पर्वत । कुश्माबजारमा निर्माण भएको विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइन सञ्चालनको तयारीमा छ । कुश्मा नगरपालिका–५ मा पर्ने चाक्लेको डिलबाट कालीगण्डकीको गहिरो खोँच हुँदै साउने बगरसम्म एक हजार ४०० मिटर लम्बाइको जीपलाइन अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
सबै परीक्षण सकेर एक हप्ताभित्रमा जीपलाइन सर्वसाधारणका लागि खुला गर्ने तयारी रहेको हार्नेस जीपलाइन प्रालिका कार्यकारी प्रमुख सुनिल बानियाँले जानकारी दिए । उनले भने, ‘प्राविधिक परीक्षणका काम भइरहेका छन् । यसलाई सबै सकेर एक हप्ताभित्रमै सञ्चालन गर्ने तयारीमा जुटेका छौँ ।’
पछिल्लो समय यहाँ साहसिक खेलको गन्तव्य बन्दै गएको छ । जीपलाइनमा दुई जनाले सँगै बग्न सकिने र ६० देखि ९० सेकेण्डमै गन्तव्यमा पुगिनेछ । जीपलाइन भारतको श्याम जीपलाइनले निर्माण गरेको हो । निर्माण कम्पनीका इञ्जीनियर नवीन मेस्सीका अनुसार हावाको गति र खेलाडीको तौलमा जीपलाइनको गति भर पर्ने भए पनि जीपलाइनमा यात्रा सुरु गर्दा प्रतिघण्टा १३० किलोमिटरको गतिमा बगेर गन्तव्य नजिकिँदै जाँदा विस्तारै घट्दै जाने गर्दछ ।
कालीगण्डकी नदीको सतहबाट २३८ मिटरको उचाइबाट यात्रा सुरु हुनेछ भने त्यसको ल्यान्डिङ कालीगण्डकी नदी किनारमा बन्ने रिसोर्टमा हुनेछ । सुपरम्यान शैलीमा पर्वतको जीपलाइन विश्वकै दोस्रो लामो भएको पनि बानियाँको भनाइ छ।
सुपरम्यान शैलीमा विश्वको सबैभन्दा लामो दुई हजार ८०० मिटरको जीपलाइन दुबईमा रहेको छ । जीपलाइनसँगै नेपालमै युनिक रिर्सोट पनि निर्माणको अन्तिम चरणमा पुगेको छ । रिर्सोटसँगै कालीगण्डकीमा जलयात्रा र रिर्सोट परिसरमा आधा दर्जन अन्य साहसिक खेल पनि सञ्चालन गर्ने योजना अघि बढाइएको बानियाँले बताए।
यसैबीच राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शनिबार जीपलाइन अवलोकन गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २ गते, २०८२ - ०९:२४
प्रतिसिलिन्डर २१६ रुपैयाँ बढेर आए पनि ग्यासको मूल्य नबढाएको प्रस्टीकरण
चैत्र २ गते, २०८२ - ०९:१०
झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय काँकडभिट्टाका कार्यालय प्र...
चैत्र २ गते, २०८२ - ०९:०७
बाजुरा । यहाँस्थित उच्च लेकाली भेगमा गएरातिदेखि वर्षासँगै हिमपात भएको हो । गत माघ दोस्रो सातापछि पनि जिल्लाको उच्च भेगमा वर्षासँगै हिमपात भएको थियो ।...
चैत्र २ गते, २०८२ - ०८:२३
काठमाडौं । ‘थ्रेसहोल्ड’ कटाएका ६ वटा राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सिटअनुसारका सांसदको नाम तय गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास...
चैत्र २ गते, २०८२ - ०८:१५
अब काठमाडाैंमा प्रतिलिटर पेट्रोल १७२ र डिजेल–मट्टीतेल १५२ पर्ने
चैत्र २ गते, २०८२ - ०८:१०
काठमाडौं । नवनिर्वाचित सरकारले शासन सम्हालेको करिब दुईअढाई महिनामै नयाँ बजेट ल्याउनुपर्ने छ। अबको केही दिनमा नयाँ सरकार गठन भइसक्ने आकलनका माझ उक्त...
चैत्र २ गते, २०८२ - ०७:३८
रूपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेपछि रूपन्देहीका उद्योगी र व...
चैत्र २ गते, २०८२ - ०७:२५
काठमाडौँ । कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध गरेको छ । दूतावासले विज्ञप्तिमार्फत...
चैत्र २ गते, २०८२ - ०७:२१
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्न...
चैत्र २ गते, २०८२ - ०७:१८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्ययन हुने भएको छ । त्रिवि मानविकी तथा सामाजिक शास्त्र स...


प्रतिकृया लेख्नुहोस्: