Khabar Dabali १४ बैशाख २०८३ सोमबार | 27th April, 2026 Mon

सुनसरी जिल्ला अस्पताल सुधारका लागि पहल गर्छु : मन्त्री कार्की

खबरडबली संवाददाता

सुनसरी । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इनरुवास्थित सुनसरी जिल्ला अस्पताल सुधारका लागि आफूले सहयोग र पहलसमेत गर्ने बताएका छन्।

आज बिहान अस्पताल अनुगमनपछि रासससँगको कुराकानीमा उनले अब भाषण मात्र गरेर नहुने र त्यसलाई व्यवहारमै उतार्ने गरी काम गर्ने पनि जानकारी दिए ।

सबैभन्दा पुरानो अस्पतालका रुपमा जिल्ला अस्पताल भए पनि विकासका कारण पछि परेकाले अब यसलाई परिणाममुखी बनाउन आफूले सक्दो सहयोग गर्ने मन्त्री कार्कीको भनाइ थियो । 

कोरोना महामारीका बेलामा अस्पतालमा भएका जनशक्तिले महामारी नियन्त्रण गर्न र कोरोनाबाट सङ्क्रमित भएका बिरामीको उपचार गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकामा उनले आभार व्यक्त गरे। 

गुणस्तरीय स्वास्थ्य सेवा दिनु सबैको साझा कर्तव्य भएको उल्लेख गर्दै मन्त्री कार्कीले अस्पतालको विस्तार र यसलाई गुणस्तरीय बनाएर यो क्षेत्रको एउटा अग्रणी अस्पतालको रुपमा स्थापित गर्नका लागि सबै अग्रसर हुनुपर्नेमा जोड दिए।

सोही अवसरमा मन्त्री कार्कीले उक्त अस्पतालको आइसियु तथा कोरोना उपचार सामग्री खरिद गर्नका लागि रु एक करोड ५० लाख सहयोग गरेको मेडिकल सुपरिटेन्डेन्ट डा देवराज घिमिरेले बताए। 

कार्यक्रममा पूर्वराज्यमन्त्री तथा सङ्घीय सांसद सीताराम मेहता, प्रदेश सांसद ज्योति सुब्बा, अस्पताल विकास समितिका अध्यक्ष गोपाल राजभण्डारी, इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीलगायतको सहभागिता थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शिलान्यास

तनहुँ। राष्ट्रपति रामचन्द्र पौडेलले आज तनहुँको भानु नगरपालिका–४, चुँदी रम्घामा ‘भानु साहित्य उद्यान’ को शिलान्यास गरेको छन्। नेपाली साहित्यका आदिकव...

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बे लाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ। बैठकले उनलाई सर्वसम्...

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु

काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ । सोमबार पार्टी मुख्यालय सानेपामा बैठक सुरु भएको हो । बैठकमा पार्टी संंस...

अव्यवस्थित बस्ती हटाइएका स्थान संरक्षण गर्न कार्यवाहक प्रमुख डङ्गोलको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सुकुमवासी बस्ती हटाइएपछि खाली गरिएका सार्वजनिक जग्गाको संरक्षणका लागि तत्काल काम थ...

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

टोकियो। जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएपछि त्यहाँ थप ठूला झट्काको सम्भावना बढेको भन्दै सतर्कता बढ...

किसानले तरकारीको मुल्य पाएनन्, अधिकांश तरकारीको मुल्य प्रतिकिलो पाँच रुपैैयाँ

चितवन । जिल्लामा व्यावसायिक रुपमा उत्पादित तरकारीले उचित मूल्य नपाउँदा किसान मर्कामा परेका छन् । यहाँ उत्पादन भएका तरकारीले लागत मूल्य पाउन नसकेपछि यह...

मन्त्रिपरिषद् बैठक आज बस्दै, सुकुमवासी समस्या पनि एजेन्डामा

काठमाडौं । मन्त्रिपरिषद् को बैठक आज बस्दै छ। बैठक दिउँसो २ बजे सिंहदरबार मा बस्ने तय गरिएको छ। बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित एजेन्डामाथि छल...

जाजरकोटका दुई परीक्षा केन्द्रबाट ४० मोबाइल बरामद

जाजरकोट। कक्षा १२ को परीक्षाका क्रममा जाजरकोटका दुई परीक्षा केन्द्रबाट परीक्षार्थीहरूको साथबाट ४० थान मोबाइल बरामद गरिएको छ । सोमबारदेखि सुरु भएको परी...

बँदेलको आक्रमणबाट एकको मृत्यु

सर्लाही । जङ्गली बँदेलको आक्रमणबाट सर्लाहीको लालबन्दीमा एक पुरुषको मृत्यु भएको छ । लालबन्दी नगरपालिका–१५ पिडखोल्सा बस्ने ३२ वर्षका प्रेमबहादुर थिङ(दाव...

६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी। धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । हाइड्रो भिलेज प्रालि प्रर्वद्धक रहेक...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending