Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

खबरडबली संवाददाता

काठमाडौं । ट्राफिक जाम बढी हुने तीनकुने–जडीबुटी खण्डमा फ्लाइओभर र अन्डरपास बनाउन जापान सरकारसँग ऋण सम्झौता गरिएको छ । अर्थ मन्त्रालयमा बुधबार अर्थमन्त्री रामेश्वर खनालको उपस्थितिमा ‘एक्सचेन्ज अफ नोट्स’ मा सचिव घनश्याम उपाध्याय र जापानी राजदूत मायदा तोरुले हस्ताक्षर गरे ।

ऋण सम्झौतामा भने मन्त्रालयकै अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख सहसचिव धनीराम शर्मा र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का नेपाल प्रमुख मित्सुजाकी माजुकीले हस्ताक्षर गरे ।

सम्झौताअनुसार जापानले उक्त आयोजनाका लागि ३४ अर्ब ५९ करोड जापानी येन (करिब ३१ अर्ब ७६ करोड रुपैयाँ) बराबरको ऋण सहायता उपलब्ध गराउनेछ । जाइकामार्फत प्राप्त हुने उक्त ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र वार्षिक ०.२ प्रतिशत ब्याजदर रहने अर्थ मन्त्रालयले जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागले आयोजना कार्यान्वयन गर्नेछ ।

हस्ताक्षरपछि जाइकाका नेपाल प्रमुख मित्सुजाकी माजुकी, राजदूत मायदा तोरु तथा अर्थमन्त्री रामेश्वर खनालले द्विपक्षीय सहकार्यलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । जापानको सहुलियतपूर्ण ऋण सहयोगमा कार्यान्वयन हुने कोटेश्वर चोक सुधार आयोजना कार्यान्वयनबाट उपत्यकाको यातायात व्यवस्थापनमा सुधार हुने जापानी राजदूत तोरुले विश्वास व्यक्त गरे ।

ऋण सम्झौता गरिएसँगै बढी ट्राफिक जाम हुने कोटेश्वर खण्डमा फ्लाइओभर र अन्डरपास निर्माण प्रक्रिया अघि बढाउन बाटो खुलेको छ । गत २ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले कोटेश्वर इन्टरसेक्सन सुधार आयोजना कार्यान्वयनका लागि जापान सरकारबाट उपलब्ध हुने सहुलियतपूर्ण ऋण सहायता लिने निर्णय भएको थियो ।

ऋण सम्झौताबारेको जानकारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय हुँदै अर्थबाट सडक विभागमा आएपछि यसको कार्यान्वयन प्रक्रिया अघि बढ्ने सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनप्रसाद अर्यालले बताए । ‘अब पहिला परामर्शदाता छनोटको प्रक्रिया अघि बढाउँछौं,’ उनले भने, ‘त्यसपछि विस्तृत सर्भे र डिजाइन थाल्छौं ।’ अहिलेसम्म सम्भाव्यता अध्ययन मात्र भए पनि अब विस्तृत अध्ययनको काम हुने उनको भनाइ छ ।

‘तीनकुने पुलबाट मुनिभैरव मन्दिरसम्म फ्लाइओभर निर्माण हुन्छ,’ अर्यालले भने, ‘मन्दिरमुनिबाट ‘पहिला सुरुङ निर्माण गर्ने भनिए पनि ‘कट एन्ड कभर’ निर्माण गर्ने भनिएको छ । यसमा पहिला माटो काटेर फालिन्छ, त्यसपछि माथिबाट स्ल्याप सवारीसाधन गुड्ने बनाइन्छ ।’ अन्डरपास र फ्लाइओभरले जहाज ओहरदोहोरमा समस्या नहुने उनले जनाए । पूर्वसम्भाव्यता अध्ययनअनुसार तीनकुनेबाट मुनिभैरव मन्दिर नजिकसम्म ६ सय ६५ मिटर लामो फ्लाइओभर निर्माण गरिनेछ ।

मुनिभैरव मन्दिरनजिकैबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमुनिबाट जडीबुटी निस्कने गरी ६ सय १० मिटर दूरीको अन्डरपास निर्माण हुनेछ । त्यहाँबाट मनोहरा खोलामा निर्मित नयाँ पुलसम्म जोड्ने गरी करिब २ सय ३८ मिटर लामो फ्लाइओभर निर्माण गरिनेछ । जाइकाले करिब डेढ वर्ष लगाएर पूर्वसम्भाव्यता अध्ययन गरेको थियो । पूर्वसम्भाव्यता अध्ययनपछि सडक विभागले मुनिभैरव मन्दिर हुँदै विमानस्थलमुनिबाट सुरुङ बनाउने जनाएको थियो ।

‘कट एन्ड कभर’ पनि सुरुङ जस्तै भए पनि माथिबाट स्ल्याब हालिन्छ, यसलाई कलंकीको अन्डरपास जस्तै भन्न मिल्यो,’ अर्यालले भने, ‘विस्तृत अध्ययनपछि भने लम्बाइ तलमाथि हुन सक्छ ।’ अब डिजाइनका लागि परामर्शदाता छनोट गरिने अर्यालले सुनाए । ‘परामर्शदाता छान्न करिब डेढ वर्ष लाग्छ,’ उनले भने, ‘दुई वर्षभित्र भने निर्माण थाल्छौं ।’

यसको निर्माणसम्बन्धी मापदण्ड पनि बनाउनुपर्ने भएकाले केही बढी समय लाग्ने उनको भनाइ छ । समग्र आयोजना निर्माण अवधि ६ वर्षको हुनेछ । चार लेनको बन्ने फ्लाइओभर र अन्डरपासमा दुई लेनमा सवारीसाधन जाने र दुई लेनमा आउनेछन् । सबैभन्दा बढी ट्राफिक जाम हुने भएकाले नै उक्त खण्डमा फ्लाइओभर र अन्डरपास बनाउन लागिएको अर्यालले जनाए । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending