Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

जनताको पार्टी भएकाले माओवादीविना देश चल्दैन : कृष्णबहादुर महरा

‘माओवादीका कारण आएको परिवर्तन कहिले पनि सिद्धिँदैनन्’

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवं पूर्वसभामुख कृष्णबहादुर महराले माओवादीविना यो देश नचल्ने दाबी गरेका छन्।

बिहीबार तुलसीपुर उपमहानगरपालिका १८ वडाको पार्टीको कार्यालय उद्घाटन कार्यक्रममा उनले भने, ‘अहिले पनि माओवादीहरूलाई सिध्याउन चाहन्छन्। ओवादीहरूलाई माथि उठ्न दिनु हुँदैन भन्ने तत्त्व सक्रिय भएर लागेका छन्। माओवादीका कारण आएको परिवर्तन कहिले पनि सिद्धिँदैनन्। त्यो कहिले पनि पछाडि फर्किदैन। माओवादी नभए यो देश चल्दैन।’

प्रधानमन्त्री शेरबहादुर देउवाले समेत माओवादीविना देशमा परिवर्तन सम्भव नभएको भनेको स्मरण गराउँदै माओवादी यो देशको महत्त्वपूर्ण शक्ति भएको समेत उल्लेख गरे। माओवादी पार्टी श्रमिक जनताको पार्टी भएकाले वर्गीय रूपमा श्रमजीवी जनताको पार्टीलाई बिर्सन नहुने बताए। 

उनले भने, ‘हामी सिद्धान्तमा हिँडेका छौँ। हामीले श्रमजीवी जनतालाई छोड्दैनौँ। काम गर्ने वर्गको मुक्तिका लागि कुरा गर्ने कम्युनिष्ट पार्टीहरू धेरै छन् तर उनीहरू भ्रम फैलाउँछन्।’

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फलेवासमा गहुँ र तोरीको बीउ उत्पादन हुँदै

पर्वत । स्याङजा बीउ स्रोत केन्द्र र राष्ट्रिय गहुँ अनुसन्धान केन्द्र भैरहवाको सहयोगमा फलेवास नगरपालिकामा तोरी र गहुँको बीउ उत्पादन प्रारम्भ भएको छ ।  ...

सर्लाहीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

बरहथवा । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुरमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । जिल्ला प्...

क्यान्सरबाट हरेक वर्ष जान्छ दश लाख मानिसको ज्यान

काठमाडौँ । आज विश्व क्यान्सर दिवस हो । यो रोगप्रति चेतना अभिवृद्धि गर्ने, यसको रोकथाम, समयमै पहिचान र उपचारमा जोड दिने उद्देश्यका साथ हरेक वर्ष फेब्रु...

नेपाली कामदारकै निम्ति ईपीएसको नियम फेर्न दक्षिण कोरियाद्वारा अस्वीकार

काठमाडौं । रोजगारीका निम्ति दक्षिण कोरिया लैजाने नेपाली कामदारकै निम्ति रोजगार अनुमति प्रणाली (ईपीएस) को विद्यमान नियममा परिवर्तन गर्न नसकिने कोरियाली...

खपत बढेपछि ग्यास आपूर्ति बढाउँदै निगम

काठमाडौं । नेपाल आयल निगमले बुधबारदेखि खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज हुने जनाएको छ । केही दिनयता काठमाडौं उपत्यकामा ग्यास अभाव देखिएको थियो । भ...

कसलाई चाहिएको छ गठबन्धन ?

काठमाडौं । सार्वजनिक मञ्च र पार्टी कार्यकर्तामाझ चुनावी गठबन्धन हुनै नसक्ने दाबी गर्दै आएका प्रमुख दलका नेताहरूबिच सुषुप्त संवाद भइरहेको छ । मनोनयनअगा...

मितेरी परम्परा जोगाउँदै धार्चे, २० जोडीले लगाए मित

गोरखा। हराउँदै गएको मितेरी साइनो लगाउने परम्परालाई जिल्लाको धार्चे गाउँपालिकाले भने आजसम्म जोगाएको छ । सोमबार सम्पन्न त्यहाँको चार दिने ‘तातोपानी मेला...

आज तराईमा कुहिरो, उच्च पहाडी भागमा हिमपात र वर्षाको सम्भावना

 काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको तथा बागमती र गण्डकी प्रदेशलगायत अन्य पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भन...

निर्वाचन: मुस्ताङमा हिमपातको डर

मुस्ताङ । आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा ३९ वटा मतदान केन्द्र कायम गरिएको छ । जिल्लाका पाँच स्थानीय तहका सबै मतदान क...

बागलुङका मतदाताको गुनासो- आश्वासन धेरै पायौँ, अब विकास चाइयो

बागलुङ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै गाउँ तथा सहरमा विस्तारै चुनावी सरगर्मी बढेको छ । उम्मेदवारले एजेण्डा, प्रतिबद...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE