काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश, संविधान र शान्ति प्रक्रियामाथि खतरा उत्पन्न भए त्यसको सामना गर्न कांग्रेस र एमालेसँग समेत संवाद गर्न तयार रहेको बताएका छन्।
पेरिसडाँडास्थित पार्टी कार्यालयमा वाम बुद्धिजीवीहरूसँग भएको छलफलमा उनले राष्ट्रिय मुद्दामा सहकार्यको आवश्यकता औंल्याउँदै विगतका सहयात्री शक्तिहरूसँग संवाद अस्वाभाविक नहुने धारणा राखे।
उनका अनुसार संविधानसभा, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक व्यवस्थाको पक्षमा आफूहरूको पार्टी निरन्तर उभिँदै आएको छ। “देश, संविधान र शान्ति प्रक्रियालाई कमजोर बनाउने शक्तिहरूविरुद्ध आवश्यक परे कांग्रेस र एमालेसँग पनि संवाद गर्नुपर्छ,” उनले भने, “ती हिजोका हाम्रो सहकार्यका साथी हुन्।”
प्रचण्डले राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता र मुलुकलाई संकटबाट जोगाउन व्यापक एकता अपरिहार्य रहेको बताए।
उनले नेकपामा हाल विभिन्न समूहहरूको एकता भएको उल्लेख गर्दै यसलाई ऐतिहासिक प्रक्रिया भएको दाबी गरे। “यति धेरै समूह एकैपटक एक ठाउँमा उभिनु दुर्लभ घटना हो,” उनले भने, “जनताले अनुभवी र स्वच्छ छवि भएका नेतृत्वलाई नै रोज्ने विश्वास लिएको देखिन्छ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १३ गते, २०८२ - २०:३२
ललितपुर । ललितपुर–१ आगामी निर्वाचनमा राजनीतिक मोडमा पुगेको छ। यहाँको चुनाव केवल उम्मेदवारहरूको मात्र होइन, प्रतीक, सन्देश र परम्पराको पनि हो। यस पटकको...
फाल्गुन १३ गते, २०८२ - २०:१५
झापा । झापा निर्वाचन क्षेत्र नं. २ यसपटक पनि राजनीतिक रूपमा चर्चामा छ। यहाँ विभिन्न राजनीतिक दलका १८ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। नेप...
फाल्गुन १३ गते, २०८२ - १९:५७
जनकपुर । २१ फागुनमा हुने निर्वाचन अगावै सीमा नाका सिल भए पनि मिथिला माध्यमिकी परिक्रमा सहभागीलाई आवतजावतमा अवरोध नहुने भएकाे छ । निर्वाचनलाई लक्षि...
फाल्गुन १३ गते, २०८२ - १९:५६
रुपन्देही । प्रहरीले बुटवलबाट साढे २७ लाख रुपैयाँ भन्दा बढीको बिलबिजक बिनाका सामान बरामद गरेको छ । मङ्गलबार बुटवल उपमहानगरपालिका–८ सुख्खानगर, मैत्र...
फाल्गुन १३ गते, २०८२ - १९:४४
दार्चुला । निर्वाचनको मिति नजिकिएको बेला दार्चुलामा आचारसंहिता उल्लङ्घनका उजुरी परेका छन्। हालैमात्र निर्वाचन आचारसंहिता उल्लङ्घनका छ वटा घट्नाबारे उज...
फाल्गुन १३ गते, २०८२ - १९:४१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश, संविधान र शान्ति प्रक्रियामाथि खतरा उत्पन्न भए त्यसको सामना गर्न कांग्रे...
फाल्गुन १३ गते, २०८२ - १९:२५
काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित एक जना स्वीडिस नागरिकलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । पक्राउ पर...
फाल्गुन १३ गते, २०८२ - १९:१७
काठमाडाैँ। जापान सरकारले जनवरीदेखि तेहरानमा हिरासतमा रहेका एक जापानी नागरिकलाई तत्काल रिहा गर्न इरानी अधिकारीहरूसँग आग्रह गरेको छ । जापानको उप प्रम...
फाल्गुन १३ गते, २०८२ - १९:१३
काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन बहिष्कार गरेको आरोपमा प्रहरीले देशभरबाट ४२ जनालाई पक्राउ गरेको छ । तीमध्ये हाल १४ जना मात्र हिरासतमा ...
फाल्गुन १३ गते, २०८२ - १९:०८
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले स्वच्छ निष्पक्ष चुनाव भए नेकपाको नतिजा राम्रो आउने बताएका छन् । बुधबार पेरिसडाँ...



प्रतिकृया लेख्नुहोस्: