Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

मुस्ताङमा च्याङ्ग्राको भुवा सङ्कलन र प्रशोधनमा नयाँ प्रविधि

खबरडबली संवाददाता

म्याग्दी ।  मुस्ताङमा पश्मिना बनाउने कच्चापदार्थ भुवा (च्याङ्ग्राको ऊन) सङ्कलन र प्रशोधन गर्ने नयाँ सीप र प्रविधि भित्र््याइएको छ । नेपाल पश्मिना उद्योग सङ्घद्वारा विश्व व्यापार सङ्गठन र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको समन्वयमा काजिकिस्तानको प्रविधि र सीप भित्र््याइएको हो । 

च्याङग्रापालन र भुवा सङ्कलनलाई आधुनिक र व्यवस्थित बनाइ गुणस्तर सुधार गर्न विदेशी सीपसहितको तालिम सञ्चालन गरिएको सङ्घले जनाएको छ । सङ्घका उपाध्यक्ष धनप्रसाद लामिछानेले च्याङ्ग्राको शरीरबाट भुवा निकाल्ने काइयो भित्र््याएर त्यसको प्रयोगका विषयमा मुस्ताङका किसानलाई तालिम सञ्चालन गरिएको जानकारी दिए  । 

“नेपालमा अहिलेसम्म परम्परागत तरिकाले ऊन निकाल्ने चलन थियो,” उनले भने “काजिकिस्तानबाट प्रशिक्षक बोलाएर ऊन निकाल्ने सीप र प्रविधि भित्र््याएका हौँ ।” च्याङ्ग्राको स्वास्थ्यमा असर नपर्ने गरेर ऊन निकाल्न मिल्ने काइयो नेपालमै पहिलो पटक मुस्ताङमा भित्र्याइएको उनले बताए । 

सो काइयोको प्रयोगबाट ऊन निकाल्ने सीप सिकाउन लोमान्थाङमा ३५ जनालाई काजिकिस्तानका सविरले प्रशिक्षक प्रशिक्षण दिएका छन् । तालिम लिएका किसानसहितको टोलीले लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकाको सात स्थानमा २५ देखि ३० किसानलाई तालिम सञ्चालन गरेका छन् । सो तालिममा मनाङका दुई किसानसमेतको सहभागिता थियो ।

तालिमका सहभागी किसानलाई नयाँ प्रविधिमार्फत ऊन निकाल्ने काइयो वितरण गर्ने तयारी छ । सङ्घले मङ्गोलिया र चीनबाट ल्याउने पश्मिनाको कच्चापदार्थको आयात घटाएर आत्मनिर्भर बन्नका लागि मुस्ताङ, डोल्पा र मनाङको ऊन प्रशोधन गरेर पश्मिना बनाउने धागो उत्पादन गर्न काठमाडौँमा नेपाल फाइबर प्रोसेसिङ उद्योगसमेत सञ्चालनमा ल्याएको छ । 

मुस्ताङको चराङमा सङ्कलन केन्द्र खोलेर डोल्पाको समेत रु एक करोड २५ लाख मूल्य बराबरको दुई हजार ८०० किलो ऊन खरिद गरिएको छ । सीप र प्रविधि भित्रिएपछि मुस्ताङमा वार्षिक दश हजार किलो ऊन सङ्कलन गर्न सकिने लोमान्थाङका किसान एवं नेपाल फाइवर प्रोसेसिङ उद्योगका सञ्चालक छिरिङ वाङ्दी गुरुङले बताए  ।  

उद्योगले मुस्ताङको लोमान्थाङमा जग्गा भाडामा लिएर ऊन सङ«कलन केन्द्र निर्माण थालेको छ । केन्द्र तथा स्थानीयद्वारा भुवा उत्पादनबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डे, सहसचिव गोविन्दबहादुर कार्की, विश्व व्यापार सङ्गठनका नेपाल प्रमुख माथियाज नाप्के, निर्देशक डा विदुर घिमिरे, नेपाल व्यापार प्रवद्र्धन केन्द्रका निमित्त निर्देशक सुयस खनाल, नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष विजयकुमार दुगडको टोलीले आइतबार अनुगमन गरेको थियो । 

नेपालबाट विदेश निर्यात हुने प्रमुख वस्तु पश्मिना बनाउन च्याङग्राको ऊन प्रशोधन गरेर बनाएको धागो कच्चापदार्थको रुपमा प्रयोग हुन्छ । सङ्घका अनुसार नेपालबाट वार्षिक रु तीन अर्बको पश्मिना निर्यात हुन्छ भने वार्षिक १९५ टन पश्मिना बनाउन आवश्यकपर्ने भुवाको धागो आयात हुन्छ । विदेशबाट कच्चापदार्थ आयात घटाउन मुस्ताङ, मनाङ, डोल्पा, मुगु, हुम्लालगायत जिल्लाका किसानबाट च्याङ्ग्राको भुवा खरिद गर्न थालिएको पश्मिना व्यवसायी भीमप्रसाद शेरचनले बताए  । 

मुस्ताङको मात्र भुवा प्रशोधन गर्न सकेमा ३० प्रतिशत भुवाको धागो आयात घट्ने उनले बताए । बजारको सुनिश्चितता नभएकाले मुस्ताङका किसानले यसअघि ऊन निकाल्ने गरेका थिएनन् । यसअघि च्याङ्ग्राको शरीरबाटै ऊन झरेर खेर जाने गरेको थियो । ३० प्रतिशतको हाराहारीमा ऊन निकाले पनि बजार नपाउने समस्या थियो । तिब्बती सीमा कोरला नाकामा अन्तरदेशीय व्यापार मेला हुँदा चिनियाँ व्यापारीले सामानसँग ऊन साटेर लैजाने गर्छन् । 

कोरोनाका कारण पछिल्लो दुई वर्षयता व्यापार मेला नहुँदा करोडौँ मूल्यको ऊन बिक्री हुनसकेको थिएन । प्रतिकिलो अप्रशोधित ऊनको सदरदर मूल्य रु चार हजार ५०० मा खरिद गर्ने सङ्घले जनाएको छ । वैशाख–जेठ महिना च्याङग्राको शरीरबाट ऊन निकाल्ने याम हो । मासुका लागि प्रसिद्ध हिमाली च्याङ्ग्राको छाला र मल पनि बिक्री हुन्छ । 

च्याङ्ग्राको ऊन पश्मिनाका लागि (क) श्रेणीको कच्चापदार्थ हो । भेडा र चांैरीको तुलनामा च्याङ्ग्राको ऊनलाई गुणस्तरीय मानिएको छ । मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङलगायतका ठाउँका किसानले ५२ हजार च्याङग्रा पालेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending