Ntc summer Offer
Khabar Dabali ३१ असार २०८२ मंगलवार | 15th July, 2025 Tue
Investment bank

झापाबाट ब्राउनसुगरसहित सात जना पक्राउ

खबरडबली संवाददाता

झापा । झापाको भद्रपुरबाट लागुऔषध ब्राउनसुगरसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भद्रपुर नगरपालिका–७ स्थित बोक्तोबारीबाट बिहीबार बेलुका भद्रपुर–७ टेलिभिट्टाका १९ वर्षीय नारायण राजवंशी, २२ वर्षीय प्रकाश राजवंशी, भद्रपुर–६ सङ्गमटोलका २० वर्षीय राहुल ठाकुर, भद्रपुर–५ का २१ वर्षीय सोनु राजवंशी रहेका छन्। 

यस्तै, बिर्तामोड–८ सैनिकटोलका १८ वर्षीय सुदीप श्रेष्ठ, बिर्तामोड–६ कसेनिटोलका ३१ वर्षीय प्रताप योञ्जन र अर्जुनधारा–१ का २८ वर्षीय राज श्रेष्ठलाई ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वडा प्रहरी कार्यालयको प्रहरी टोलीले शङ्का लागेर जाँच गर्ने क्रममा उनीहरुका साथबाट चार ग्राम ६१० मिलीग्राम ब्राउनसुगर, एक थान नाइट्रोजन ट्याबलेट, एक थान डिजिटल तराजु, मे ८ प ९७०१ र को ३८ प ९०२८ नंको मोटरसाइकल बरामद गरेको कार्यालयले जनाएको छ । 

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गाउँ फर्किएर कृषिबाट आत्मनिर्भर

बेनी । रोजगारी र अवसरका लागि गाउँ छाड्नेक्रम बढिरहेको छ । तर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चे काफलडाँडाका कुमार पुर्जा भने गाउँ छाडेको तीन दशक...

प्रथम जलवायु सम्मेलन स्थल ‘गुफाडाँडा’ ओझेलमा

सिन्धुपाल्चोक । प्रदेश र सङ्घीय सरकारले मेलम्ची नगरपालिका वडा ९ स्थित  प्रथम जलवायु सम्मेलन स्थल ‘गुफाडाँडा’ मा पूर्वाधारका लागि  उचित बजेट विनियोजन न...

छाउगोठमा सुतिरहेकी महिलाको सर्पदंशबाट मृत्यु

काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१, निगालीमा छाउगोठमा सुतिरहेकी एक महिलाको सर्पदंशबाट मृत्यु भएको छ। २८ वर्षीय कमला आउजीलाई असार २८ गते रात...

दुई महिनामा सुर्खेतमा ६ किलोग्राम लागुऔषध बरामद, ९४ जना पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सामाजिक अपराधका घटना तथा गतिविधिलाई नियन्त्रण गर्न कडाइ गरेको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमु...

वैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण दिने कार्यविधि कार्यान्वयनमा कहिले आउला ?

काठमाडौं । चर्को ब्याजदरमा ऋण लिएर वैदेशिक रोजगारीमा जाने मानिसहरूलाई सहज बनाउन भन्दै श्रम मन्त्रालयले तयार गरिरहेको बिना धितो ऋणसम्बन्धी कार्यविधि एक...

काठमाडौंबाट दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना

काठमाडौं । काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुवाहक बस कपिलवस्तुमा दुर्घटना भएको छ। लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नं. को बस पूर्व पश्चिम राजमार्ग अन्तर्...

योगेश भट्टराईको दाबी- रास्वपाभन्दा एमाले नौजवान पार्टी हो

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले राजनीतिक दलहरू कहिले पनि पाको नहुने बताएका छन्। उनले एमाले अहिले पनि नौजवान पार्टी भएको दावी गरेका छन्। ...

सरकारको १ वर्ष : सत्ताको सुरमा संविधान संशोधनको धुन हरायो

संविधान संशोधनलाई निष्कर्षमा पुर्‍याउने विषय माइतीघरमा बोलेजस्तो होइन : महेश बर्तौला

मन्त्रीको ७८ लाख घुस ‘डिल’को अडियोले दबाबमा प्रधानमन्त्री, कांग्रेस भन्छ- थाहा छैन

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कर्मचारी सरुवा रोक्न र नियुक्ति दिलाउन ७८ लाख घुसको ‘डिल’ गरेको घटना बाहिरिएपछि स...

आकाशको पानीको भरपर्दा सर्लाहीमा भएन रोपाइँ

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीका हिरा तामाङ दैनिक आकाश हेरेर थाकिसकेका छन् । असारको दोस्रो सातादेखि धान रोप्ने तयारी गरेका उनले पानी नपरेपछि धान...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending