काठमाडौं । प्रतिनिधिसभामा निर्वाचन प्रणाली र मतदाता नामावलीसँग सम्बन्धित दुई वटा संशोधन विधेयक दर्ता भएका छन्।
प्रधानमन्त्री बालेन शाहले “प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३” प्रतिनिधिसभामा प्रधानमन्त्रीको हैसियतमा दर्ता गरेका हुन्। त्यस्तै, “मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३” भने गृहमन्त्रीको हैसियतमा अघि बढाइएको छ।
सरकारका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी विधेयक संविधानको धारा ८४(२) अनुसार समानुपातिक निर्वाचन प्रणालीलाई थप व्यवस्थित गर्ने उद्देश्यले ल्याइएको हो। यसमा २०७८ सालको राष्ट्रिय जनगणनाको प्रतिवेदनअनुसार जनसंख्याको आधारमा दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम लगायत समुदायको प्रतिनिधित्वको प्रतिशत पुन:समायोजन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
त्यस्तै, मतदाता नामावलीसम्बन्धी संशोधन विधेयकले यसअघि अध्यादेशमार्फत गरिएको संशोधनलाई कानुनी मान्यता दिने लक्ष्य राखेको छ। आगामी फागुन २१ मा हुने निर्वाचनका लागि छुट भएका मतदातालाई नामावलीमा समावेश गर्ने व्यवस्था पनि यसमा समेटिएको छ।
सरकारले दुवै विधेयक निर्वाचन प्रक्रिया थप व्यवस्थित, समावेशी र अद्यावधिक बनाउन आवश्यक रहेको जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ६ गते, २०८३ - १४:०७
काठमाडौँ। मलेसियाविरुद्धको पहिलो टी–२० अन्तर्राष्ट्रिय अभ्यास खेलमा नेपालले कठिन जित निकालेको छ । क्वालालम्पुरस्थित बायोमास ओभल मैदानमा बुधबार भएको...
जेष्ठ ६ गते, २०८३ - १३:५७
काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रणलाई प्रभावकारी रूपमा काम गरिने बताएको छन् । प्रत...
जेष्ठ ६ गते, २०८३ - १३:४८
काठमाडौं । प्रतिनिधिसभामा निर्वाचन प्रणाली र मतदाता नामावलीसँग सम्बन्धित दुई वटा संशोधन विधेयक दर्ता भएका छन्। प्रधानमन्त्री बालेन शाहले “प्रतिनिधि...
जेष्ठ ६ गते, २०८३ - १३:१५
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना ले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। प्रतिनिधिसभा को आक...
जेष्ठ ६ गते, २०८३ - १३:०१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडा खत्रीले संसद भवन अगाडि जेन–जी आन्दोलनका शहीदहरूको सालिक(स्मारक मूर्ति) यथाशीघ्र नि...
जेष्ठ ६ गते, २०८३ - १२:४१
काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसदहरूलाई आफ्नो क्रियाकलाप र व्यवहार सच्याउन चेतावनी दिएका छन्। बुधवार...
जेष्ठ ६ गते, २०८३ - १२:३२
काठमाडौं । शिक्षा मन्त्रालयले कक्षा ११ को पठनपाठन आगामी असार १ गतेदेखि सुरु गर्ने तयारी गरेको छ। एसईईको नतिजा छिट्टै प्रकाशित भएपछि कक्षा ११ को शैक्षि...
जेष्ठ ६ गते, २०८३ - ११:३८
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभा बैठकमा बोल्ने विषयवस्तु तयार गर्न च्याटजीपीटीको अत्यधिक प्रयोग नगर्न आफ्ना सांसदहरूला...
जेष्ठ ६ गते, २०८३ - ११:२१
नेपालगन्ज। बाँकेको कोहलपुरमा रहेको नेपालकै अग्रणी मेटल इन्डस्ट्रिज भिएमआई ग्रुप अन्तर्गतको वर्षा रिसाइक्लिङ प्लान्टमा मङ्गलबार बेलुकी भीषण आगलागी भएको...
जेष्ठ ६ गते, २०८३ - १०:४४
काठमाडौँ । प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजे बस्दैछ । मङ्गलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ता...



प्रतिकृया लेख्नुहोस्: