काठमाडाैै । युक्रेनले रुस र एउटा मुख्य युरोपेली सुरक्षा समूहका अन्य सदस्यहरूसँग ४८ घण्टाभित्र बैठक गर्न आह्वान गरेको छ।
युक्रेनी विदेशमन्त्रीले आफ्नो देशसँगको सीमामा उच्च मात्रामा सैनिकहरू तैनाथ गर्नुको कारण बताउन गरिएका औपचारिक आग्रहलाई यसअघि मस्कोले अस्वीकार गरेको बताएका छन्।
विदेशमन्त्री दिमेत्रो कुलेबाले बैठक आह्वान गर्ने कामलाई 'अर्को कदम' बताउँदै त्यसमा रुसी योजनाको 'पारदर्शिता' खोजिएको बताए।
कस्तो वार्ता?
युक्रेनले शुक्रवार भियना सम्झौतामा आधारित रहेर रुससँग उसको मनसायबारे जवाफ खोजेको बताइएको छ।
उक्त सम्झौतालाई एउटा युरोपेली अन्तरसरकारी सुरक्षा सङ्गठन ओएससीईले स्वीकारेको छ जसमा रुस समेत सदस्य छ।
युक्रेनतर्फको सीमामा एक लाखभन्दा धेरै सैनिक भेला पारे पनि मस्कोले हमलाको योजनालाई अस्वीकार गर्दै आएको छ।
तर केही पश्चिमा देशले रुसले हमलाको तयारी गरिरहेको आरोप लगाएका छन्।
अमेरिका के भन्छ?
अमेरिकाले मस्कोले 'जुनकुनै बेला' हवाई बमबारी गरेर हमला सुरु गर्न सक्ने जनाएको छ।
एक दर्जनभन्दा धेरै देशले त्यहाँबाट आफ्ना नागरिकलाई घर फर्कन आग्रह गर्नुका साथै आफ्ना दूतावासका कर्मचारीलाई फिर्ता लगेका छन्।
सीबीएस न्यूजले तीनवटा स्रोतलाई उल्लेख गर्दै अमेरिकाले किएभबाट आउँदो ४८ घण्टामा आफ्ना सबै कर्मचारीलाई फिर्ता लैजाने तयारी गरिरहेको जनाएको छ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने रुसी हमलाको योजनाबारे आफूले कुनै प्रमाण नदेखेको बताए।
समस्या सुल्झाउन 'युक्रेन उदार'
यूकेका लागि युक्रेनी राजदूतले बीबीसीसँगको कुराकानी सैन्य द्वन्द छल्नका लागि आफ्नो देशले नेटो सैन्य गठबन्धनमा सदस्य हुने महत्त्वकांक्षा त्याग्न सक्ने बताएका छन्।
भयदिम प्राइसटेकोले भने, ‘हामी यस समस्याको निकास निकाल्ने प्रयासमा उदार छौँ। गम्भीर सम्झौताहरू गर्नुपरे तापनि हामी त्यसमा अवश्य विचार गर्नेछौँ।’
उक्त विषय एउटा मुख्य रुसी मागका रूपमा छ। यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राष्ट्रपति बाइडनलाई किएभ भ्रमणको निम्तो दिएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: