Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

माओवादीलाई अब कस्तो बनाउने ? प्रचण्डको प्रतिवदेनमाथि आज छलफल

२५ समूहबाट आएको निष्कर्षबाट प्रतिवेदन र विधानलाई पूर्णता दिइने

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को बन्दसत्र अन्र्तगत आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमाथि छलफल हुने भएको छ। प्रचण्डको प्रतिवेदन र स्थायी कमिटी सदस्य देव गुरुङले पेश गरेको विधान मस्यौदामाथि २५ समूहबीच आज छलफल हुने भएको हो। 

कमलादीस्थित प्रज्ञा भवनमा सोमबारबाट सुरु भएको बन्दसत्रमा अध्यक्ष प्रचण्डले ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो, ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन’ शीर्षकमा वैचारिक तथा राजनीतिक दस्तावेज प्रस्तुत गरेका थिए। 

दस्तावेजमाथि २५ समुहले आज दिनभर छलफल गरेर भोलिबाट निष्कर्ष सुनाउनको काम सुरु हुने प्रवक्ता कृष्णबहादुर महराले बताए। 

उनले भने, ‘आज दिनभर प्रतिवेदन र विधान मस्यौदामाथि छलफल हुन्छ। भोलिबाट सबै समूहबाट आएको निष्कर्ष राखेपछि प्रतिवेदन र विधानलाई पूर्णता दिइन्छ।’

बन्दसत्रमा कृष्णबहादुर महराको अध्यक्षतामा सात सदस्यीय अध्यक्षमण्डल चयन गरिएको थियो । अध्यक्षमण्डलमा गिरीराजमणि पोखरेल, गणेश साह, परशुराम तामाङ, पूर्णाकुमारी सुवेदी, परशुराम रम्तेल र रुपा महर्जन सदस्य छन्। 

समूहगत छलफलका लागि  ‘समूह १’ मा ज्येष्ठ कम्युनिष्ट मञ्च रहेको छ । सो समूहलाई प्रज्ञा भवनको सभाको मुख्य भागमा छलफलको स्थान तोकिएको छ । सो समूहको समन्वयको जिम्मेवारी एनके प्रसाईँले पाएका छन्। 

समूह २ र ३ मा पार्टीका सल्लाहकारहरू रहेका छन् । सो समूहलाई  छलफलका लागि प्रज्ञा भवनको मुख्य मञ्चको दायाँ बाँया तोकिएको छ । सो समूहको समन्वयको जिम्मेवारी नन्दकुमार थापालाई दिइएको छ । समूह ४ र ५ मा प्रदेश नं १ का प्रतिनिधि सहभागी छन् । सो समूहलाई प्रज्ञा भवन भानुभक्त हलमा छलफलको स्थान तोकिएको छ । समन्वयको जिम्मेवारी भने प्रदेश नं १ का अध्यक्ष हर्क नेम्वाङले पाएका छन्। 

समूह ६ र ७ मा  प्रदेश नं २ का प्रतिनिधिहरू सहभागी छन् । सो प्रज्ञा भवनको पारिजात हलमा छलफल गर्ने छन् । सो समूहको समन्वय गर्ने जिम्मेवारी गणेश साहले पाएका छन्। समूह ८ र ९ मा लुम्बीनी प्रदेशका प्रतिनिधिले प्रज्ञा भवनको सिद्धिचरण हलमा छलफल गर्नेछन् । सो समूहलाई संयोजन गर्ने जिम्मेवारी नेता चक्रपाणि खनालले पाएका छन्। 

समूह १० र ११ मा गण्डकी प्रदेशका प्रतिनिधि समेटिएका छन् । सो समूहको छलफल गर्ने स्थान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा रहेको छ । सो समूहको संयोजक गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले गर्ने भएकी छन्। समूह १२ प्रवास प्रदेशका प्रतिनिधि अटाएका छन् । सो समूहले पनि पार्टी कार्यालय पेरिसडाँडामा विचार विमर्श गर्नेछन् । सो समूहको समन्वय गर्ने जिम्मेवारीमा लक्ष्मण पन्त छन्। 

समूह १३ र १४ मा कर्णाली प्रदेशका प्रतिनिधि सहभागी छन् । सो समूहले एवान पार्टी प्यालेसमा छलफल गर्नेछ । संयोजनको जिम्मेवारी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले पाएकी छन्। समूह १५ र १६मा सुदुरपश्चिम प्रदेशका प्रतिनिधि समेटिएका छन् । सो समूहले पनि एवान पार्टी प्यालेसमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन र नेता गुरुङको विधान मस्यौदामाथि आफ्नो सुझाव दिनेछन् । समन्वय गर्ने जिम्मेवारी भने खगराज भट्टले पाएका छन्।

समूह १७ र १८ मा सम्पूर्ण विभागका प्रतिनिधि अटाएका छन् । सो समूहले क्वालिटी बैक्वेक, बुद्धनगरमा छलफल गर्नेछ । समन्वय गर्ने जिम्मवारी नेता मायाप्रसाद शर्मालाई तोकिएको छ । समूह १९ मा उपत्यका विशेष प्रदेशका प्रतिनिधि छन् । उक्त समूहले क्वालिटी बैक्वेट, बुद्धनगरमा पार्टीको भूमिका र प्रतिवेदनमाथि छलफल गर्नेछ । समन्वय गर्ने जिम्मेवारीमा  नेता जगत सिंखडा छन्। 

समूह २० र २१  मा सम्पर्क समन्वय प्रदेशका प्रतिनिधि समेटिएका छन् । छलफलको स्थान भने क्रिष्टल पार्टी प्यालेस, बिजुली बजार रहेको छ । समन्वय गर्ने जिम्मेवारी नेता कृष्ण अधिकारीलाई दिइएको छ । समूह २२ र २३  मा बागमति प्रदेशका प्रतिनिधि छन् । छलफलको स्थान भने काठमाडौँ बैक्वेट, थापागाउँ रहेको छ ।  समन्वय गर्ने जिम्मेवारी प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले पाएका छन्। 

समूह २४ मा आयोगका सदस्यहरू छन् । सो समूहले पनि काठमाडौँ बैक्वेट, थापागाउँमा बसेर छलफल गर्नेछ । समन्वय गर्ने जिम्मेवारी निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले पाएका छन्। समूह २५मा जनवर्गीय सङ्गठन र मोर्चाका इन्चार्ज र अध्यक्षहरू, केन्द्रीय कार्यालय, एकताबाट आएका प्रतिनिधिहरू सहभागी छन् । सो समूहले काठमाडौँ बैक्वेट, थापागाउँमा छलफल गर्नेछ । सो समूहको समन्वय गर्ने जिम्मेवारी नेत्री अमृता थापामगरले पाएकी छन्। 

माओवादीको विधान मस्यौदामा पार्टीको केन्द्रीय कमिटीका २९९ सदस्यीय रहने प्रस्ताव गरिएको छ । पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष छ जना, महासचिव, उपमहासचिव दुईजना, सचिव तीन जना र कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था प्रस्तावित गरिएको छ । 

केन्द्रीय कमिटीमा महिलाको ३५ प्रतिशत, दलितको १५ प्रतिशत, मुश्लिमको ५ प्रतिशत प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ । सबै समूहबाट ४० वर्ष मुनिका युवाको २० प्रतिशत प्रतिनिधित्व अनिवार्य गरिएको छ । केन्द्रीय कमिटीले १० प्रतिशत मनोनित गर्ने प्रस्ताव गरिएको छ । पदाधिकारी र सबै तहका कमिटीहरूमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने प्रस्ताव गरिएको छ ।  

केन्द्रीय सदस्यहरू सम्बन्धित प्रदेश वा विभागको समूहमा सहभागी भएर छलफल गर्ने छन् । सम्बन्धित समूहको बैठक बसेर समूह प्रमुख चयन गर्ने व्यवस्था गरिएको छ । मङ्गलबार दिनभर समूहगत छलफल हुने छ । बुधबार बिहान ११ बजेदेखि समूह प्रमुखहरूले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ । बुधबार बिहानको कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने गरी निर्धारण गरिएको छ ।  

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इजरायल र इरानले एकअर्कामाथि नयाँ हमला गरिरहँदा ट्रम्पले भने- तेहरान युद्ध अन्त्य गर्न आतुर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरान युद्ध अन्त्य गर्नेबारे "अहिले" कुराकानी चलिरहेको र अमेरिकाले कुराकानी गरिरहेका "मानिसहरू" "सम्झौता ...

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौँ । आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस हो । न्यायको माग, सुरक्षा सुनिश्चितता तथा वि...

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

पर्सा । चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आव...

कुलमानले भने- वैकल्पिक बाटोबाट मन्त्री बन्ने कल्पनासमेत गर्न सकिँदैन

काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्न लागेको सरकारमा आफू सहभागी हुने हल्लाको खण्डन गरेका छन्। जनताको म्यान्डेटविपरीत व...

सुहाङ र निश्कललाई ‘नेता’ बनाउन दबाब

काठमाडौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यको शपथग्रहण नजिकिएसँगै संसद्मा प्रतिनिधित्व गर्ने ६ वटै राजनीतिक दल संसदीय दलको नेता चयन गृहकार्यमा जुट...

न्यायिक विलम्बको चक्रव्यूहमा रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने महान्या...

रास्वपा सरकारको पहिलो दिनमै मन्त्रालय कटौती र संरचना पुनर्गठनको तयारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको नेतृत्व सम्हालेको पहिलो दिनदेखि नै प्रशासनिक संरचना परिवर्तनको प्रक्रिया अघि बढाउने तयारी ग...

आज दासत्व पीडितहरूको स्मृति दिवस मनाइँदै

काठमाडौँ । आज दासत्व पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस। मानवअधिकार, समानता र सामाजिक न्यायप्रति विश्वव्यापी प्रतिबद्धता जनाउँदै विश्वका विभिन्...

पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसम आंशिकदेखि सामान्य बदली भएको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हि...

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

बागलुङ । गण्डकी प्रदेशको प्रसिद्ध शक्ति पीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको भीड बढेको छ । चैते दसैँको नवदुर्गा सुरु भएयता क्रमशः मन्दिरमा दर्शन गर्न आ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: