काठमाडौं । विगत साँढेर चार दशकदेखि नेपाली सँगीत बृत्तमा सक्रिय बरिष्ट संगीतकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजीत बासकोटा जीवन योगदान संगीत सम्मान २०७८ बाट सम्मानित हुने भएको छन् ।
उनलाई अग्लेश्वरी हिल्स विकाश कोषले सोमबार काठमाडौंको सोल्टी होटरमा आयोजना गरेको जीवन नेपाल म्युजिक अवार्ड समारोहमा सो सम्मानबाट सम्मानित गरिने भएको छ ।
सोही कार्यक्रममा संगीतकार शिलाबहादुर मोक्तान, गीतकार श्रवण मुकारुङ र गायिका कुन्ति मोक्तान विशिष्ट योगदान संगीत सम्मानबाट सम्मानित हुने भएको छ । यस्तै पत्रकार तर्फबाट अग्रज पत्रकार विदूर गिरी र मनोहरि थापा पनि कार्यक्रममा सम्मानित हुने भएका छन् । सांगीतिक क्षेत्रबाट आनी छोइङ डोल्मा, मिलन मोक्तान, डा. डि आर उपाध्याय, धनकुमारी थापा (सरु), विशेष सेवा तर्फबाट नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ र लेखकबाट शँकर तिवारी पनि बरिष्ट सम्मानबाट सम्मानित हुँदैछन् ।
रामेछापको दोरम्बा, सुनापति र खाँडादेवि गाउँपालिकाको शैलुङ क्षेत्रमा रहेको अग्लेश्वरी हिल्समा विश्वकै अग्लो बुद्धको मुर्ती, महादेवको मूर्ती सहित जीप लाईन र सिसाको ह्याङगिङ ब्रिज निर्माण अभियानको लागि यो अवार्ड कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष सिजम सिंजालीले बताएका छन् ।
कार्यक्रममा २०७६ सालमा बजारमा आएका गीतहरुबीच प्रतिस्पर्धा हुनेछ । जसमा ३० विधामा जीवन नेपाल म्युजिक अवार्ड प्रदान गरिने छ । २०७७ मा आयोजन गर्नु पर्ने यो अवार्ड कोरोना महामारीका कारण २०७८ मा आयोजना गरिएको पनि सिजमले बताएका छन् । कार्यक्रम सोमबार बेलुका ५ बजेबाट सूरु हुने भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: