काठमाडौं । राष्ट्रिय जनमोर्चाले स्थानीय तह निर्वाचन–२०७९ को घोषणापत्र सार्वजनिक गरेको छ ।
‘गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौँ’, भन्ने मूल नारासहित आज बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी जनमोर्चाले स्थानीय तह निर्वाचन–२०७९ को घोषणापत्र सार्वजनिक गरेको हो ।
घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष चित्रबहादुर केसीले स्थानीय तहलाई बलियो बनाउन आफ्नो शक्ति केन्द्रित हुने बताए। विकेन्द्रित र सन्तुलित विकास नीतिसहित २८ बुँदे घोषणापत्र सार्वजनिक गर्दै उनले चुनावमा अन्य दलसँग एकता गरेर गए पनि आफ्नो चुनावी एजेण्डालाई आफ्ना उम्मेदवारले कार्यान्वयनमा लैजाने बताए।
घोषणापत्रमा स्थानीय तहमा रहेको बेरुजु न्यूनीकरण गर्दै स्वशासनमा जोड दिने तथा भ्रष्टाचारको रोकथाम गर्ने उल्लेख गरिएको छ । गाउँको विकासका लागि छुट्टै ग्रामीण विकास मन्त्रालयको गठन गर्ने बताइएको छ । इन्धन आपूर्तिको वैकल्पिक व्यवस्था गर्ने, स्वदेशी उत्पादनलाई संरक्षण गरी विदेशी आयातमाथि नियन्त्रण गर्ने, दक्ष जनशक्ति निर्माण गरी बेरोजगारी अन्त्य गर्न योजना तर्जुमा गर्ने घोषणा पत्रमा उल्लेख छ ।
यस्तै घोषणा पत्रमा स्रोत संरक्षण तथा प्रवद्र्धनमा जोड दिने एवं कृषि एवं कृषिजन्य उद्योगको विकासका लागि प्रयत्न गर्ने उल्लेख छ । शिक्षा र स्वास्थ्यमा आम सर्वसाधारणको पहुँच पुर्याउन सामाजिक विकासमा अधिकतम बजेट विनियोजन गर्ने एवं बीचमा पढाइ छाड्ने विद्यार्थीका लागि विशेष योजना बनाएर लागू गर्ने बताइएको छ ।
यातायात र ढुवानीका लागि रेल तथा सडक सञ्जालको निर्माण र विकासमा जोड दिने र ग्रामीण क्षेत्रमा उद्योगधन्दाको विकास गर्ने घोषणापत्रमा उल्लेख छ । यसैगरी सबैको समान विकासका लागि पिछडिएका समुदाय र दुर्गम क्षेत्रको विकास गर्ने बताइएको छ । पर्यटन विकासका लागि ग्रामीण पर्यटनको विकासमा जोड दिने एवं पर्यावरण र पुरातात्विक क्षेत्रको संरक्षण गर्न विशेष योजना बनाउने घोषणा पत्रमा भनिएकोे छ । प्रदूषण नियन्त्रण, स्रोत साधनको न्यायपूर्र्ण वितरण, सामाजिक सुरक्षा, पुन:स्थापनालगायतलाई घोषणापत्रमा समेटिएको छ ।
भूउपयोग नीति बनाई कार्यान्वयन गर्नुका साथै एकीकृत बस्ती विकास गर्ने राष्ट्रिय जनमोर्चाको योजना छ । यस्तै सङ्क्रामक रोगका विरुद्ध भौतिक पूर्वाधार तथा जनशक्ति निर्माणमा जोड दिइने, छाडा चौपाया नियन्त्रण गरिने बताइएको छ । विपद् व्यवस्थापन गर्न स्थानीय तहलाई अधिकार तथा स्रोत साधन सम्पन्न बनाउने र प्राकृतिक स्रोत साधनको समुचित उपयोगमा ध्यान दिइने घोषणापत्रमा उल्लेख छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २८ गते, २०८२ - १७:१४
काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ । दुबईको द सेभेन्स रङ्गश...
मंसिर २८ गते, २०८२ - १७:०८
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् । ११ ओभरको चौथो, पाँचौँ र छैटौं...
मंसिर २८ गते, २०८२ - १६:४८
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...
मंसिर २८ गते, २०८२ - १६:१०
संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...
मंसिर २८ गते, २०८२ - १६:०४
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताएको छन्। नेकपा एमालेको ११ औँ मह...
मंसिर २८ गते, २०८२ - १४:००
काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...
मंसिर २८ गते, २०८२ - १२:५६
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको ...
मंसिर २८ गते, २०८२ - १२:३४
गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ। प्रशासन कार्यालयले सा...
मंसिर २८ गते, २०८२ - १२:१३
दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुख...
मंसिर २८ गते, २०८२ - १२:००
गुल्मी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्...




प्रतिकृया लेख्नुहोस्: