Khabar Dabali २४ बैशाख २०८३ बिहीबार | 7th May, 2026 Thu

गृहमन्त्रीको आश्वासन : पीडित नागरिकप्रतिको दायित्व निर्वाह गर्न सरकार प्रतिबद्ध छ

गृहमन्त्रीसामु बस्ती संरक्षण समिति बनाएर राहत घोषणा गर्न माग

खबरडबली संवाददाता

सिन्धुपाल्चोक । गृहमन्त्री बालकृष्ण खाँणले प्राकृतिक विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सरकार संवेदनशील रहेको बताएका छन्। सिन्धुपाल्चोक  हेलम्बु गाउँपालिका–२ र ७ जोड्ने मेलम्ची खोलामा निर्माण गरिएको बेलीवृजको उद्घाटन गर्दै उनले प्रकृति विपद्बाट हुने क्षति न्यूनीकरण, नियन्त्रण र व्यवस्थापनका लागि कदम आवश्यक चाल्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका हुन्। 

मन्त्री खाँणले भने, ‘पीडामा परेका नागरिकको उद्धार गर्न र राहत उपलब्ध गराउन सरकार प्रतिबद्ध छ, साधनस्रोत कमी भए पनि सरकारको जवाफदेही र जिम्मेवारी बढी छ, प्रहरी प्रशासनबाट नागरिकप्रतिको दायित्व निर्वाह भरमग्दुर प्रयास हुँदै आएको छ ।’

गत असार  र साउनमा  मेलम्ची क्षेत्रमा आएको बाढीबाट क्षति भएका पुल निर्माणका लागि यथाशीघ्र विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्न सरोकारवाला निकायलाई निर्देशन दिँदै उनले नेपाली सेनाले छोटो अवधिमा निर्माण गरेको बेलीवृज यस क्षेत्रका नमूना हुने विश्वास व्यक्त गरे। 

सेनाले यसअघि राष्ट्रिय महत्वका विभिन्न खोलामा विभिन्न समयमा बेलीवृज जडान गरी जनताको सेवा र सुविधाका लागि काम गरेको बताउदैँ मन्त्री खाँणले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई नागरिकको आशा र भरोसालाई तत्कालै सम्बोधन गर्ने कार्यक्रम बनाएर काम गर्न निर्देशन दिए। 

कोरोना सङ्क्रमण जोखिम नियन्त्रणका लागि स्वास्थ्य मापदण्डलाई ख्याल गर्न स्थानीयलाई आग्रह गर्दै उनले मास्क र खोपको प्रयोगले सङ्क्रमणबाट हुने जोखिमलाई न्यूनीकरण गर्ने भएकाले त्यसमा ध्यान दिन सुझाव दिए।  

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले मेलम्ची क्षेत्रका जोखिममा रहेका बस्ती संरक्षणका लागि समिति गठन गर्न, ट्राउड फर्म र घर खेत बगाएका नागरिकलाई राहत घोषणा गर्न माग गरे। 

उनले मेलम्ची क्षेत्रका बगाएका स्थानमा पुल निर्माणका लागि तत्काल डिपीआर बनाएर काम सुरु गर्न बजेट निकासा होस् भन्दै भत्किएक सडक निर्माण र कालोपत्रका गृहमन्त्रीसँग अनुरोध गरे। नेपाली सेना विपद् व्यवस्थापन निर्देशक यामप्रसाद ढकालले सरकारले दिएको जिम्मेवारीलाई अहोरात्र खटेर समयमै काम फत्ते गरेको बताए।

उनले भने, ‘जोखिममा परेका बस्ती संरक्षणका लागि मेलम्चीलाई साविकै धारमा फर्काएर दुवैतर्फ तटबन्ध निर्माण गर्न आवश्यक छ, पुल निर्माणले हेलम्बुलगायत आसपासका गाउँपालिकाका नागरिकलाई बन्द व्यापार सञ्चालन र आवतजावतमा ठूलो सहयोग पुग्नेछ ।’

गत साउन १६ र १७ गते आएको भीषणवाढीबाट स्थानीय चनौटे बजारस्थित मेलम्चीका रातो पुल बगाएपछि त्यस क्षेत्रका जनतालाई आवतजावत गर्न कठिनाइ हुँदै आएको थियो । छोटो समयमै पुल निर्माण गरेकोमा सेनाको कामको प्रशंसा गर्दै  स्थानीयले पुल निर्माणले आवतजावत गर्न निकै सुविधा पुगेको भनी हर्ष प्रकट गरे ।

सेनाले तनहुँमा रहेको बेलीवृज ल्याएर काम थालेको दुई महिनामै जडान कार्य पूरा गरेको हो । सेनाले ४८.७७ मिटर लम्बाइ तथा ४.२० चौडाइका उक्त पुल रु एक करोड १५ लाखको लागतमा निर्माण सम्पन्न गरेको सहायकरथी ढकालले जानकारी दिए। मेलम्ची खोलामा आएको बाढीले त्यस क्षेत्रका पाँच पक्की पुल र ३०० भन्दा बढी घरमा पूर्ण तथा आंशिक क्षति पु¥याएको थियो । बढीले त्यस क्षेत्रका उब्जाउ हुने हजारौँ रोपनी खेत बगाएर नागरिकलाई बिचल्लीमा पारेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending