Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

युक्रेन-रुस तनाव : युक्रेनमाथिको आक्रमण के नयाँ शीतयुद्धको सुरुवात हो ?

रुसको चीनसँग छुट्टै गठबन्धन, आलोचनाबीच एक अर्कालाई गर्दै आइरहेका छन् सहयोग

खबरडबली संवाददाता

काठमाडौं । यो एउटा युगको अन्त्य भएको जस्तै हो। सन् १९५९को नोभेम्बरमा बर्लिन पर्खाल ढलेपछि हामीले सोचेका थियौँ पूर्व र पश्चिमबीचको पुरानो विभाजन अब इतिहास बन्यो। पुँजीवाद र साम्यवादबीचको वैचारिक भिन्नता समाप्त भएर हामी एउटै पक्षमा आइपुग्यौँ भन्ने भावना विकास भएको थियो।

तर कुनै समय पूर्वी जर्मनीमा केजीबी जासुस रहेका भ्लादिमिर पुटिनको लागि सोभियत सङ्घको पतन व्यक्तिगत आक्रोशको विषय बन्यो र उनमा यो रोष समयसँगै बढ्दै गयो।

कुनै समय सोभियत सङ्घको महत्त्वपूर्ण हिस्सा रहेको युक्रेन रुसी सङ्घबाट छुट्टिएर बनेको तथ्य पुटिनले विश्वास गर्दै आएका हरेक कुराको लागि एक अपमान जस्तै थियो।

नयाँ युक्रेनी राज्यलाई मान्यता दिँदै रुसले अन्तर्राष्ट्रिय सम्झौतामा हस्ताक्षर गरेको भए पनि केही फरक पर्ने वाला थिएन। तर सन् २०१४ सम्ममा राष्ट्रपति पुटिनले युक्रेनको रुसी सीमामा अवस्थित क्राइमियालाई कब्जा गर्ने बाटो पहिल्याइसकेका थिए। उनले उक्त देशमा रुसी सेनालाई घुसपैठ गराइदिए।

रुसले क्राइमियाको बाहिरी देशहरूसँगको सम्पर्क अवरुद्ध गर्‍यो र त्यहाँ बसोबास गर्ने अधिकांश रुसी मूलका मानिसहरूबीच जनमत सङ्ग्रह गराएर उक्त देशलाई रुसको अङ्ग बनायो। रुसको उक्त कदम अन्तर्राष्ट्रिय कानुन विपरीत भए पनि पश्चिमा देशहरूले रुससँग आफ्नो सम्बन्ध कायम राखिरहनेमा पुगे।

वक्तव्य वाजी र प्रतिबन्धहरू भए पनि पुटिन र उनका सहयोगीहरूलाई गम्भीर पुनर्विचार गर्न बाध्य पार्ने कुनै कदम चालिएन। पुटिनले शत्रु र देशद्रोही ठानेका व्यक्तिहरूलाई ब्रिटेन र युरोपमा विष खुवाइयो र गोली समय प्रहार भयो। पश्चिमाहरूले त्यसको प्रतिक्रिया स्वरूप नयाँ प्रतिबन्धहरू लगाए तर रुस प्रतिबन्धहरूको सामना गरेर अघि बढ्न तयार भइसकेको थियो।

चीनसँग नयाँ गठबन्धन

विगत एक दशकयता रुसले चीनसँग छुट्टै गठबन्धन बनाएको छ। त्यो पश्चीमाहरूको विरोधका लागि मात्रै होइन तर दुई देशले पश्चिममा आलोचनाबीच एक अर्कालाई सहयोग गर्दै आएका छन्।

पुटिन र सी जिन्पिङ

चिनियाँ राष्ट्रपति सी जिन्पिङ र रुसी राष्ट्रपति पुटिनले पारस्परिक सहायता समूह निर्माण गरेका छन्। अहिले चीनले युक्रेनमाथि रुसी आक्रमणको निन्दा गर्न अस्वीकार गरिरहेको छ।

चीनबाट टुक्रिएको ताइवानलाई आक्रमण नगर्ने भनेर राष्ट्रपति सी जिन्पिङले कहिल्यै बताएका छैनन्। त्यहाँका नागरिकहरू युक्रेन पछि आफ्नो देशको पनि पालो आउनेमा चिन्तित देखिएका छन्।

विगत केही वर्ष अघि भन्दा अहिलेको विश्वमा चिन्ताहरू थपिएका छन्। शीतयुद्धको समय यो भन्दा सहज थियो र नियमहरू प्रस्ट थिए।

एउटा देशले अर्कोको स्थानमा प्रवेश गर्दा विनाश हुने आकलन गरिए पनि त्यस्तो कहिल्यै भएन। धेरै पटक देशहरू युद्धको नजिक पुगे पनि संयमता अपनाए।

तर साम्यवादको समाप्तिसँगै नियमको किताब च्यातेर फालियो। अहिले विभाजनको सीमा यति अस्पष्ट छ कि रातो रेखा कहाँ छ भन्ने कसैलाई थाहा छैन।

नेटो कसरी जोडियो

अहिले प्राज्ञ र राजनीतिज्ञहरू सहितका विज्ञहरूले बर्लिन पर्खाल ढलेपछि नेटोले आफ्नो शैली बदल्नुपर्थ्यो भनिरहेका छन्।

नेटोले रुसलाई अपमानित हुनेगरी पूर्वी युरोप स्थित रुसका स्याटलाइट राज्यहरूमा नियन्त्रण लिने काम गर्नु नहुने र पुटिनको रुसलाई भिडन्तको लागि तयार गर्नु नहुने उनीहरूको मत छ।

मुख्यतः युक्रेन कुनै दिन नेटोको सदस्य बन्न सक्छ भन्ने कुराले रुस चिढियो। जसका कारण राष्ट्रपति पुटिन युक्रेन मामिला एउटै कदमबाट हल गर्नुपर्ने निष्कर्षमा पुगे।

यो पुटिनको नीति हो र यसमा उनी मात्रै संलग्न छन्। किनभने धेरै रुसी अधिकारी र राजनीतिज्ञहरूले युक्रेनमाथि आक्रमणको विपक्षमा खुला अभिव्यक्ति दिएका थिए। तर पुटिन आफ्नो निर्णयमा दृढ रहे।

अब यो मामिलामा रुस माथि पर्न उसले विजय हात पार्नुपर्ने बाध्यता छ। तर यस्ता सैन्य कारवाहीहरू विगतमा असफल पनि भएका छन्।

आठ वर्षअघि क्राइमियामा पुटिन सफल भएपछि देशभित्र उनको स्थिति बलियो भयो। यो पटक उनी सफल पनि हुनसक्छन्। रुसी सेनाले युक्रेनी सेनालाई हराउन सक्छन्, ठूलो भूभाग कब्जा गरेपछि आफ्नो देश फर्केर विजय उत्सव मनाउन सक्छन्।

यदि पुटिन असफल भए..

उनी असफल हुने सम्भावना पनि छ। यदि रुसी फौजले युक्रेनमा ठूलो मात्रामा ज्यान गुमाउन थाले र रुसमाथि लगाइएको प्रतिबन्धको प्रभाव देखिन थाल्यो भने पुटिनको आफ्नै शक्ति पनि धरापमा पर्न सक्छ।

त्यसपछि उनले के गर्छन्? भन्ने प्रश्नको एउटै जवाफ छ, उनले आन्तरिक आलोचना दबाउन राष्ट्रिय सुरक्षाको नाममा यसअघि चालेका भन्दा कठोर कदम चाल्न सक्छन्। विगतको तुलनामा रुसी समाज आश्चर्यजनक रूपमा खुला हुँदै गएको छ।

त्यो अवस्थामा खुलापन पनि समाप्त हुनेछ। रुसी अर्थतन्त्र धराशायी हुनेछ र चिनियाँ सहयोग पर्याप्त हुनेछैन।

त्यस अवस्थामा ३० वर्षअघि सोभियत सङ्घको विघटनका कारण आक्रोशित भएर युक्रेनमाथि आक्रमणमा अघि सरेका भ्लादिमिर पुटिनले रुसलाई पुन सोभियत सङ्घकै अवस्थामा पुर्‍याउन सक्छन्।

अनि आफूहरूले सम्बन्ध कायम राख्न सक्ने अर्को एउटा मुलुकका रूपमा मात्रै लामो समयदेखि रुसलाई हेरिरहेका पश्चिमा देशहरूले दण्डसहित पुराना दिनहरू फर्किएको ठान्न सक्छन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस-एमाले गठबन्धन ब्यूँताउने गृहकार्य, राष्ट्रियसभा चुनावमा मिलेर जाने तयारी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि कमजोर बनेको नेपाली कांग्रेससँगको सम्बन्ध पुनः जोगाउने प्रयास थालेका छन्। आन्दोलनपछि...

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार  सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा थोकबजारको अभावलाई यसले परिपूर...

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ...

निर्वाचनमा होमियो प्रलोपा, तीन समिति गठन

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले निर्वाचन परिचालन समिति गठन गरेको छ ।  तीनकुनेस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको अध्यक्ष...

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ ।  भौतिक पूर्...

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि रिलायन्सको साधारण शेयर

काठमाडौँ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हज...

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौँ । सार्वजनिक संस्थानमा गरिएको करिब रु ४७ अर्ब सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनु...

एमालेले महाधिवेशन प्रतिनिधिलाई नेता कार्यकर्ताको घर र कोठामा राख्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि बसोबासको व्यवस्थापन मिलाएको छ। यसपट...

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending