Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

नेपाल रहेसम्म श्री ५ पृथ्वीनारायण अमर रहने छन्

कमल थापा

श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह आधुनिक नेपालका निर्माता हुन् । उनकै परिकल्पना, योजना र साहसको परिणामस्वरुप आज हामीले नेपाली नाम, पहिचान र स्वतन्त्र देश प्राप्त गरेका छौ । यद्यपि, पछिल्लो कालखण्डमा राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहको योगदानलाई अवमुल्यन गर्ने, अपमान गर्ने र ईतिहासको गलत व्याख्या गर्ने प्रवृत्ति देखापरेको छ । 

२०६२/६३ को जनआन्दोलन पश्चात परिवर्तनलाई संस्थागत गर्ने क्रममा परम्परादेखि नेपालको अस्तित्व र स्थायित्वको आधारस्तम्भको रुपमा रहेको हिन्दुराष्ट्र, राजसंस्था र एकात्मक राज्यव्यवस्थालाई हटाएर धर्मनिरपेक्षता, गणतन्त्र र संघियतालाई स्थापित गर्ने प्रयास भयो । मुलतः नेपालमा आफ्नो प्रभाव बिस्तार गर्न चाहने तथा नेपाललाई नवसांस्कृतिक उपनिवेश बनाउने उदेश्यबाट पश्चिमा मुलुकहरुबाट अभिप्रेरित र  प्रायोजितरुपमा आएका हुन यी मान्यताहरु । यी मान्यताहरु स्थापित गर्न र संस्थागत गर्न राज्यव्यवस्थाको महत्वपूर्ण धरोहर राजसंस्थालाई समाप्त पार्नु नितान्त आबश्यक थियो । 

राजसंस्था समाप्त पार्न राजसंस्थालाई राक्षसीकरण गर्नु, नेपालको गौरवपूर्ण ईतिहासलाई अपव्याख्या गर्नु तथा राजासंस्थाको योगदानलाई न्युनीकरण गर्नु आबश्यक ठानियो । त्यसैको फलस्वरुप राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहको योगदान र ईतिहासलाई समेत गलत ढंगबाट व्याख्या बिश्लेषण गर्ने तथा कलंकित गर्ने प्रयासहरु भए । यस कार्यमा कतिपय राजनीतिक दलहरु, नागरिक समाज, बुद्धिजिविवर्ग र आमसंचार माध्यमहरुलाई समेत प्रयोग गरियो । नेपाली जनताको मनमस्तिष्कलाई बौद्धिकरुपमा प्रदुषित गर्न योजनाबद्ध र संगठित अभियान नै चलाईयो । 

श्री ५ पृथ्वीनारायण शाहले राष्ट्रको एकिकरण गरेका होईनन् केवल निहित स्वार्थपुर्ति गर्न नरसंहार गरेर गोरखा राज्यको बिस्तार गरेका हुन्, उनको अभिायन र कार्यशैली निरंकुश र अधिनायकवादी थिए तथा बिजित राज्यका जनताको संस्कृति र सम्पतिमाथी शोषण गरे, भन्ने जस्ता तथ्यहिन र भ्रामक प्रचारहरु गरियो । प्रत्येक बर्ष पौष २७ गते पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउने परम्परा समेत २०६२/६३ को परिवर्तन लगत्तै तत्कालिन सरकारले अन्त गर्‍यो ।

सरकारीस्तरबाट उपेक्षा गरिएता पनि जनस्तरबाट भने पृथ्वी जयन्ति र राष्ट्रिय एकता दिवस मनाउने चलनमा कहिल्यै कमि आएन । बरु त्यो अझ व्यापक हुंदै गएको छ । राष्ट्रनिर्माताका वारेमा फैलाईएका भ्रमहरु समेत क्रमशः हटदै गएका छन् । 

वास्तवमा २५० बर्ष अघिको नेपालको सामाजिक, राजनीतिक र आर्थिक अवस्थालाई वर्तमान समयको मापदण्डबाट मुल्यांकन गरेर निस्कर्ष निकाल्नु सर्वथा अतिशयोक्ति ठहर्दछ । एकिकरण अभियानको क्रममा केहि ज्यादति भए होलान् वा केही कमिजोरी भए होलान् तर, जेभएता पनि श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको योगदानको परिणामस्वरुप आज हामी स्वतन्त्र राष्ट्र नेपालको नागरिक हुने गौरव प्राप्त गरेका छौ । उक्त समयमा नेपालको एकिकरण हुन नसकेको भए वर्तमान नेपालको भूभाग तत्कालिन ब्रिटिश साम्राज्यको एक अगं हुन पुग्ने थियो । 

दक्षिण एशियाली भूभागमा त्यसबेला रहेका सयौं ससाना राज्यहरुको नियति नेपालले समेत भोग्नु पर्ने हुनसक्थ्यो । भारतमा शुरुमा व्यापारको बहानामा पसेको ईस्ट ईण्डिया कम्पनीले कालान्तारमा सिंगो भारतलाई आफ्नो कब्जामा लिएर उपनिवेश बनाएको थियो । यहि नीति नेपालमा समेत अबलम्बन गर्न अंगे्रजहरुले प्रयास गरेका थिए । नेपाली जनतामा शिक्षा बिस्तार र स्वास्थ्य सेवा पु¥याउने बहानामा "केपुचिन" पादरीहरु नेपाल पसेका थिए, उनीहरु नेपाललाई कमजोर बनाएर ब्यापारिक सम्बन्ध बढाउने तथा बिस्तारै राजनीतिक कब्जा जमाउन चाहन्थे । दूरदर्शी राजा श्री ५ पृथ्वीनारायण शाहले अंग्रेजहरुको यो षडयन्त्रलाई समय मै बुझेर असफल बनाई दिएका थिए । साथै, ई.सं १७६७ मा सिंधुलीको लडाईमा अंग्रेजहरुलाई पराजित गरि नेपालको अस्तित्व जोगाएका थिए ।

त्यसबेला नेपाल एकिकृत नभएको भए तत्कालिन बाईसी चौबिसी राज्यहरुमा आफ्नो स्वतन्त्र अस्तित्व कायम राख्न सक्ने सैन्य र सामरिक शक्ति एवं क्षमता थिएन । यस्तो घाम झै टडकारो सत्यलाई उपेक्षागर्दै राष्ट्रनिर्माता प्रति नकरात्मक र अनर्गल ब्याख्या बिश्लेषण गर्नु तथा राष्ट्रनिर्मातालाई सम्मान गर्न नचाहनु सर्वथा अतिशयोक्तिपुर्ण देखिन्छ । आधुनिक नेपालको निर्माणसंगै प्रशासन व्यवस्था, न्याय व्यवस्था, अर्थनीति, परराष्ट्र व्यवस्था, सैन्य संगठन एवं राज्य व्यवस्थाको जग हाल्ने तथा पद्दति स्थापित गर्ने क्रममा पनि श्री ५ पृथ्वीनारायण शाहको महत्वपूर्ण  योगदान रहेको छ । 

आफ्नो जीवनको उत्तरार्द्ध तिर उनले दिव्यउपदेश मार्फत भावि पिंढीलाई राज्यसंचालनको निमित्त सर्वकालिक महत्व रहेको मागदर्शन दिएका छन् । दिव्यउपदेशमा उल्लेख भएका कतिपय बिचारहरु अहिले पनि सान्दर्भिक रहेको पाईन्छ । ‘यो नेपाल चार वर्ण छत्तिस जातको साझा फुलबारी हो र सबै मिलिजुली यसको रक्षा गर्नुपर्दछ’ भन्ने दिव्यउपदेशमा उल्लेखित महाबाणीको औचित्य र महत्व अद्यापि कायम नै छ । नेपाल अधिराज्य आफ्नो मात्र आर्जन होईन, यो राजाको व्यक्तिगत सम्पति पनि होईन, यो सबै नेपालीको साझा सम्पति हो भन्ने मान्यतालाई त्यसैबखत श्री ५ पृथ्वीनारायण शाहले स्थापित गरेका थिए । एकिकरण मार्फत राज्यको सिमा बिस्तार गर्नुका साथै एकिकृत र बिजित क्षेत्रका धार्मिक सांस्कृतिक सम्पदा र परम्पराको संरक्षणमा समेत उनले ध्यान दिएका थिए । 

यहि नीतिको परिणामस्वरुप नै एकिकरण अभियानमा व्यापक सहयोग र सहभागिता जुटन संभव भयो । श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको गुण र चरित्रका वारेमा बिद्वान राजनीतिज्ञ डा. डिल्लीरमण रेग्मीले सटिक ढंगबाट चित्रण गरेका छन् । डा.रेग्मीको भनाईमा “श्री ५ पृथ्वीनारायण शाहको हृदय देशभक्तिमा चुर्लुम्म डुबेको थियो । विजय उनको जीवनको ध्येय थियो, त्यस लक्ष्यको नियामक शक्ति उनको हृदयमा रहेको देशभक्ति थियो । 

देशभक्त, साहसी योद्धा, संगठनकर्ता र सेनापति  सबै गुणहरु एकसाथ उनमा बिद्यमान थिए । त्यसैले नंया अधिकार गरेको विस्तृत भूभाग एक संगठित केन्द्रिय शासनको अधिन होस् र तिनमा बसोवास गर्ने विभिन्न संप्रदाय र जातिका जनसाधारणले निर्भय भएर सुरक्षाको उपभोग गर्न पाउन् र उनीहरुको दमन नहोस् भन्ने कुरामा उनी सदा प्रयत्नशील रहन्थे“ । 

श्री ५ पृथ्वीनारायण शाहको योगादनलाई कुनै निश्चित राजनीतिक व्यवस्था वा संस्थासंग जोडेर हेर्नु अतिशयोक्तिपूर्ण हुने छ ।  तत्कालिन राजनीतिक प्रणालीलाई  वर्तमान व्यवस्थाको औचित्यताको कसिमा बिश्लेषण गर्नु पनि गलत हुनेछ । श्री ५ पृथ्वीनाराष्ण शाहप्रतिको सम्मानबाट राजसंस्थालााई समर्थन गरेको निस्कर्ष निकाल्नु वा त्यस कार्यबाट गणतन्त्र कमजोर हुन्छ भन्ने मानसिकता सर्वथा अनुपयुक्त छ । त्यो केवल हिन मनस्थितिको उपज मात्र हो । बास्तवमा राष्ट्रनिर्माताको सम्मान हामी नेपाली हुनुको गौरवको अभिव्यक्ति हो । 

नेपालमा राजसंस्था आबश्यक छ वा गण्नतन्त्र भन्ने बहस अलग राजनीतिक बिषय हो ।
श्री ५ पृथ्वीनारायण शाहले राष्ट्र एकिकरण गरेका हुन वा गोरखा राज्यको बिस्तार गरेका हुन् भन्ने विवाद पनि निरर्थक छ । जसरी व्याख्या गरेपनि परिणाम एउटै हो– नेपाल राज्यको निर्माण । उनकै योगदानको कारणबाट नेपाल दक्षीण एशियाली भूभागको सबैभन्दा जेठो राष्ट्र, सगरमाथाको देश अनि बुद्ध र सिताको जन्मभूमी भन्ने शौभाग्य हामी नेपालीले प्राप्त गरेका छौ । 

विगतमा जेजस्ता त्रुटि भएता पनि अब राष्ट्रनिर्मातालाई सम्मान गर्ने र राष्ट्रिय एकता दिवस मनाउने वारे राष्ट्रिय सहमति हुनु आबश्यक छ । राष्ट्रनिर्माताको योगदानको अवमुल्यन गर्ने पिंढीले राष्ट्र बचाउन र बनाउन सक्दैन । श्री ५ पृथ्वीनारायण शाहको नेपालीको मनमस्तिष्कमा सदैव जीवन्त रहन्छ । नेपाल रहेसम्म श्री ५ पृथ्वीनारायण अमर रहने छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending