काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि कमजोर बनेको नेपाली कांग्रेससँगको सम्बन्ध पुनः जोगाउने प्रयास थालेका छन्। आन्दोलनपछिको पहिलो भेटमा ओली शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवालाई उनी बसोबास गर्ने महाराजगञ्जस्थित निवासमै गएर भेटेका हुन्।
निकटस्थ नेताहरूका अनुसार ओलीले देउवालाई आगामी राजनीतिक सहकार्यका सम्भावनाबारे कुरा गर्दै राष्ट्रिय सभा चुनाव पनि मिलेर लड्ने प्रस्ताव गरेका थिए।
ओली–देउवा दम्पतीबीच भएको कुराकानीबारे आधिकारिक रूपमा केही खुलाइएको छैन। तर उक्त भेटपछि कांग्रेसले आइतबार प्रतिनिधि सभा पुनःस्थापनाको मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेको छ। एमालेले यसअघि नै मंसिर ९ गते सोही विषयमा रिट दिएको थियो।
विघटित संसदमा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार रिट दायर गर्ने कदम देउवा–ओली भेटकै समझदारीअनुसार भएको हो। एमालेका मुख्य सचेतक महेश बर्ताैलाले पनि भेटमा संसद पुनःस्थापनाका लागि सँगै अघि बढ्ने विषयमा छलफल भएको पुष्टि गरे।
जेनजी आन्दोलनपछि भदौ २४ गते कांग्रेस–एमाले गठबन्धनबाट बनेको ओली नेतृत्वको सरकार ढलेको थियो। त्यसपछि भदौ २७ गते नयाँ सरकारले प्रतिनिधि सभा विघटनको सिफारिस गरेको थियो।
देउवासँगको भेटमा ओलीको मुख्य एजेन्डा आगामी राष्ट्रिय सभा निर्वाचनमा सहकार्य सम्भव छ कि भन्ने थियो। फागुन २० मा पदावधि सकिन लागेका १९ मध्ये सबैभन्दा धेरै ८ जना सदस्य एमालेका छन्।
बाँकी सदस्यहरू माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी तथा राष्ट्रपतिबाट मनोनीत सदस्य हुन्। निर्वाचन माघ ११ गते तोकिएको छ।
जेनजी आन्दोलनपछि अस्तव्यस्त बनेको पुरानो गठबन्धन पुनः सक्रिय पारेर राष्ट्रिय सभामा आफ्नो प्रभाव कायम गर्ने ओलीको योजना रहेको एमाले निकट स्रोतहरूले बताएका छन्। तर देउवाले भने तत्काल कुनै प्रतिक्रिया नदिएको र पार्टीभित्र छलफल बिना यसबारे निर्णय नहुने बताएका छन्।
कांग्रेसका प्रमुख सचेतक घिमिरेले संसद पुनःस्थापनाको रिट दायर गर्ने प्रश्नमा एमालेसँग समन्वय भए पनि गठबन्धन निरन्तरता दिने कि नदिने भन्ने विषय खुलेर नटुंगिएको बताए। उनका अनुसार चुनाव अझै टाढा भएकाले दुबै पार्टी भित्र–बाहिर छलफल भइरहे पनि औपचारिक निर्णय छैन।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार राष्ट्रिय सभा चुनावमा सहकार्यका विकल्पबारे छलफल हुनुपर्ने बाध्यता छ, तर एमालेसँग मिल्ने/नमिल्ने बारे पार्टीले कुनै निष्कर्ष निकालेको छैन।
एमालेका एक पदाधिकारीले देउवासँग सामान्य राजनीतिक संवाद मात्र भएको र गठबन्धनबारे औपचारिक कुरा नै नचलेको स्पष्ट पारे। पार्टीको महाधिवेशन (मंसिर २७–२९) सकिएपछि मात्र कांग्रेससँग चुनावी सहकार्य गर्ने कि एकल रूपमा जाने भन्ने विषयमा निर्णय हुने उनले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २१ गते, २०८२ - ०९:०६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ क्षेत्र नं ५ स्थित धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान गरेकी छिन्। मतदानपश्चात् सञ्चा...
फाल्गुन २१ गते, २०८२ - ०८:५५
झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन्। पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ अन्तर्गत मेचीनगर ९ कविशि...
फाल्गुन २१ गते, २०८२ - ०८:५१
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान गरेको छ । साथै मुलुकका पहाडी तथा हिमाली भागका केह...
फाल्गुन २१ गते, २०८२ - ०८:४८
चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि देश समृद्धिको मार्गमा अग्रसर हुने विश...
फाल्गुन २१ गते, २०८२ - ०८:४५
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले अनिवार्य रूपमा आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताहरुलाई आग्रह गरेकी छन् । उनले आज सामाजिक सञ्जालमार्फत आ...
फाल्गुन २१ गते, २०८२ - ०७:५९
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट मतदान गरेका छन्। चितवन क्षेत्र नम्बर ३ अन्तर्गत भरतपुर–१४ स्थित नेप...
फाल्गुन २१ गते, २०८२ - ०७:५३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मतदान गरेका छन् । उनले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौर...
फाल्गुन २१ गते, २०८२ - ०७:५०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मतदान गरेका छन् । सिनामंगलस्थित अन्नपूर्ण इङ्लिस स्कुलमा रहेको मतदान केन्द्रबा...
फाल्गुन २१ गते, २०८२ - ०७:३९
मनाङ । यहाँ मतदातासँगै पर्यटकको आगमन पनि बढ्दै गएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा आज मतदानका लागि आएका मतदातासँगै पर्यटकको चहलपहल बढ्न थालेको हो ।...
फाल्गुन २१ गते, २०८२ - ०७:२८
काठमाडौँ । निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान केन्द्र प्रवेश गर्न सकिने आयोगले स्पष्ट...



प्रतिकृया लेख्नुहोस्: