Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

के नाकबाट पानी बग्नु, खोकी लाग्नु ओमिक्रोनका लक्षण हुन ?

खबरडबली संवाददाता

कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोन विश्वभरि द्रुत गतिमा फैलिरहेको छ। मानिसहरू कस्ता लक्षणलाई लिएर सावधान हुनुपर्छ?

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले अझै पनि मानिसहरूले कोभिडका आधारभूत लक्षणहरूबारे ध्यान दिनुपर्ने बताएको छ।

निरन्तरको खोकी
ज्वरो/उच्च तापक्रम
स्वाद वा गन्ध परिवर्तन हुने वा हराउने
तर अनुसन्धानकर्ताहरू कतिपय व्यक्तिले ‘एकदम नराम्रो चिसो लागेको जस्तो महसुस गर्नसक्ने’ बताउँछन्।

यूकेको तथ्याङ्कअनुसार अहिलेसम्म ओमिक्रोन भेरिअन्टका प्रमुख पाँच लक्षण यस्ता छन्:

नाकबाट पानी बग्ने
टाउको दुख्ने
शरीर गल्ने (मध्यम वा गम्भीर स्तरको)
हाच्छिउँ
घाँटी दुख्ने
यदि तपाईँलाई कोभिड भए जस्तो लाग्यो भने परीक्षण गराउनु महत्त्वपूर्ण छ। गम्भीर बिरामी भएका व्यक्तिहरूले अरूलाई पनि जोखिममा पार्न सक्छन्।

के ज्वरो देखापर्नु भनेको कोरोनाभाइरस हो?
उच्च तापक्रम भनेको ३७ दशमलव ८ डिग्री सेल्सियस वा त्यो भन्दा माथि हो। यस्तो ज्वरो कोरोनाभाइरस मात्र नभई शरीरले कुनै पनि सङ्क्रमणसँग जुझिरहँदा पनि आउनसक्छ।

थर्मामिटर प्रयोग गर्नु एकदमै उपयुक्त हो। तर यदि तपाईँसँग छैन भने आफूले वा तपाईँ चिन्तित भएको व्यक्तिले छाती वा पछाडि छुँदा तातो महसुस गर्छन् कि गर्दैनन् भनेर जाँच्नुहोस्।

चिसो लाग्दा ज्वरो आउने सम्भावना कम हुन्छ।

खोकी लक्षण हो?
यदि तपाईँलाई चिसो लागेको छ वा फ्लु भएको छ भने तपाईँलाई खोकी लाग्ने र अरू लक्षण देखा पर्न सक्छ।

फ्लु अकस्मात् देखापर्छ र यसबाट ग्रस्त हुने व्यक्तिहरूको जीउ दुख्ने, टाउको दुख्ने, शरीर गल्ने र नाकबाट पानी बग्ने अनि खोकी आउने सहितका लक्षण देखिन्छ। एकदमै चिसो लागेको भन्दा खराब महसुस हुन्छ।

चिसो बिस्तारै विकास हुँदै जान्छ र यो कम घातक हुन्छ। तर पनि यसले तपाईँलाई असहज बनाउन सक्छ।

खोकीसहित रुघा लाग्ने र घाँटी दुख्ने अनि नाक बग्ने लक्षण देखिन सक्छ। ज्वरो, काम छुट्ने, शरीर दुख्ने र टाउको दुख्ने दुर्लभ हुन्।

कोरोनाभाइरसको खोकी भने अरू बेलाको भन्दा लगातार खोकी हो।

यदि तपाईँलाई पुरानो स्वास्थ्य अवस्थाका कारण खोकी लाग्छ भने त्यो अरू बेला भन्दा खराब हुनसक्छ।

तपाईँले नयाँ र निरन्तरको कफ अनुभव गर्नुभयो भने कोरोनाभाइरसको परीक्षण गर्नुपर्छ।

स्वाद वा गन्ध परिवर्तन वा गुमाउनु भनेको के हो?
यो कोरोनाभाइरसको मुख्य लक्षण हुन र यस्तो अवस्थामा परीक्षण गराउनुपर्छ।

साधारण चिसोले पनि यस्तो हुनसक्छ। तर असहज महसुस नभए पनि तपाईँले अरूमा भाइरस नसरोस् भन्नका लागि परीक्षण भने गराउनुपर्छ।

के हाच्छिउँ आउनु कोरोनाभाइरसको लक्षण हो?
हाच्छिउँ कोरोनाभाइरसको आधारभूत लक्षण होइन। खोक्दा निस्कने कणहरूले सङ्क्रमणहरू फैलाउन सक्छन् त्यही भएर टिस्युको प्रयोग गरी तिनलाई समात्नुपर्छ र फोहोर फाल्ने भाँडामा फाल्नुपर्छ। त्यसपछि हात धुनुपर्छ।

राम्रोसँग हात धुनुपर्छ
सामाजिक दूरी कायम गर्न सम्भव नभएको अवस्थामा अनुहार ढाक्ने मास्कको प्रयोग गर्नुपर्छ
आफ्नो घरभन्दा परका व्यक्तिबाट दूरी कायम गर्ने प्रयास गर्नुहोस्
नाक बग्ने वा बन्द हुने वा टाउको दुख्ने चाहिँ के हो?
स्वास्थ्य अधिकारीहरूले नाकबाट पानी बग्नु वा टाउको दुख्नु कोभिडको लक्षण नै हो भन्न नसकिने बताउँदै आएका छन्।

तर अनुसन्धानहरूले कोभिड देखा परेका कतिपय व्यक्तिमा यी लक्षण भएको बताएका छन्।

अमेरिकी निर्देशिकाले कोरोनाभाइरस भएका मानिसमा यस्तो लक्षण देखिनसक्ने उल्लेख गरेको छ।

ज्वरो आउने वा जीउ काम्ने
खोकी
सास फेर्न अप्ठेरो वा गाह्रो हुने
गल्ने
छाला वा शरीर दुख्ने
टाउको दुख्ने
स्वाद वा गन्ध जाने
घाँटी दुख्ने
नाक बग्ने वा बन्द हुने
बान्ता आउने वा वाकवाक लाग्न सक्ने
पखाला
अस्वस्थ भए के गर्ने
कोरोनाभाइरस भएका मानिसहरूमा मध्यमदेखि गम्भीर प्रकारका लक्षणहरू देखा पर्छन्। कतिपयमा केही पनि लक्षण नदेखिए पनि सङ्क्रमण भएको हुनसक्छ।

कोरोनाभाइरस लागेका व्यक्तिमा दुई हप्तासम्म लक्षण देखा पर्न सक्छ। तर साधरणतया पाँच दिनभित्र लक्षण देखिन्छ। सास फेर्न अप्ठेरो हुनु गम्भीर खालको कोरोनाभाइरस सङ्क्रमण भएको लक्षण हो।

यदि तपाईँलाई सास फेर्न गाह्रो भयो भने आफ्नो डाक्टरसँग फोन वा अनलाइनमार्फत सम्पर्क गर्नुहोस्।

यदि आकस्मिक रूपमा तपाईँलाई सास फेर्न गाह्रो भयो भने एम्बुलेन्स बोलाउनुहोस्।

बिबिसीनेपालीडटकमबाट साभार गरिएको

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस्ता २६ निर्णय गर्दै माओवादी स्थायी समिति बैठक सम्पन्न

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विभिन्न २६ निर्णय गर्दै सम्पन्न भएको छ ।  बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले तराई ...

गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?

काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...

तीन प्रदेशमा आज मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान

हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...

इजरायलमा ड्रोन आक्रमण : ४ को मृत्यु, ६० भन्दा सैनिक घाइते

अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...

दशैंको टिका जमरा लाउने र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...

कर्णालीको स्याउले दसैंमा पायो बजार, भारत पनि निकासी

सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...

यात्रा गर्दै हुनुहुन्छ ? नजानुस् कुलेखानी–फाखेलको बाटो

मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...

अरनिको राजमार्ग एकतर्फी संचालनमा आयो

काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ ।  काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...

मौसम पुर्वानुमान : आज केहि प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...

आज टिकाको दोस्रो दिन, मान्यजनको हातबाट टिका र आर्शिवाद लिने क्रम जारी

काठमाडौं । बडादसैँ  टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending