Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

खबरडबली संवाददाता

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रोकिएको छ । निर्वाचन आयोगसहितका संवैधानिक आयोगमा पदाधिकारी नियुक्तिका लागि मन्त्रिपरिषद्ले २ मंसिरमा गरेको सिफारिस राष्ट्रपति रामचन्द्र पौडेलले ‘अध्ययन आवश्यक’ भन्दै अध्यादेश होल्डमा राखेका हुन् ।

मन्त्रिपरिषद्ले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशसँगै नेपाल विशेष सेवा ऐन दोस्रो संशोधन अध्यादेश जारी गर्न सिफारिस गरेको थियो । राष्ट्रपति पौडेलले ५ मंसिरमा विशेष सेवासम्बन्धी अध्यादेश जारी गरे पनि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश भने १६ दिन बितिसक्दासम्म रोकिएको छ । 

अध्यादेशमा मुख्यत: संवैधानिक परिषद्को बैठक तत्काल बहाल पदाधिकारीको बहुमतले बस्ने र निर्णय गर्ने व्यवस्था प्रस्ताव छ । साथै, अहिले पदाधिकारी नियुक्ति गरी चुनावपछि आउने संसद्बाट मात्र सुनुवाइ गर्ने प्रावधान राखिएको छ ।

राष्ट्रपति कार्यालयका पदाधिकारीका अनुसार अध्यादेशमा राष्ट्रपति पौडेलका दुई प्रमुख चासो छन् । पहिलो, संवैधानिक परिषद्मा अल्पमतका आधारमा निर्णय हुनुले स्वेच्छाचारितालाई प्रश्रय दिने भन्दै राष्ट्रपति पौडेलले ८ साउनमा पुनर्विचारका लागि फिर्ता गरेको विधेयककै प्रावधान हुबहु अध्यादेशमा समावेश गरिएको छ ।

र, दोस्रो– संविधानको धारा २९२ ले पदाधिकारी नियुक्तिअघि अनिवार्य रूपमा सुनुवाइ हुनुपर्ने स्पष्ट उल्लेख छ । तर, अध्यादेशमा नियुक्तिपछि सुनुवाइ गर्ने व्यवस्था राखिएको छ, जसमा राष्ट्रपति पौडेलको चासो छ । 

स्रोतका अनुसार अहिलेकै अवस्थामा राष्ट्रपति पौडेल अध्यादेश जारी गर्ने पक्षमा छैनन् । ‘पहिले नै अस्वीकार गरेर फिर्ता गरिसकेको प्रावधान अध्यादेशमार्फत पुन: ल्याइनु स्वीकार्य देखिएन,’ राष्ट्रपति कार्यालयका एक अधिकारीका भन्छन्, ‘नियुक्तिपछि सुनुवाइ गर्ने प्रावधान संविधानसँग मेल खाँदैन र यसले संवैधानिक जटिलता निम्त्याउँछ । राष्ट्रपति कार्यालयबाट गल्ती नहोस् भन्नेमा सचेत भएका हौँ ।’

राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले संविधान र कानुनबमोजिम अध्यादेश जारी गर्न राष्ट्रपतिले विकल्प हेरिरहेको प्रतिक्रिया दिए । ‘विधेयकमा आएका प्रावधानका कारण सन्देशसहित पुनर्विचारका लागि फिर्ता गरिसकेको अवस्थामा त्यही कुरा फेरि अध्यादेशमा आएको छ । त्यसैले कहीँ बाटो फुक्छ कि भनेर सम्माननीयज्यू अध्ययनमै हुनुहुन्छ,’ उनले भने, ‘अहिलेसम्म बाटो खुलेको छैन । निष्कर्षमा पुगिसकेको अवस्था पनि होइन । अध्ययनपछि मात्र निचोड निस्किएला ।’

समयको दबाब नहुँदा पनि राष्ट्रपतिलाई सहज भएको छ । संविधानको धारा ११४ मा संसद् नभएका वेला सरकारले अध्यादेश सिफारिस गर्ने र राष्ट्रपतिले जारी गर्न सक्ने भनिएको छ । तर, कति दिनभित्र जारी गर्ने वा पुनर्विचारका लागि पठाउने स्पष्ट छैन । यसले पनि अध्ययन गर्ने समय मिलेको राष्ट्रपति कार्यालयका अधिकारीहरू बताउँछन् । एक उच्च अधिकारीले भने, ‘अध्यादेशको हकमा समयसीमा छैन । जारी गर्नैपर्छ भन्ने बाध्यकारी व्यवस्था पनि छैन । त्यसैले अध्ययनमा समय लाग्ने देखिन्छ ।’ 

तर, धारा ११३ को विधेयक प्रमाणीकरणमा भने राष्ट्रपतिलाई १५ दिनको समयसीमा तोकिएको छ । दुवै सदनले पारित गरेर पठाएको विधेयक १५ दिनभित्र प्रमाणीकरण वा पुनर्विचारका लागि फिर्ता पठाउनुपर्ने बाध्यकारी व्यवस्था छ । 

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाले संविधान र जेन–जी आन्दोलनको भावना दुवैलाई समेटेर अध्यादेश आएको र राष्ट्रपतिले जारी गर्ने विश्वास व्यक्त गरे । ‘अहिलेसम्म राष्ट्रपति कार्यालयबाट केही कुरा आएको छैन । छलफल पनि भएको छैन । राष्ट्रपतिबाट अध्ययन भइरहेको सुनेका छौँ,’ उनले भने, ‘कुनै चासो छ र छलफलका लागि राष्ट्रपतिले बोलाउनुभयो, छलफल गर्छाैँ ।’ 

सरकार संवैधानिक आयोगहरूमा नियुक्ति गर्ने पक्षमा नरहेको भन्दै मन्त्री सिन्हाले केही जरुरी पर्‍यो भने कानुनी बाटो खुला होस् भनेर अध्यादेश ल्याएको बताए । ‘हाम्रो म्यान्डेट भनेको चुनाव गराएर जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने हो । तर, अब ज्यादै जरुरी स्थानमा नियुक्ति गर्नुपर्‍यो भने टेक्ने कानुनी आधार चाहियो । त्यसका लागि अध्यादेश सिफारिस गरिएको हो । राष्ट्रपति कार्यालयको चासो सम्बोधन गर्छाैँ,’ उनले भने । 

संविधानविद् भीमार्जुन आचार्यले विधेयक वा अध्यादेशमा अनिच्छा हुँदा राष्ट्रपतिले रोकेर राख्ने अभ्यास रहेको बताए । ‘पहिले पनि प्राक्टिस छ कि राष्ट्रपतिले विधेयक वा अध्यादेशमा अनिच्छा व्यक्त गर्ने धेरै माध्यममध्ये होल्ड गर्ने एउटा हो । धेरैपटक भइराखेको छ,’ उनले भने, ‘यो अध्यादेशमा राष्ट्रपतिले संविधान नै हेरेको हो, स्वाभाविक रूपमा लिनुपर्छ । अध्यादेशमार्फत संविधान चेन्ज गर्न पाइँदैन, कानुनसम्म संशोधन गर्न सक्छ ।’ 

अर्का संविधानविद् चन्द्रकान्त ज्ञवाली भने संसद् नभएको अवस्थामा संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति गरी संसद् आएपछि सुनुवाइ गर्ने प्रावधान उपयुक्त भएको बताउँछन् । विगतमा संसदीय सुनुवाइविनै ५२ जना पदाधिकारी नियुक्त भएको र त्यसलाई सर्वाेच्च अदालतले समेत वैधता दिएको भन्दै ज्ञवालीले अहिले संसदीय सुनुवाइ सुनिश्चित गरी आन्दोलनपछिको विषम परिस्थितिमा नियुक्त गर्नेलाई अन्यथा मान्न नहुने बताए ।

‘संसद् नरहेको र संसदीय सुुनवाइ समिति गठन हुन नसक्ने अवस्थामा संवैधानिक पदाधिकारी नियुक्ति गर्ने र संसद् बसेको ४५ दिनभित्र सुनुवाइ गरी निर्णय गर्ने अन्यथा देखिँदैन । ५२ पदाधिकारीको नियुक्तिमा सुनुवाइ भएन, तर सर्वाेच्चले वैधता दियो । अध्यादेशमा त संसद् आएपछि सुनुवाइ गर्ने नै भनिएको छ,’ उनले भने, ‘राष्ट्रपतिलाई के लागेको छ, उहाँले सोच्ने हो । संविधानअनुसार ल्याउन सक्ने परिस्थिति छ– छैन भनेर राष्ट्रपतिले हेर्न सक्ने भयो । तर, जवाफदेही त सरकार नै हो । राष्ट्रपति होइन । सरकार नै जवाफदेही हुने हुनाले राष्ट्रपतिले त्यति चासो र चिन्ता राख्न जरुरी छैन । संविधानअनुकूल छ– छैन भन्ने हेर्नुपर्‍यो ।’

प्रधानमन्त्रीको सचिवालयका एक सदस्य भन्छन्, ‘यदि राष्ट्रपतिले जारी गर्नुभयो भने निर्वाचनसँग जोडिएको अध्यादेश हो । आयोगमा पनि खाली छ, पदपूर्ति भयो भने निर्वाचन चुस्तदुरुस्त, राम्रोसँग हुन्थ्यो । राष्ट्रपतिले बनाएको सरकार हो, कति पखेटा फिँजाउन दिने उहाँको पनि दायित्वभित्र पर्ने हो । त्यसैले सरकारको कुनै प्रश्न छैन ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चीनले किन धेरै सुन खरिद गरिरहेको छ ?

काठमाडौं । करिब तीन दशकपछि सन् २०२५ मा पहिलो पटक विश्वका केन्द्रीय ब्याङ्कहरूसँग मौजुद सुनको कुल मूल्य अमेरिकी ट्रेजरी बन्डको लगानीभन्दा धेरै भएको छ। ...

राष्ट्रिय सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठक आज दिउँसो सवा १ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबा...

चुनावअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी पुर्न व्यवसायीको माग माग

काठमाडौं । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी पुरेर सवा...

निर्वाचन प्रहरीको नियुक्ति १५ माघमा, परिचालन २५ माघबाट

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षार्थ भर्ना हुने निर्वाचन प्रहरीलाई २५ माघदेखि ‘फिल्ड’ मा खटाइने भएको छ । नेपाल प्रहरी ...

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै, गगन थापालाई भावी प्रधानमन्त्रीको रुपमा अघि सार्ने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।  पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले बिहीबार एक विज्ञप्ति जा...

बाइस बिघाको गडबिजुला ताल पाँच बिघामा खुम्चियो

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित गडविजुला ताल दुई स्थानीय तहबीचको खिचातानी र संरक्षणको अभावमा अस...

सशस्त्र प्रहरी बलको २५ वर्षे यात्रा : हलचोकमा रजत महोत्सव विशेष समारोहको आयोजना

काठमाडौँ । ‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ भन्ने मूल नारासहित राष्ट्र र जनताको सेवामा कटिबद्ध सशस्त्र प्रहरी बल नेपालले आजदेखि आफ्नो गौरवपूर्ण २५ वर्ष...

माघ शुक्ल पञ्चमी: आज श्रीपञ्चमी पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ । ...

पश्चिमी वायुको प्रभाव- कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा आज मौसममा बदली हुने पूर्वानुमान ग...

सानोथिमि बाल सुधारगृहमा दुई समूहबीच झडप, प्रहरीमाथि ढुङ्गामुढा

भक्तपुर । भक्तपुरकाे मध्यपुरथिमि–२ स्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी भएको छ । बाल सुधारगृहका दुई समूहबिच भएको झडप आगजनी र तोडफोडमा परिण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending