जनकपुर । मधेश प्रदेश सरकारले आज विशेष कार्यक्रम गरी मधेश बलिदानी दिवस मनाउन लागेको छ ।
मधेश आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतोको मृत्यु भएको आजको दिनलाई मधेश बलिदानी दिवसको रुपमा प्रदेश सरकारले मनाउँदै आएको हो ।
मधेस प्रदेश सरकारले यसवर्ष बलिदानी दिवसको अवसर पारेर सप्तरी सदरमुकाम राजविराजमा विशेष कार्यक्रम गर्न लागेको छ । मुख्यमन्त्री लालबाबु राउतलगायत प्रदेश सरकार मन्त्री, प्रदेशसभा सदस्य र विभिन्न राजनीतिक दलका शीर्ष नेताको विशेष उपस्थितिमा दिउँसो आयोजना हुने कार्यक्रममा मधेश आन्दोलनका क्रममा शहीद भएकाको परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने कार्यक्रम छ ।
यस्तै मधेश आन्दोलनका क्रममा घाइते र आपाङ्गता भएकालाई समेत आर्थिक सहायता प्रदान गर्ने कार्यक्रम रहेको प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्रप्रसाद साहले बताउनुभयो । सो कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेतालेसमेत सम्बोधन गर्ने कार्यक्रम छ ।
मधेश बलिदानी दिवसको अवसरमा मधेश प्रदेश सरकारले आज पनि सार्वजनिक बिदा दिएको छ । प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम कायम गरेको खुसीयालीमा हिजो मङ्गलबार पनि सार्वजनिक बिदा दिएको प्रदेश सरकारले आज बुधबार पनि मधेश बलिदानी दिवसको अवसरमा सार्वजनिक बिदा दिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १ गते, २०७९ - २१:२०
सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका असिम राई निर्वाचित भएका छ्न् । राईले ४०४९ मत प्राप्त गरेका छ्न् भने उनका ...
जेष्ठ १ गते, २०७९ - २१:१३
काठमाडौं । काठमाडौं महानगरको मतगणना सोमबार बिहानबाट सात ठाउँबाट हुने भएको छ । काठमाडौ महानगरको मतगणना जटिल रहेको भन्दै प्रकृया र प्रकृतिअनुसार मत गणना...
जेष्ठ १ गते, २०७९ - २१:१२
हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको मतगणनाको अपराह्न ५ बजेसम्मको परिमाणअनुसार प्रमुख पदमा गठबन्धनका नेकपा (एकीकृत समाजवादी) की मीना लामाले दुई हजार ३९१...
जेष्ठ १ गते, २०७९ - २०:१९
उदयपुर । उदयपुरका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश दीपक खनालले जिल्लामा निर्वाचनको मत गणना सम्पन्न नहुँदै मुख्य निर्वाचन अधिकृतको कार्यभारबा...
जेष्ठ १ गते, २०७९ - २०:१३
चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३ मतले अग्रता बनाएका छन् । पछिल्लो मत परिणाम अनुसार सुवेदीले २ हजार ४६८...
जेष्ठ १ गते, २०७९ - २०:०८
काठमाडौं । गत वैशाख ३० गते स्थगन भएकामध्ये पाँच स्थानीय तहका विभिन्न सातवटा मतदान केन्द्रमा आइतबार शान्तिपूर्ण रूपमा मतदान भएको छ । गत वैशाख ३० गते स्...
जेष्ठ १ गते, २०७९ - १९:४४
पोखरा । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् । पोखरा महान...
जेष्ठ १ गते, २०७९ - १८:३२
विराटनगर । स्थानीय तह निर्वाचनअन्तर्गत विराटनगर महानगरपालिकाको छ वटा वडाको सात हजार २६८ मतगणना गर्दा गठबन्धन दल नेपाली कांग्रेसले महानगर प्रमुख पदमा ...
जेष्ठ १ गते, २०७९ - १८:२५
वीरगञ्ज । मधेश प्रदेशको एक मात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले दुई...
जेष्ठ १ गते, २०७९ - १८:१६
चितवन । भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको छ। आइतबार साँझ ६ बजेको मतगणनाअनुसार ६ हजार १७७ मत गन्दा मेयरका उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहाल...
प्रतिकृया लेख्नुहोस्: