सुलीकोट। गोरखामा आर्थिक वर्ष २०८२/०८३ को प्रथम चौमासिकमा स्वास्थ्य जाँच गर्दा २८ जना बालबालिका कुपोषण लागेको अवस्थामा भेटिएका छन् । जिल्ला भरका ११ वटा स्थानीय तहमा नियमित स्वास्थ्य परीक्षण गर्दा २८ जना बालबालिकामा कुपोषणको समस्या भेटिएको हो ।
कुपोषित २८ जनामध्ये ६ जनामा अति कुपोषित र २२ जना मध्यम खालको कुपोषण देखिएको छ, प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका पोषण शाखाका फोकल पर्सन नबराज खड्काले बताए । उनले गोरखामा कुपोषण वर्षेपिच्छे घट्दै गएता पनि निर्मुल हुन नसकेको जानकारी दिए।
प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका अनुसार आर्थिक वर्ष २०८०र०८१ मा ७३ जनामा कुपोषण भेटिएकोमा २६ जनामा कडा खाले र ४७ जनामा मध्यम खालको कुपोषित देखिएको थियो । आर्थिक बर्ष २०८१र०८२ मा यो सङ्ख्या घटेर ४१ जनामा कुपोषित मध्ये ३ जनामा कडा र ३८ जनामा मध्यम खाले कुपोषण देखिएको थियो ।
यस वर्षको चार महिनाको तथ्याङका हेर्दा २८ जना पुग्नुमा प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाले गोरखाका सबै पालिकाका प्रत्योक वडामा अभिभावकलाई घरमै तयार गर्न सकिने सन्तुलित आहार, नियमित तौल मापन तथा आवश्यक खोपका बारेमा सचेतना गराईएपछि कुपोषणको सङ्ख्या न्यून हुँदै गएको जनस्वास्थ्य अधिकृत खड्काको भनाइ छ ।
‘‘कुपोषित हुनबाट जोगाउन लागि सरकारले लगानी गरेको छ,’’ जनस्वास्थ्य अधिकृत खड्काले भने, ‘‘गर्भवती, सुत्केरी र उनीहरुको स्याहार सुसार गर्नेहरुमा चेतना वृद्धि भई बालबच्चामा तत्काल उपचार गरी पोषणयुक्त खानेकुराले पनि कुपोषणको दर घट्दै गएको छ ।’’
कुपोषणको अवस्था प्रत्योक वर्ष सुधारन्मुख भए पनि सन्तोषजनक मान्न सकिँदैन । जङ्गफुडको उपभोग अत्यधिक मात्रामा बढिरहेकाले अघिल्लो वर्षभन्दा अहिले नबढ्ना भन्न पनि नसकिने उनको भनाइ छ ।
कुपोषणको रोकथाममा परिवारको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको भन्दै सन्तुलित आहार, सरसफाई, स्वच्छ पानी र नियमित परीक्षणमा ध्यान दिन आग्रह गर्दै समयमै उपचार र उचित पोषण उपलब्ध गराएमा कुपोषण भएका अधिकांश बालबालिका पूर्ण रुपमा स्वास्थ्य हुने प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - १३:२५
सर्लाही। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएको छन् । नेपाल प्रेस युनियन ...
मंसिर २१ गते, २०८२ - १३:१३
बागलुङ। बागलुङमा ४२ लाख लगानीमा बेम्बो क्याफे एण्ड किचन सञ्चालनमा आएको छ । युवा पुस्तालाई लक्षित गरी बागलुङ नगरपालिका –९ का शेखर खड्का र सुगम खड्काले ...
मंसिर २१ गते, २०८२ - १३:०४
काठमाडौं । सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सलाई १४८ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय...
मंसिर २१ गते, २०८२ - १२:५३
ललितपुर। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमात्र नभइ नागरिकको जीवनस्तरमा सुधार ल्याउने विकास आजको आवश्यकता भएको बताएको छन् । ललितपुर मह...
मंसिर २१ गते, २०८२ - १२:३५
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क र बत्तीसपुतलीलगायतका स्थानमा विद्युत् कटौती गर्ने भएको छ । विद्यु...
मंसिर २१ गते, २०८२ - १०:५३
सुलीकोट। गोरखामा आर्थिक वर्ष २०८२/०८३ को प्रथम चौमासिकमा स्वास्थ्य जाँच गर्दा २८ जना बालबालिका कुपोषण लागेको अवस्थामा भेटिएका छन् । जिल्ला भरका ११ वटा...
मंसिर २१ गते, २०८२ - ०९:५७
काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोग सबै हिसाब...
मंसिर २० गते, २०८२ - १७:०४
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागि रहनु पर्ने बताएको छिन्। हाम्रो पार्टी नेपालका...
मंसिर २० गते, २०८२ - १६:४४
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेस गरेका छन्। यादवले प्रदेश प्रमुख डा. सुरेन...
मंसिर २० गते, २०८२ - १६:३३
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न शुक्रबार दिउँसो देउवा निवास महाराजगञ्ज पुगेका छन्। ...




प्रतिकृया लेख्नुहोस्: