Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बे लाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ। बैठकले उनलाई सर्वसम्मत रूपमा दलको नेता चयन गर्ने निर्णय गरेको हो।

उक्त निर्णयलाई अब बस्ने संसदीय दलको बैठकबाट औपचारिक रूपमा अनुमोदन गर्ने तयारी गरिएको छ। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनपछि कांग्रेसले पहिलोपटक सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्न लागेको हो।

आङ्देम्बे समानुपातिकतर्फबाट निर्वाचित सांसद हुन्। प्रारम्भमा संसदीय दलको नेताका लागि अर्जुननरसिंह केसी, मोहन आचार्य र आङ्देम्बे स्वयं प्रमुख दाबेदार थिए। तर, पार्टीभित्र एकताको सन्देश दिन आङ्देम्बेलाई नै नेता बनाउनुपर्ने आवाज बलियो बन्दै गएको थियो।

पार्टीको १४औँ महाधिवेशनमा उनी शेरबहादुर देउवा पक्षबाट सहमहामन्त्री निर्वाचित भएका थिए। यद्यपि, पछि गगन थापा सभापति बनेको विशेष महाधिवेशनमा उनी सहभागी भएका थिएनन्। त्यसपछि उनले सामाजिक सञ्जालमार्फत आफू कुनै गुटमा नबाँधिने र सभापति थापाको नेतृत्वभावनाअनुसार काम गर्न तयार रहेको बताएका थिए।

उपसभापति विश्वप्रकाश शर्मा लगायतका नेताहरूले पार्टी एकता मजबुत बनाउन आङ्देम्बेलाई नै संसदीय दलको नेता बनाउनुपर्ने धारणा राख्दै आएका थिए। शेखर कोइराला र देउवा पक्षका नेताहरूको समर्थनसमेत पाएकाले ३८ सदस्यीय संसदीय दलमा आङ्देम्बेको पक्षमा बहुमत पुग्ने स्रोतले जनाएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चक्रपथ विस्तारको दोस्रो चरणका लागि चीनसँग सम्झौता, ११ अर्ब अनुदान

काठमाडौं । चक्रपथ विस्तारको दोस्रो चरणअन्तर्गत चीनको सहयोगसम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएको छ। भौतिक पूर्वाधार, यातायात तथा शहरी व...

रुपन्देहीमा माइक्रो बस दुर्घटना: दुईको मृत्यु, २७ जना घाइते

बुटवल । रुपन्देहीमा माइक्रो बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। बुटवल–बर्दघाट सडक खण्डअन्तर्गत गणेशनगरस्थित प्रतीक्षा...

रास्वपा संसदीय दलको बैठक जारी, सरकारको अध्यादेश सिफारिसबारे तीव्र छलफल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको अनौपचारिक बैठक सिंहदरबारस्थित पार्टी कार्यालयमा जारी छ। बैठकमा समसामयिक राजनीतिक अवस्था...

विपक्षी दलको बैठकमा श्रम संस्कृति पार्टी अनुपस्थित

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठकमा श्रम संस्कृति पार्टी अनुपस्थित रहेको छ। सिंहदरबारस्थित कांग्रेस सं...

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा वासना थापा, सचेतकमा निश्कल राई मनोनित

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निश्कल राई मनोनयन भएका छन्। संसदीय दलका नेता भीष्मराज आङ्देम्बे ले आज था...

कांग्रेस राष्ट्रिय सभा दलको नेतामा कमला पन्त मनोनित

काठमाडौं । नेपाली कांग्रेस ले राष्ट्रिय सभामा आफ्नो दलको नेतामा कमला पन्तलाई मनोनित गरेको छ। प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम...

फेरि बढ्यो सवारी भाडा, आजदेखि लागू

काठमाडौँ । यातायात व्यवस्था विभागले फेरि सार्वजनिक यातायातको भाडा बडाएको छ । बुधबारदेखि नै लागू हुने गरी विभागले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक ...

ठमेलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं । काठमाडौँ महानगरपालिका–२६ ठमेलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मंगलबार ठमेल पक्नाजोलस्थित सडकमा बा३क २३३९ नम्बरको ट्रकको ठक्कर...

संसद् जीवित हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला- राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओली ले सरकारले संसद् छलेर अध्यादेश ल्याउन खोज्नु संसदीय अभ्यासमाथिको गम्भीर हम...

अध्यादेश सिफारिसप्रति कांग्रेसको आपत्ति: ‘संसदीय अधिकारमाथि अतिक्रमण’

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले अध्यादेशमार्फत कानुन निर्माण गर्न खोजेकोप्रति आपत्ति जनाएको छ। सरकारले दुई अध्यादेश जारी गर्...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending