूर्ण चिनी मिलका सञ्चालक शैलेन्द्र गुप्ता र विनोद साह कलवार पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्याल...

प्रधानमन्त्री शाह र रवी लामिछाने प्रतिनिधिसभा बैठकमा सहभागी

काठमाडौं । प्रधानमन्त्री बालेन शाह प्रतिनिधिसभाको बैठकमा सहभागी हुन पुगेका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँगै बैठ...

संवेदनशील क्षेत्रमा २६६ वटा सीसीटीभी क्यामरा जडान

कपिलबस्तु। जिल्लामा शान्ति सुरक्षा सुदृढ गर्न सीसीटीभी उद्घाटन तथा समसामयिक विषयमा स्थानीय तहसँग अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न गरिएको छ । उक्...

करार र ज्यालादारी कर्मचारी हटाउने निर्णय पुनर्विचार गर्न सांसद राईको आग्रह

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले श्रेणीविहीन करार तथा ज्यालादारीमा कार्यरत कर्मचारी हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै तत्काल...

राज्य संयन्त्र दुरुपयोग गरेर अल्गोरिदम फैलाएर जसरी आतंक सिर्जना गरियो: ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले राज्य संयन्त्रको दुरुपयोग गरेर ‘आतंक’ सिर्जना गरेको आरोप...

प्रधानमन्त्री बालेनलाई सांसद राईले ‘श्री ८’ भनेपछि रास्वपा सांसदको नियमापत्ति

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई ‘श्री ८’ को संज्ञा दिइएपछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिवजी यादवले स...

सेयर बजारमा निरन्तर गिरावटपछि धितोपत्र बोर्ड घेर्न पुगे लगानीकर्ता

काठमाडौं । सेयर बजारमा निरन्तर गिरावट आएपछि आक्रोशित लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्ड (सेबोन)को केन्द्रीय कार्यालय घेराउ गरेका छन्। मंगलबार बिह...

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन एमालेको माग

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले संसद्मा दिएको सीमासम्बन्धी विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending