काठमाडौं । चन्द्रागिरिमा चुच्चो हतियार प्रयोग एक जनाको हत्या गरेको आरोपमा नेपाल प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधाराका २५ वर्षीय रोशन रिजालको हत्यामा संलग्न रहेको भन्दै मकवानपुर थाहा नगरपालिका–१० का २१ वर्षीय अभिषेक बस्नेत र १९ वर्षीय अनुज बस्नेतलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले फलामको दाउ र कैँचीको प्रयोग गरेर रिजालको हत्या गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिए। हत्या गरेलगत्तै फरार रहेका अनुजलाई चन्द्रागिरिबाट र अभिषेकलाई धादिङ प्रहरीको सहयोगमा धादिङको नीलकण्ठ नगरपालिकाबाट पक्राउ गरिएको हो ।
घटनापछि गम्भीर घाइते भएका रिजालको सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनामा चन्द्रागिरि नगरपालिका–१ दहचोक बस्ने २२ वर्षीय नीरज मगर घाइते भएका छन् । उनको सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको प्रवक्ता मैनालीले बताए।
घटनालगत्तै महानगरीय प्रहरी प्रभाग बलम्बु, महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी परिसर काठमाडौँको टोली अनुसन्धानमा खटिएको थियो । पक्राउ दुवै जनालाई सोमबार काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २५ गते, २०८२ - ०९:२९
काठमाडौं । मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ‘प्रदेशको अस्मिता होटलमा लगेर समाप्त पारेको’ ...
कार्तिक २५ गते, २०८२ - ०९:२१
काठमाडौं । स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले एउटा सार्वजनिक सूचनामार्फत् यसै साता आह्वान गर...
कार्तिक २५ गते, २०८२ - ०९:०७
काठमाडौ । नेपाल रेडक्रस सोसाइटीले चिनियाँ रेडक्रस सोसाइटीको आर्थिक सहयोगमा भक्तपुरमा केन्द्रीय गोदामघर निर्माण गरेको छ । करिव रु १२ करोडका लागतमा बने...
कार्तिक २५ गते, २०८२ - ०८:२५
काठमाडौं । नेकपा एमालेले पार्टी छोडी विभिन्न दलमा गएका पुराना नेताहरूलाई पुनः स्वागत गर्ने भएको छ। आज राष्ट्रिय सभागृहमा विशेष समारोहको आयोजना गर्...
कार्तिक २५ गते, २०८२ - ०८:१५
काठमाडौं । एमालेमा असन्तुष्ट भई मातृभूमि जागरण अभियान सञ्चालन गर्दै आएका भीम रावल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा आबद्ध हुने तयारीमा छन्। आइतबार प्...
कार्तिक २५ गते, २०८२ - ०८:०८
६०१ सदस्यीय कार्यकारी समिति बनाइने, दुई दलको भागबन्डाभित्र अन्य दललाई मिलाइने
कार्तिक २५ गते, २०८२ - ०७:४७
काठमाडौं । ठूलो दलको हैसियतमा मधेशको मुख्यमन्त्रीमा एमालेका सरोजकुमार यादव नियुक्त भएका छन्। मधेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमाले ...
कार्तिक २५ गते, २०८२ - ०७:३३
नेपालमा उत्पादित अलैँची भारतीय बजार हुँदै हुन्छ तेस्रो मुलुक निर्यात
कार्तिक २५ गते, २०८२ - ०७:३०
जनकपुरधाम । नेपाली कांग्रेससहित सात दलले मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि ...
कार्तिक २५ गते, २०८२ - ०७:२१
काठमाडौँ । अब्बल अभिनेताका रूपमा परिचित कामेश्वर चौरासियाले कलाकारिता सुरु गर्नुभएको झन्डै सत्र वर्षपछि मुख्य भूमिकामा देखिने भएका छन् । कलाकार बन...




प्रतिकृया लेख्नुहोस्: