Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

राप्रपा महाधिवेशन : राजसंस्था र हिन्दु राज्यको आड, राजावादीमा दर्ज गर्नमै होडबाजी !

कमल थापा र राजेन्द्र लिङ्देनको कस्तो छ समिकरण ?

खबरडबली संवाददाता

‘धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताको विचार र बाटो गलत भएको मान्यता राख्ने दल भएको नाताले पनि अहिले विकल्पको खोजी हुन लागेको अवसरमा राप्रपाले सर्वस्वीकार्य वैचारिक अवधारणा र शासन प्रणालीको प्रस्ताव नेपाली जनता समक्ष प्रस्तुत गर्छ’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा सर्वसम्मत नयाँ नेतृत्व चयन गर्न असफल भएपछि प्यानल नै बनाएर प्रतिस्पर्धा हुने भएको छ। कमल थापा र राजेन्द्र लिङदेनबीच पार्टी अध्यक्षमै प्यानल नै बनाएर प्रतिस्पर्धा हुने भएको हो।

मतदाताको सूची सम्बन्धी विवाद समाधान भएसँगै राप्रपाको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु गरेको छ। थापा समूहले मतदाताको नाम परिर्वनत गरेको लिङदेन समुहको आरोप थियो। 

बिहीबार साँझ मतदाताको अन्तिम नामावली प्रकाशन गरेसँगै शुक्रबार मतदाता नामावलीमाथि दाबी विरोध, उम्मेदवारी दर्ता, उनीहरूको नाममाथि दाबी विरोध, अन्तिम नामावली प्रकाशनलगायतका काम गर्ने र शनिबार मतदान गर्ने कार्यतालिका रहेको प्रचार विभाग संयोजक मोहन श्रेष्ठले बताए। 

राप्रपा महाधिवेशनमा ४४ सय ७१ प्रतिनिधि रहेका छन् । राप्रपाको नेतृत्वका लागि अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देनले ४ उपाध्यक्ष र ३ महामन्त्रीको प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । 

अध्यक्ष कमल थापाको प्यानलबाट उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, रोशन कार्की, ध्रुवबहादुर प्रधान उम्मेदवार बन्ने भएका छन् । थापा प्यानलबाट महामन्त्रीमा भास्कर भद्रा, भुवन पाठक र कुन्तीकुमारी शाही उम्मेदवार बन्ने भएका छन् ।

लिङ्देन प्यानलको उपाध्यक्षमा विक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ उम्मेदवार बन्ने भएका छन्। त्यस्तै महामन्त्रीमा डा. धवलशम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापा उम्मेदवार बन्ने भएका छन् । 

नेता विक्रम पाण्डेलाई दुवै पक्षले आफ्नो प्यानलमा राखेका छन् तर पाण्डेले भने कसलाई समर्थन गर्ने भन्ने स्पष्ट गरेका छैनन् । दुवै पक्षले पाण्डेको आफूलाई समर्थन रहेको दाबी गरिरहेका छन् ।

राप्रपामा एक महिलासहित चार उपाध्यक्ष, एक महिलासहित तीन महामन्त्रीमा निर्वाचन हुँदैछ । यस्तै १९९ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये १४९ जनाका लागि पनि निर्वाचन हुँदैछ । 

बाँकी केन्द्रीय सदस्यको मनोनयन निर्वाचित अध्यक्षबाट हुने व्यवस्था रहेको छ । राप्रपामा ७ सह महामन्त्री, कोषाध्यक्ष, सह कोषाध्यक्ष, प्रवक्ता, सह प्रवक्ता पनि अध्यक्षले मनोनीत गर्ने व्यवस्था रहेको छ ।

कमल थापाले फेरि अध्यक्षमै प्रतिस्पर्धा गरेपनि अर्का अध्यक्षद्वय पशुपतिसम्मेश राणा र प्रकाशचन्द्र लोहनी दोस्रो पुस्ता अगाडि बढाउने पक्षमा छन्। लोहनीले लिङदेनको पक्षमा खुलेरै समर्थन गरेको भएपनि राणा बोलेका छैनन्। राणाको मौनताले गर्दा उनी निकट नेताहरु दुई तिर बाडिएका छन्। 

तर, अधिकांश नेताहरुले युवा पुस्तालाई अगाडि सार्नुपर्ने जोडकै कारणले उनी पनि लिङदेन पक्षसँग नजिक हुनसक्ने उनी निकटस्थ नेताहरु बताउँछन्। 

त्यसो त नेतृत्व परिर्वतन अहिलेको आवश्यकता भएको दाबी गदैै लिङ्देनले पार्टीको जीवन वा मृत्यु रोज्न कार्यकर्तालाई मनन गर्न आग्रह गरिसकेका छन्। 

लिङदेनले महाधिवेशन उद्घाटनमा स्वागत मन्तव्य राख्दै भनेका थिए, ‘राप्रपा जीवित रहे मात्र यो पार्टीको अध्यक्ष हुनुहुन्थ्यो भन्ने इतिहास रहन्छ । त्यसैले नेतृत्व हस्तान्तरण गर्नुस् । ६ महिनाभित्र राप्रपाभन्दा बाहिर रहेका हिन्दुराष्ट्र र राजसंस्थाको पक्षधर सबै समूह, संस्था र धार्मिक क्षेत्र समेटेर बृहत शक्ति निर्माण अभियान अघि बढाउँछौँ ।’

राजसंस्था र हिन्दु राज्य चाहिन्छ भन्ने कोही पनि व्यक्ति राप्रपाभन्दा बाहिर नरहने व्यवस्था मिलाउने उनको भनाइ छ।  नेपालको मूल राजनीतिक केन्द्रको रूपमा राप्रपालाई पुर्‍याउँन सक्ने उनको दाबी थियो। 

यता, अध्यक्षका प्रत्यासी कमल थापाले पनि गत निर्वाचनमा प्रत्यक्षतर्फ पाँच स्थानमा मात्र उम्मेदवारी दिनु कमजोरी भएको स्वीकार गरे। 

अध्यक्ष थापाले आफ्नो उम्मदवारी घोषणा गदैै भनेका थिए, ‘युवा उमेर गनेर अध्यक्ष हुने हो भने आउनुस् टुँडिखेलमा दौडौँ । दौडदा मलाई जित्नुभयो भने म अध्यक्षको उम्मेदवार हुन्नँ। एकाध पटक चुनाव जित्दैमा लोकप्रिय भइँदैन । नयाँ जिम्मेवारी लिन्छु भन्नेले अग्रजलाई गाली गरेर, बदनाम गरेर, असफल भनेर नेतृत्व लिनु सम्भव छैन ।’

त्यसो त दुवै नेताहरुले आफूलाई खरो रुपमा राजवादीको रुपमा दाबी गरिरहेका छन्। राप्रपाको जारी एकता महधिवेशनमा अध्यक्ष कमल थापाले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा राजसंस्था पुनःस्थापना नभएसम्म यथास्थितिमा राष्ट्रको हित नहुने प्रष्ट पारेका छन्। 

अध्यक्ष थापाले बैठकमा पेश गरेको प्रस्तावमा भनिएको छ, ‘नेपालको राजनीति अहिले दोसाँधमा खडा भएको छ। परिवर्तनको नाममा अवलम्बन गरिएको धर्मनिरपेक्षता, गणतन्त्र र संघीयतालाई निरन्तरता दिएर देशलाई थप वर्वादीको दिशातर्फ धकेल्ने वा गत १५ वर्षको अनुभवबाट पाठ सिकेर संविधान, संरचना र व्यवस्थामा सुधार गर्ने?’

धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताको वर्तमान स्वरूपलाई निरन्तरता दिँदा बाह्य हस्तक्षेप बढ्ने, देश आन्तरिक द्वन्द्वमा फस्ने र अन्तत्वगत्वा राष्ट्र विखण्डनमा जान सक्ने समेत खतरा रहने उल्लेख गरेको छ। 

‘वर्तमान व्यवस्था र संविधानको कार्यान्वयनमा समस्या र चुनौति देखिएको भएता पनि पुरानो व्यवस्थामा फर्कन सक्ने धरातलीय अवस्था पनि छैन। २०६३ साल अघिको शासकीय स्वरुप र संरचनामा अब फर्कन सकिन्न। त्यो संभव पनि छैन र उपयुक्त पनि होईन’ प्रस्तावमा उल्लेख छ,  ‘अहिलेको अवस्थामा देशलाई बचाउन र बनाउन मध्यमार्गी अवधारणा र मार्गचित्र पहिल्याउनु अनिवार्य छ।’

परिवर्तनकारी विचार र शक्ति तथा परम्परागत विचार र शक्ति बीचको ‘सिनर्जी’ नै देशमा दिगो शान्ति, स्थायित्व र समृद्धिको आधार भएको प्रस्तावमा उल्लेख गरिएको छ। 

‘सुरुदेखि नै धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताको विचार र बाटो गलत भएको मान्यता राख्ने दल भएको नाताले पनि अहिले विकल्पको खोजी हुन लागेको अवसरमा राप्रपाले सर्वस्वीकार्य वैचारिक अवधारणा र शासन प्रणालीको प्रस्ताव नेपाली जनता समक्ष प्रस्तुत गर्न सक्नु पर्दछ’ प्रस्तावमा उल्लेख छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: