Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

माओवादीलाई अब कस्तो बनाउने ? प्रचण्डको प्रतिवदेनमाथि आज छलफल

२५ समूहबाट आएको निष्कर्षबाट प्रतिवेदन र विधानलाई पूर्णता दिइने

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को बन्दसत्र अन्र्तगत आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमाथि छलफल हुने भएको छ। प्रचण्डको प्रतिवेदन र स्थायी कमिटी सदस्य देव गुरुङले पेश गरेको विधान मस्यौदामाथि २५ समूहबीच आज छलफल हुने भएको हो। 

कमलादीस्थित प्रज्ञा भवनमा सोमबारबाट सुरु भएको बन्दसत्रमा अध्यक्ष प्रचण्डले ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो, ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन’ शीर्षकमा वैचारिक तथा राजनीतिक दस्तावेज प्रस्तुत गरेका थिए। 

दस्तावेजमाथि २५ समुहले आज दिनभर छलफल गरेर भोलिबाट निष्कर्ष सुनाउनको काम सुरु हुने प्रवक्ता कृष्णबहादुर महराले बताए। 

उनले भने, ‘आज दिनभर प्रतिवेदन र विधान मस्यौदामाथि छलफल हुन्छ। भोलिबाट सबै समूहबाट आएको निष्कर्ष राखेपछि प्रतिवेदन र विधानलाई पूर्णता दिइन्छ।’

बन्दसत्रमा कृष्णबहादुर महराको अध्यक्षतामा सात सदस्यीय अध्यक्षमण्डल चयन गरिएको थियो । अध्यक्षमण्डलमा गिरीराजमणि पोखरेल, गणेश साह, परशुराम तामाङ, पूर्णाकुमारी सुवेदी, परशुराम रम्तेल र रुपा महर्जन सदस्य छन्। 

समूहगत छलफलका लागि  ‘समूह १’ मा ज्येष्ठ कम्युनिष्ट मञ्च रहेको छ । सो समूहलाई प्रज्ञा भवनको सभाको मुख्य भागमा छलफलको स्थान तोकिएको छ । सो समूहको समन्वयको जिम्मेवारी एनके प्रसाईँले पाएका छन्। 

समूह २ र ३ मा पार्टीका सल्लाहकारहरू रहेका छन् । सो समूहलाई  छलफलका लागि प्रज्ञा भवनको मुख्य मञ्चको दायाँ बाँया तोकिएको छ । सो समूहको समन्वयको जिम्मेवारी नन्दकुमार थापालाई दिइएको छ । समूह ४ र ५ मा प्रदेश नं १ का प्रतिनिधि सहभागी छन् । सो समूहलाई प्रज्ञा भवन भानुभक्त हलमा छलफलको स्थान तोकिएको छ । समन्वयको जिम्मेवारी भने प्रदेश नं १ का अध्यक्ष हर्क नेम्वाङले पाएका छन्। 

समूह ६ र ७ मा  प्रदेश नं २ का प्रतिनिधिहरू सहभागी छन् । सो प्रज्ञा भवनको पारिजात हलमा छलफल गर्ने छन् । सो समूहको समन्वय गर्ने जिम्मेवारी गणेश साहले पाएका छन्। समूह ८ र ९ मा लुम्बीनी प्रदेशका प्रतिनिधिले प्रज्ञा भवनको सिद्धिचरण हलमा छलफल गर्नेछन् । सो समूहलाई संयोजन गर्ने जिम्मेवारी नेता चक्रपाणि खनालले पाएका छन्। 

समूह १० र ११ मा गण्डकी प्रदेशका प्रतिनिधि समेटिएका छन् । सो समूहको छलफल गर्ने स्थान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा रहेको छ । सो समूहको संयोजक गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले गर्ने भएकी छन्। समूह १२ प्रवास प्रदेशका प्रतिनिधि अटाएका छन् । सो समूहले पनि पार्टी कार्यालय पेरिसडाँडामा विचार विमर्श गर्नेछन् । सो समूहको समन्वय गर्ने जिम्मेवारीमा लक्ष्मण पन्त छन्। 

समूह १३ र १४ मा कर्णाली प्रदेशका प्रतिनिधि सहभागी छन् । सो समूहले एवान पार्टी प्यालेसमा छलफल गर्नेछ । संयोजनको जिम्मेवारी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले पाएकी छन्। समूह १५ र १६मा सुदुरपश्चिम प्रदेशका प्रतिनिधि समेटिएका छन् । सो समूहले पनि एवान पार्टी प्यालेसमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन र नेता गुरुङको विधान मस्यौदामाथि आफ्नो सुझाव दिनेछन् । समन्वय गर्ने जिम्मेवारी भने खगराज भट्टले पाएका छन्।

समूह १७ र १८ मा सम्पूर्ण विभागका प्रतिनिधि अटाएका छन् । सो समूहले क्वालिटी बैक्वेक, बुद्धनगरमा छलफल गर्नेछ । समन्वय गर्ने जिम्मवारी नेता मायाप्रसाद शर्मालाई तोकिएको छ । समूह १९ मा उपत्यका विशेष प्रदेशका प्रतिनिधि छन् । उक्त समूहले क्वालिटी बैक्वेट, बुद्धनगरमा पार्टीको भूमिका र प्रतिवेदनमाथि छलफल गर्नेछ । समन्वय गर्ने जिम्मेवारीमा  नेता जगत सिंखडा छन्। 

समूह २० र २१  मा सम्पर्क समन्वय प्रदेशका प्रतिनिधि समेटिएका छन् । छलफलको स्थान भने क्रिष्टल पार्टी प्यालेस, बिजुली बजार रहेको छ । समन्वय गर्ने जिम्मेवारी नेता कृष्ण अधिकारीलाई दिइएको छ । समूह २२ र २३  मा बागमति प्रदेशका प्रतिनिधि छन् । छलफलको स्थान भने काठमाडौँ बैक्वेट, थापागाउँ रहेको छ ।  समन्वय गर्ने जिम्मेवारी प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले पाएका छन्। 

समूह २४ मा आयोगका सदस्यहरू छन् । सो समूहले पनि काठमाडौँ बैक्वेट, थापागाउँमा बसेर छलफल गर्नेछ । समन्वय गर्ने जिम्मेवारी निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले पाएका छन्। समूह २५मा जनवर्गीय सङ्गठन र मोर्चाका इन्चार्ज र अध्यक्षहरू, केन्द्रीय कार्यालय, एकताबाट आएका प्रतिनिधिहरू सहभागी छन् । सो समूहले काठमाडौँ बैक्वेट, थापागाउँमा छलफल गर्नेछ । सो समूहको समन्वय गर्ने जिम्मेवारी नेत्री अमृता थापामगरले पाएकी छन्। 

माओवादीको विधान मस्यौदामा पार्टीको केन्द्रीय कमिटीका २९९ सदस्यीय रहने प्रस्ताव गरिएको छ । पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष छ जना, महासचिव, उपमहासचिव दुईजना, सचिव तीन जना र कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था प्रस्तावित गरिएको छ । 

केन्द्रीय कमिटीमा महिलाको ३५ प्रतिशत, दलितको १५ प्रतिशत, मुश्लिमको ५ प्रतिशत प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ । सबै समूहबाट ४० वर्ष मुनिका युवाको २० प्रतिशत प्रतिनिधित्व अनिवार्य गरिएको छ । केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने प्रस्ताव गरिएको छ । पदाधिकारी र सबै तहका कमिटीहरूमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने प्रस्ताव गरिएको छ ।  

केन्द्रीय सदस्यहरू सम्बन्धित प्रदेश वा विभागको समूहमा सहभागी भएर छलफल गर्ने छन् । सम्बन्धित समूहको बैठक बसेर समूह प्रमुख चयन गर्ने व्यवस्था गरिएको छ । मङ्गलबार दिनभर समूहगत छलफल हुने छ । बुधबार बिहान ११ बजेदेखि समूह प्रमुखहरूले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ । बुधबार बिहानको कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने गरी निर्धारण गरिएको छ ।  

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दाङबाट काठमाडौं आउँदै गरेको बस अनियन्त्रित भएर बीच सडकमा पल्टियो

काठमाडौं । दाङबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस चितवनको मुग्लिन–नारायणघाट सडकखण्डमा दुर्घटना हुँदा ४० जना यात्रु घाइते भएका छन्। लुम्बिनी प्रद...

सहिद दिवसमा प्रधानमन्त्री कार्कीको सन्देश- अब कुनै आमाको काख नरित्तियोस्

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छन्।  सहिद दिवसका अव...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् ।  ...

दक्षिण कोरियामा नेपाली कामदारको कोटा बढाउनेदेखि उमेर घटाउनेसम्मका प्रस्ताव

काठमाडौं । दक्षिण कोरियाले बर्सेनि लग्ने नेपाली कामदारको कोटा बढाएर द्विपक्षीय सम्झौता नवीकरणका निम्ति पहल भइरहेको अधिकारीहरूले बताएका छन्। रोजगार ...

‘निर्वाचन प्रहरी’को पोसाक खरिदमा ४० करोडको घोटाला

काठमाडौं । नेपाल प्रहरी, विभिन्न ठेकेदार र तथा आपूर्तिकर्ताको मिलेमतोमा निर्वाचन प्रहरीको पोसाक खरिदमा ४० करोड रुपैयाँभन्दा बढीको घोटाला भएको छ । निर्...

पाँच सय किलो गाँजासहित दश जना पक्राउ

काठमाडौँ । भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट ५०० किलो गाँजासहित आमचोक गाउँपालिका–९ का २९ वर्षीय रूद्रबहादुर श्रेष्ठका साथ अन्य नौ जना पक्राउ परे...

उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस प्रदेशका केही स्थानमा हुस्सु लागेको छ ...

‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’

काठमाडौँ । काठमाडौँस्थित पाकिस्तानी दूतावासले ‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’ शीर्षकमा बिहीबार यहाँ एक विशेष कला प्रदर्शनी तथा...

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य हात पारे

म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले दोब्बर मूल्य पारेका छन् ।अन्यत्रका किसानले सरदर प्र...

सहिदका सपना पूरा गर्न उनीहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँ: सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सहिदका सपना पूरा गर्ने र उनीहरुले देखाएको बाटोमा हिँड्ने प्रण गर्नुपर्ने उल्लेख गरेका छन् । सहि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending