Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने सुवास नेम्वाङको घोषणा

एमालेमा सर्वसम्मत नेतृत्व चयन गर्ने सम्भावना टर्दै

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन्। 

बरिष्ठ उपाध्यक्षमा पार्टीभित्र नेताहरुको रस्साकस्सी परिरहेको बेलामा नेम्वाङले उम्मेदवारी दिने घोषणा गरेका हुन्। 

अध्यक्ष केपी शर्मा ओलीले ओलीलाई सर्वसम्मत बनाउने प्रयास भइरहेको बेलामा उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेपछि परिस्थिती बिग्रीएको छ। 

नेता नेम्वाङले भने, ‘अध्यक्षसहित पदाधिकारीमा सर्वसम्मतीको प्रयास जारी छ,  चुनाव हुने भए वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन्छु।’

अध्यक्षमा भीम रावलको उम्मेदवारी घोषणापछि दोस्रो वरीयताको नेतृत्व दाबी गर्ने नेम्वाङ अर्को नेता हुन्। एमाले विधान संशोधन नभएर ११ औँ महाधिवेशनमा नेतृत्व दाबी गर्न नेम्वाङलाई उमेरहदले रोक्छ। उनी अहिले ६८ वर्षीयका भइसके। 

बरिष्ठ उपाध्यक्षमा नेम्वाङसहित महासचिव ईश्वर पोखरेल, रामबहादुर थापा बादल पनि बलियो दाबेदार हुन्। 

एमालेले पहिलो पटक अम्यास गरेको अध्यक्षपछिको जिम्मेवार पदमा ओलीले आफ्नो विश्वसापात्रलाई ल्याउन चाहेका छन्। त्यसैले बरिष्ठ उपाध्यक्षमा नेम्वाङ वा पोखरेलको सम्भावना धेरै छ। 

आफू घेराबन्दीमा परेको बेलामा साथ दिएको पूर्वमाओवादी नेता बादललाई भने ओलीले उपाध्यक्षमा सीमित राख्ने सम्भावना देखिन्छ। तर,  स्रोतका अनुसार पूर्वमाओवादी समूहले एक वरिष्ठ उपाध्यक्ष, एक उपाध्यक्ष, दुई सचिवसहित २५ केन्द्रीय सदस्य दाबी गरेको छ। 

महाधिवेशनले १५ पदाधिकारीसहित २ सय २५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ। अध्यक्ष ओलीलाई नै पुनः दोहोर्‍याउने प्रयास भइरहेका वेला उपाध्यक्ष रावलको उम्मेदवारी घोषणाले धक्का लागेको छ। 

माधवकुमार नेपाल र झलनाथ खनालबिना पहिलोपटक हुन लागेको महाधिवेशनमा ओली सर्वसम्मत अध्यक्ष बन्न चाहन्छन्। पार्टी विभाजनका वेला नेता नेपालको साथ छाडेर एमालेमै बसेका उपाध्यक्ष रावलले मात्र अहिलेसम्म एमालेमा उम्मेदवारी घोषणा गरेका छन्। 

नेता नेपालको साथ छाडेका १० नेतामध्ये उपाध्यक्ष रावल र उपमहासचिव घनश्याम भुसालबाहेक अन्य नेता अझै मौन छन्। ओलीविरुद्ध संघर्षमा उत्रिए कुनै जिम्मेवारी नपाउने आशंकामा उनीहरू नेता मौन रहेका हुन्। 

ओलीले पार्टी एकताको भाव ल्याउँदै गर्दा १० नेता र माओवादी केन्द्र छाडेर एमालेमै बसेका नेताहरूको व्यवस्थापन गर्नु कडा चुनौती बनेको छ। अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव पदका लागि आकांक्षीको संख्या दोब्बरभन्दा धेरै छ। 

एकताको अधिवेशन गर्ने प्रयास भइरहेका वेला पार्टी अध्यक्षमा उपाध्यक्ष रावलको उम्मेदवारी र उपमहासचिव भुसालले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र सचिवमध्ये एक पदमा उम्मेदवारीको तयारी गरिरहेका छन्। 

पदाधिकारीमा आकांक्षीको लर्को लागिरहेका वेला निर्वाचन हुने सम्भावना प्रबल बन्दै गइरहेको छ।    

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रे । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई स्तरोन्नति थालिएको छ । यसका लागि डिभिजन सडक कार्यालय भक...

घर घरमै चिकित्सा सेवा पुर्‍याउँदै डा चेवन

झापा । उपचारका लागि बारम्बार धाइरहनुपर्ने अवस्थाका बिरामीलाई अस्पतालको सेवा घरमै पुर्याउने सोचबाट स्थापना भएको ‘जीवन रक्षा होम केयर’ झापामा लोकप्रिय ब...

पाल्पा टिपर दुर्घटनाः मृतकको सङ्ख्या चार पुग्यो

 पाल्पा । पाल्पामा शनिबार  बेलुकी भएको टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।  मृत्यु हुनेमा अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–४ सिद्धा...

ब्रोइलर कुखुराबाट वार्षिक ५८ अर्ब आम्दानी

काठमाडौं । नेपालमा कुखुरापालक किसानले ब्रोइलर कुखुरा बेचेर वार्षिक करिब ५८ अर्ब आम्दानी गर्ने गरेका छन्। कुखुरापालनमा व्यवसायिकीकरण भएसँगै किसानले कुख...

नेपाली भूमि लिपुलेक पास हुँदै चीनसँग व्यापार खुलाउने भारतको तयारी

काठमाडौँ । नेपालको विरोधका बाबजुद भारतले लिपुलेक पास हुँदै चीनसँग व्यापारको तयारी गरेको छ । लिपुलेक पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमि...

कांग्रेसमा ब्युँतियो विवाद- गगनलाई काउन्टर दिन पुरानै केन्द्रीय समिति बैठक राख्दै देउवा पक्ष

काठमाडौं । विशेष महाधिवेशनपछि सुरु भएको प्रतिनिधिसभा निर्वाचन प्रक्रियाले सुस्तिएको कांग्रेसभित्रको आन्तरिक विवादलाई पुनः सतहमा ल्याएको छ ।  निर्वा...

कांग्रेस बैठक- सभापति थापाको राजीनामा अस्वीकृत गर्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजपनि बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ८ः३० बजदेखि बैठक सुरु हुनेछ।  यसअ...

बस्ती संरक्षण गर्न १४ स्थानमा तटबन्ध

बागलुङ। चालु आर्थिक वर्षमा बागलुङका १४ स्थानमा बस्ती संरक्षणका लागि तटबन्ध गर्न थालिएको छ। बर्खाको समयमा कटानको जोखिममा रहेकाले बस्ती संरक्षण गर्न ...

पौवादुङमाका किसान उद्यममा जोडिदै

भोजपुर। पौवादुङमा गाउँपालिकाले किसानलाई लक्षित गर्दै सञ्चालन गरेको उन्नत जातका गाई वितरण कार्यक्रमले यहाँका ग्रामीण बस्तीमा आर्थिक गतिविधि विस्तार गर्...

आज कोशी र लुम्बिनी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव छ ।  साथै  कोशी, मधेस र बागमती प्रदेशलगायतका पहाडी र हिमाली भूभागमा साधारणत...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: