Khabar Dabali ६ जेष्ठ २०८३ बुधबार | 20th May, 2026 Wed
Investment bank

मलेसियामाथि नेपालको कठिन जित

खबरडबली संवाददाता

काठमाडौँ। मलेसियाविरुद्धको पहिलो टी–२० अन्तर्राष्ट्रिय अभ्यास खेलमा नेपालले कठिन जित निकालेको छ ।

क्वालालम्पुरस्थित बायोमास ओभल मैदानमा बुधबार भएको खेलमा नेपालले मलेसियालाई दुई विकेटले हरायो । जितका लागि ६८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १७।३ ओभरमा आठ विकेटको क्षतिमा पूरा गरेको हो ।

नेपालको जितमा सम्झना खड्काले सर्वाधिक ३२ रन बनाइन्। यस्तै रुवि पोदारले १५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा मलेसियाका नुर कवाल्शाले तीन विकेट लिइन्। 

अल्सा एलिसा र एल्सा हन्टरले दुई दुई तथा नुर दानियाले एक विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको मलेसियाले १६।५ ओभरमा सबै विकेटको क्षतिमा ६७ रन बनाएको थियो । 

मलेसियाका लागि एल्सा हन्टरले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा नेपालकी पूजा महतोले तीन विकेट लिए ।

मनिषा उपाध्याय र रिया शर्माले दुई दुई तथा कविता कुँवर र सिता रानामगरले एक एक विकेट लिइन्। यससँगै दुई खेलको सिरिजमा नेपालले १–० को अग्रता लिएको छ । दोस्रो खेशल शुक्रबार हुनेछ । 

नेपालले मलेसियामै मे २३ तारिखदेखि सुरु हुने एसियन गेम्स छनोट र एसिसी महिला प्रिमियर कप‌को तयारीमा लागि अभ्यास खेल खेलेको हो । एसियन गेम्स छनोट मलेसियामा मे २३ देखि ३१ तारिख सम्म र एसिसी महिला प्रिमियर कप‌ जुन १ देखि १३ तारिखसम्म हुने छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सेयर बजारमा उत्साह : नेप्से ३० अंकले बढ्यो

काठमाडौं । अघिल्लो कारोबार दिन ६ अंकले घटेको सेयर बजार बुधबार भने उल्लेखनीय रूपमा उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ३०.०८ अंक अर्था...

विदेशिएका नेता तथा व्यवसायीलाई स्वदेश फर्कन महन्थ ठाकुरको आह्वान

काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले विदेशमा रहेका राजनीतिक नेता तथा व्यवसायीहरूलाई पलायनको बाटो छोडेर स्वदेश फर्कन ...

नयाँ संसद् हल अन्तिम चरणमा, बजेट भाषण यहीँबाट गर्ने तयारी

काठमाडौँ । सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनभित्र रहेको प्रतिनिधि सभाको नयाँ हल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। आगामी जेठ १५ गतेको बजेट भाषण य...

मलेसियामाथि नेपालको कठिन जित

काठमाडौँ। मलेसियाविरुद्धको पहिलो टी–२० अन्तर्राष्ट्रिय अभ्यास खेलमा नेपालले कठिन जित निकालेको छ । क्वालालम्पुरस्थित बायोमास ओभल मैदानमा बुधबार भएको...

वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण गरिनेछ - श्रममन्त्री यादव

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रणलाई प्रभावकारी रूपमा काम गरिने बताएको छन् । प्रत...

प्रधानमन्त्री बालेनले संसद्‌मा लगे निर्वाचनसम्बन्धी संशोधन विधेयक

काठमाडौं । प्रतिनिधिसभामा निर्वाचन प्रणाली र मतदाता नामावलीसँग सम्बन्धित दुई वटा संशोधन विधेयक दर्ता भएका छन्। प्रधानमन्त्री बालेन शाहले “प्रतिनिधि...

सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छ, तर स्वतन्त्रता र स्वच्छन्दता एउटै हैन: सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना ले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। प्रतिनिधिसभा को आक...

संसद भवन अगाडि जेन–जी शहीदको सालिक निर्माण गर्न सांसद खतिवडाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडा खत्रीले संसद भवन अगाडि जेन–जी आन्दोलनका शहीदहरूको सालिक(स्मारक मूर्ति) यथाशीघ्र नि...

प्रतिनिधिसभामा आफ्नो क्रियाकलाप र व्यवहार सच्याउन श्रम संस्कृति पार्टीलाई सभामुखको चेतावनी

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसदहरूलाई आफ्नो क्रियाकलाप र व्यवहार सच्याउन चेतावनी दिएका छन्। बुधवार...

कक्षा ११ को पठनपाठन असार १ देखि सुरु हुने

काठमाडौं । शिक्षा मन्त्रालयले कक्षा ११ को पठनपाठन आगामी असार १ गतेदेखि सुरु गर्ने तयारी गरेको छ। एसईईको नतिजा छिट्टै प्रकाशित भएपछि कक्षा ११ को शैक्षि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending