Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

कांग्रेस-एमाले गठबन्धन ब्यूँताउने गृहकार्य, राष्ट्रियसभा चुनावमा मिलेर जाने तयारी

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि कमजोर बनेको नेपाली कांग्रेससँगको सम्बन्ध पुनः जोगाउने प्रयास थालेका छन्। आन्दोलनपछिको पहिलो भेटमा ओली शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवालाई उनी बसोबास गर्ने महाराजगञ्जस्थित निवासमै गएर भेटेका हुन्। 

निकटस्थ नेताहरूका अनुसार ओलीले देउवालाई आगामी राजनीतिक सहकार्यका सम्भावनाबारे कुरा गर्दै राष्ट्रिय सभा चुनाव पनि मिलेर लड्ने प्रस्ताव गरेका थिए।

ओली–देउवा दम्पतीबीच भएको कुराकानीबारे आधिकारिक रूपमा केही खुलाइएको छैन। तर उक्त भेटपछि कांग्रेसले आइतबार प्रतिनिधि सभा पुनःस्थापनाको मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेको छ। एमालेले यसअघि नै मंसिर ९ गते सोही विषयमा रिट दिएको थियो।

विघटित संसदमा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार रिट दायर गर्ने कदम देउवा–ओली भेटकै समझदारीअनुसार भएको हो। एमालेका मुख्य सचेतक महेश बर्ताैलाले पनि भेटमा संसद पुनःस्थापनाका लागि सँगै अघि बढ्ने विषयमा छलफल भएको पुष्टि गरे।

जेनजी आन्दोलनपछि भदौ २४ गते कांग्रेस–एमाले गठबन्धनबाट बनेको ओली नेतृत्वको सरकार ढलेको थियो। त्यसपछि भदौ २७ गते नयाँ सरकारले प्रतिनिधि सभा विघटनको सिफारिस गरेको थियो।

देउवासँगको भेटमा ओलीको मुख्य एजेन्डा आगामी राष्ट्रिय सभा निर्वाचनमा सहकार्य सम्भव छ कि भन्ने थियो। फागुन २० मा पदावधि सकिन लागेका १९ मध्ये सबैभन्दा धेरै ८ जना सदस्य एमालेका छन्। 

बाँकी सदस्यहरू माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी तथा राष्ट्रपतिबाट मनोनीत सदस्य हुन्। निर्वाचन माघ ११ गते तोकिएको छ।

जेनजी आन्दोलनपछि अस्तव्यस्त बनेको पुरानो गठबन्धन पुनः सक्रिय पारेर राष्ट्रिय सभामा आफ्नो प्रभाव कायम गर्ने ओलीको योजना रहेको एमाले निकट स्रोतहरूले बताएका छन्। तर देउवाले भने तत्काल कुनै प्रतिक्रिया नदिएको र पार्टीभित्र छलफल बिना यसबारे निर्णय नहुने बताएका छन्।

कांग्रेसका प्रमुख सचेतक घिमिरेले संसद पुनःस्थापनाको रिट दायर गर्ने प्रश्नमा एमालेसँग समन्वय भए पनि गठबन्धन निरन्तरता दिने कि नदिने भन्ने विषय खुलेर नटुंगिएको बताए। उनका अनुसार चुनाव अझै टाढा भएकाले दुबै पार्टी भित्र–बाहिर छलफल भइरहे पनि औपचारिक निर्णय छैन।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार राष्ट्रिय सभा चुनावमा सहकार्यका विकल्पबारे छलफल हुनुपर्ने बाध्यता छ, तर एमालेसँग मिल्ने/नमिल्ने बारे पार्टीले कुनै निष्कर्ष निकालेको छैन।

एमालेका एक पदाधिकारीले देउवासँग सामान्य राजनीतिक संवाद मात्र भएको र गठबन्धनबारे औपचारिक कुरा नै नचलेको स्पष्ट पारे। पार्टीको महाधिवेशन (मंसिर २७–२९) सकिएपछि मात्र कांग्रेससँग चुनावी सहकार्य गर्ने कि एकल रूपमा जाने भन्ने विषयमा निर्णय हुने उनले बताए।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस-एमाले गठबन्धन ब्यूँताउने गृहकार्य, राष्ट्रियसभा चुनावमा मिलेर जाने तयारी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि कमजोर बनेको नेपाली कांग्रेससँगको सम्बन्ध पुनः जोगाउने प्रयास थालेका छन्। आन्दोलनपछि...

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार  सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा थोकबजारको अभावलाई यसले परिपूर...

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ...

निर्वाचनमा होमियो प्रलोपा, तीन समिति गठन

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले निर्वाचन परिचालन समिति गठन गरेको छ ।  तीनकुनेस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको अध्यक्ष...

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ ।  भौतिक पूर्...

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि रिलायन्सको साधारण शेयर

काठमाडौँ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हज...

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौँ । सार्वजनिक संस्थानमा गरिएको करिब रु ४७ अर्ब सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनु...

एमालेले महाधिवेशन प्रतिनिधिलाई नेता कार्यकर्ताको घर र कोठामा राख्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि बसोबासको व्यवस्थापन मिलाएको छ। यसपट...

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending