काठमाडौं । सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सलाई १४८ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबारको पहिलो खेलमा टस हारेर ब्याटिङ गर्ने मौका पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४७ रन जोड्यो।
सुदूरपश्चिम र विराटनगर दुवै टोलीले यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेका छन्। सुदूरपश्चिम शीर्ष स्थानमा रहेर पहिलो क्वालिफायर खेल्ने पक्का भइसकेको छ। अब यो खेलको नतिजाले सुदूरसँग पहिलो क्वालिफायर खेल्ने टोली पनि निर्धारण हुनेछ।
सुदूरले दिएको लक्ष्य १३ ओभरभित्र पूरा गर्न सके विराटनगर काठमाण्डु गोर्खाजलाई माथि उठाउँदै दोस्रो स्थानमा पुग्नेछ र पहिलो क्वालिफायरमा सुदूरसँग भिड्नेछ। अन्य अवस्थाहरूमा भने काठमाण्डु गोर्खाज नै दोस्रो स्थानमा रहेर सुदूरसँग खेल्नेछ।
सुदूरपश्चिमका लागि आरिफ शेखले ३२ बलमा १ चौका र ३ छक्काको मद्दतमा अविजित ४५ रन बनाए। इशान पाण्डेले ३५ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३८ रनको योगदान दिए। दुवैले तेस्रो विकेटका लागि ७२ रनको महत्वपूर्ण साझेदारी गरे।
ओपनर जोश ब्राउनले २५ बलमा २४ रन, कप्तान दीपेन्द्र सिंह ऐरीले ११ बलमा २ छक्का सहित १९ रन, र विनोद भण्डारीले १३ बलमा १५ रन जोडे।
विराटनगरका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए। अन्तिम ओभर बलिङ गरेका प्रतिश जिसीले ४ रन दिएर २ विकेट झारे भने बसिर अहमदले १ विकेट हात पारे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २८ गते, २०८२ - १६:५७
काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई डिपोर्ट गरेको छ। चार्टर विमानमार्फत उनीहरूलाई स्वदेश फर्काइएको हो। विमानस्थल अध्यागमन प्रमुख नरहरी घिम...
चैत्र २८ गते, २०८२ - १६:४३
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू कुनै पनि प्रकारको छानबिनका लागि तयार रहेको बताएका छन्। शनिबार पार्टी के...
चैत्र २८ गते, २०८२ - १६:३२
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी ९एमाल०का महासचिव शङ्कर पोखरेलले कम्युनिष्ट आन्दोलनलाई पुन:जागृत र पुर्नगठित गरेर अगाडि बढ्ने बताएको छन् । पार्टी ...
चैत्र २८ गते, २०८२ - १६:१९
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विद्यालय तथा कलेजमा विद्यार्थी संगठनहरूलाई प्रतिबन्ध लगाउने विषय अस्वीकार्य भएको निष्कर्ष निकालेको छ। ...
चैत्र २८ गते, २०८२ - १६:०७
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन, समुद्री सुरक्षा चुनौती, आपूर्ति शृङ्खलामा अवरोध र बढ्दो असमानताले सहकार्य मात्र नभई सामूहिक ...
चैत्र २८ गते, २०८२ - १५:५५
विराटनगर। कोशी प्रदेशमै पहिलो सलाइन उद्योगले व्यवसायिक उत्पादन सुरु गरेको छ । एक अर्ब रुपियाँ भन्दा बढी लगानीमा मोरङको बुढीगंगा गाउँपालिका २ मा ‘ए...
चैत्र २८ गते, २०८२ - १५:४५
नेपालगन्ज। बाँके जिल्लाको कोहलपुर-१५, अक्कलघरवामा मोटरसाइकललाई टिप्परले ठक्कर दिँदा शनिबार भएको दुर्घटनामा परेर मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएक...
चैत्र २८ गते, २०८२ - १५:३७
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेनजी आन्दोलनकी घाइते एकता शाहलाई नि:शुल्क एमबिबीएस अध्ययनको अवसर दिने विषय ऐन नियम विपरीत नभएको प्र...
चैत्र २८ गते, २०८२ - १५:०६
इस्लामाबाद। मध्यपूर्वमा जारी द्वन्द्व रोक्ने उद्देश्यसहित सुरु हुन लागेको अमेरिका-इरान उच्चस्तरीय वार्ता गहिरो आपसी अविश्वासबिच पाकिस्तानको राजधानी इस...
चैत्र २८ गते, २०८२ - १३:३७
खजुरा । अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले उद्योगी, व्यापारी तथा व्यवसायीका अवाञ्छित गतिविधिलाई राज्ले निगरानी गर्ने बताएको छन् । अर्थ मन्त्र...


प्रतिकृया लेख्नुहोस्: