गोरखा । पालुङटार नगरपालिकामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच चुनावी गठबन्धन भएको छ ।
पालुङटारका नेपाली कांग्रेसबाट प्रमुख पदका उम्मेदवार दीपकबाबु कँडेलले आइतबार एक विज्ञप्ति जारी गर्दै आफ्नो उम्मेदवार फिर्ता लिइ जसपालाई सघाउने घोषणा गरेपछि दुई पार्टीबीच गठबन्धन पक्का भएको हो ।
विज्ञप्तिमा कांग्रेसले दोस्रो पटक पुनः उम्मेदवार चयन गरे पनि पछिल्लोपटक केन्द्रीय समितिले उम्मेदवारी फिर्ता लिन दिएको निर्देशन आफूले स्वीकार गरेको उल्लेख छ ।
“स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने पार्टी केन्द्रीय कार्यसमितिको निर्णयप्रति म पूर्ण इमान्दार रहेको छु”, विज्ञप्तिमा भनिएको छ, “दोस्रो पटक पनि उम्मेदवार चयन गरेकोमा पार्टीको गण्डकी प्रदेश समिति र केन्द्रीय कार्यसमितिप्रति धन्यवाद प्रकट पनि गर्दछु ।”
सरकारमा सहभागी पाँच दलका बीचमा भएको सहमति र निर्णयअनुसार गठबन्धनमा रहेका दलहरु बीच स्थानीय तहमा चुनावी तालमेल र सिट बाँडफाँटको निर्णय भएअनुसार उम्मेदवारी फिर्ता गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्।
विज्ञप्तिमा नेता कँडेलले पार्टी केन्द्रले गरेको निर्णयलाई स्वीकार गरी कार्यकर्तालाई पार्टीको निर्णय कार्यान्वयन गर्न पनि अपिल गरेका छन्। पालुङटारमा मेयर जसपालाई र उपमेयर कांग्रेसले लिने दुई पार्टीबीच सहमति भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - ०९:२५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सचिवालयले चुनावी सहकार्यका विषयमा रास्वपासँग कुनै छलफल नभएको प्रष्टीकरण दिएको छ। प...
पौष १० गते, २०८२ - ०९:०९
काठमाडौँ । चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ। काठमाडौँ उपत्यकामा चन्द्रागिरि सम्भवतः पहिलो ‘बालश्र...
पौष १० गते, २०८२ - ०९:०२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ११ किलो तौलको माला लगाएर बधाइ तथा शुभकामना व्यक्त गरिएको छ। काठमाडौं–संखुवासभा सम्पर्क मञ्चका ने...
पौष १० गते, २०८२ - ०८:३१
कुपण्डोललाई भेटघाटको केन्द्र बनाएर यी दलका नेतासँग पनि गरे बेग्लाबेग्लै छलफल
पौष १० गते, २०८२ - ०८:११
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । बीस वर्षअघि बिलाउनीको झाडीले भरिएको भि...
पौष १० गते, २०८२ - ०८:००
काठमाडौं । सरकारले तोकेको प्रतिनिधिसभा निर्वाचन आउन साढे दुई महिना मात्र बाँकी रहे पनि प्रमुख दुई दल कांग्रेस र एमालेले संसद् पुनःस्थापनालाई मुख्य प्र...
पौष १० गते, २०८२ - ०७:५७
काठमाडौं । अन्तरिम सरकार गठन भएको सय दिन नाघिसक्दासमेत सम्पत्ति विवरण सार्वजनिक भएको छैन । सबै मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसकेको दाबी गरे पनि सरक...
पौष १० गते, २०८२ - ०७:४६
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५१ औँ दीक्षान्त समारोह आज हुँदैछ। विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रम...
पौष १० गते, २०८२ - ०७:३५
वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको ...
पौष १० गते, २०८२ - ०७:१९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने निर्णय ग...




प्रतिकृया लेख्नुहोस्: