खोटाङ । दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय ब्रोइलर कुखुराको मासु अभाव भएको छ । ओमिक्रोनको त्रास तथा गत मङ्सिर र पुसमा दुईपटक परेको हिमपातका साथै लामो समयसम्म वर्षा भएपछि बढेको चिसो कारण ब्रोइलर कुखुरा उत्पादन गर्न नसक्दा जिल्लामा मासु अभाव भएको हो ।
फार्महरूमा ब्रोइलर कुखुरा पाउन छाडेपछि जिल्लामा सञ्चालित सबै मासु बिक्री केन्द्र (फ्रेस हाउस)हरू अहिले बन्द छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यसअघि नगरपालिका ब्रोइलर कुखुराको मासु तथा अण्डामा आत्मनिर्भर भएको घोषणा गर्दै तराईबाट आयात हुने ब्रोइलर कुखुरा तथा अण्डामा रोक लगाएपछि दिक्तेल बजारमा अहिले मासु अभाव भएको छ ।
लामो समयको वर्षा र हिमपातपछि बढेको चिसोका साथै ओमिक्रोनको त्रासका कारण जिल्लामा ब्रोइलर कुखुराको मासु उत्पादन गर्न नसक्दा व्यवसायीले करोडौँको घाटा व्यहोर्नुपरेको पोल्ट्री व्यवसायी सङ्घ खोटाङका अध्यक्ष सुवास जोशीले जानकारी दिए । “प्रतिकेजी रु ५०० मा बिक्री हुने ब्रोइलर कुखुराको मासु दिक्तेल बजारमा मात्रै दैनिक २५० देखि ३०० केजीसम्म बिक्री हुने गरेको थियो”, उनले भने, “चिसो र ओमिक्रोनको त्रासका कारण कुखुरा उत्पादन गर्न नसक्दा ग्रहकलाई दिन सकिएको छैन । पछिल्लो समय अधिकांश फार्ममा चल्ला हालिएको छ, अब फागु पूर्णिमादेखि निरन्तर बजारमा ल्याउने तयारी गरेका छौँ ।”
जिल्लाका सहरी क्षेत्र तथा गाउँमा समेत मासु अभाव भएपछि अहिले अण्डाको माग भने बढेको पोल्ट्री व्यवसायीले बताएका छन् । यसका लागि दिक्तेल बजारमा मात्रै व्यावसायिकरूपमा करिब पाँच हजार लेयर्स कुखुरा पालिएका छन् । दिक्तेल बजारमा सञ्चालित लेयर्स कुखुरा फार्मबाट पछिल्लो समय दैनिक करिब १५–२० कार्टुन अण्डा बिक्री हुने गरेको पोल्ट्री व्यवसायी सङ्घले जनाएको छ । यद्यपि तराईका विभिन्न जिल्लाबाट कम मूल्यमा आयात गरिने अण्डाले जिल्लामा उत्पादित अण्डा बिक्रीमा समस्या हुने गरेको बताइएको छ ।
व्यवसायीका अनुसार उत्पादन भएको अण्डा २० दिनदेखि महिना दिनभित्र उपयोग गरिसक्नुपर्ने हुन्छ । तराईबाट आयात हुने अण्डा कति दिन उत्पादन भएको हो भन्ने पहिचान नहुँदा महिनौँपछि समेत उपभोग गर्ने गरिएको छ । दिक्तेल बजार तथा आसपासका क्षेत्रमा समेत कुखुराको मासु पाउन छाडेपछि अहिले जिल्लामा स्थानीय जातका कुखुराले भने राम्रो मूल्य पाएको छ । यसअघिसम्म प्रतिकेजी रु ८०० मा पाउने स्थानीय जातका कुखुराको मूल्य बढेर अहिले प्रतिकेजी रु ९०० देखि रु एक हजारसम्म पुगेको उपभोक्ता बताउँछन् ।
अर्कोतर्फ जिल्लामा व्यावसायिकरूपमा स्थानीय जातका कुखुरापालन गर्नेको सङ्ख्यासमेत वृद्धि हुँदै गएको छ । दिक्तेल बजारमै ह्याचरी उद्योग सञ्चालन गरेर गाउँगाउँमा स्थानीय जातका कुखुराको चल्ला बिक्री वितरण सुरु भएको छ ।
ब्रोइलर कुखुराको मासु पाउन छाडेसँगै जिल्लामा अहिले तराईका व्यवसायीले छिमेकी देश भारत तथा तराईका विभिन्न जिल्लाबाट माछा ल्याएर धमाधम पसल खोलेर बिक्री गर्न थालेका छन् । व्यवसायीले अहिले दिक्तेल बजारका चोकचोकमा बिनादर्ता माछा पसल खोलेर बिक्री वितरण गरिरहेका छन् । यस्ता पसलमा बिक्री गर्न राखिएका माछा गुणस्तरहीन रहेको जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...



प्रतिकृया लेख्नुहोस्: