Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

दशौँ महाधिवेशन: विद्युतीय मतदानकोे अभ्यास गराउँदै एमाले, यसरी गरिनेछ निर्वाचन

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा (एमाले) ले आशन्न १०औँ राष्ट्रिय महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदानका लागि पार्टीका नेता–कार्यकर्तालाई नमूना मतदान अभ्यास गराउन थालेको छ । 

एमालेको केन्द्रीय कार्यालय, थापाथलीमा पार्टीका नेता तथा कार्यकर्तालाई विद्युतीय मेसिनबाट मतदान गर्न सिकाउनका लागि आजदेखि नमूना मतदानको व्यवस्था गरिएको हो । राम–लक्ष्मण भोटिङ मेसिनबाट एमालेले आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनमा विद्युतीय मतदानको प्रयोग गर्ने निर्णय गरिसकेकोे छ । “आजदेखि हामीले पार्टी मुख्यालयमा विद्युतीय मेसिनबाट कसरी मतदान गर्ने भनेर नमूना मतदान गरिरहेका छौं”, राम–लक्ष्मण इनोभेसेनका निर्देशक लक्ष्मण रिमालले भने, “पार्टीका नेताले पार्टी कार्यालयमा आएर विद्युतीय मतदान गरिरहनु्भएको छ ।”

उनका अनुसार आजदेखि महाधिवेशनमा मतदान हुनुभन्दा अगाडिसम्म महाधिवेशनका प्रतिनिधिलाई विद्युतीय मेसिनमा मतदान गर्न सिकाइने छ । अहिले पार्टी कार्यालयमा दुई वटा मेसिनबाट नमूना मतदान गरिरहेको महाधिवेशनस्थलमा भने तीन वटा मेसिनबाट नमूना मतदान गराइने उनले  जानकारी दिए  । एमालेको नवांै राष्ट्रिय महाविधेशनमा विद्युतीय मेसिन प्रयोग गरेर मतदान गर्ने भने तापनि आन्तरिक विवादका कारण अन्तिम समयमा आएर प्रयोग गरिएको थिएन । यसपटक एमाले महाधिवेशन निर्वाचनका लागि विद्युतीय मेसिन प्रयोग गर्ने भनेर राम–लक्ष्मण इनोभेसेनसँग सम्झौता समेत गरिसकेको छ ।  

निर्देशक रिमालले सबै प्रतिनिधिलाई एक पटक विद्युतीय मेसिनमा नमूना मतदान गराइने बताए  । “महाधिवेशनमा सहभागी सबै प्रतिनिधिलाई एक पटक विद्युतीय मेसिनमा नमूना मतदान गरेर मात्र हामीले मतदान गराउने छौ”, उनले भने, “महाधिवेशनस्थलमा पनि हामीले मेसिनमा नमूना मतदान गराउनेछौ ।”

विद्युतीय मतदानका लागि राम–लक्ष्मण इनोभेसेनले १०० वटा विद्युतीय मेसिन राख्ने तयारी गरेको छ । एक मेसिनमा दुई जनाले मतदान गर्ने व्यवस्था मिलाइने छ । एमालेको महाधिवेशनमा २२५ केन्द्रीय सदस्य, अनुशासन र लेखा आयोगमा १५/१५ जना गरी कुल २५५ पदका लागि  निर्वाचन हुनेछ । निर्देशक रिमालले एक जना प्रतिनिधिलाई आधा घण्टामा मतदान सक्ने गरी व्यवस्था गरिएको बताए  । “जम्मा ४८ थरिका पदका लागि करिव ५०० जना उम्मेदवार हुने हाम्रो अनुमान छ”, उनल े भेन, “सोही अनुसार ती पदमा मतदान गर्नका लागि एक जनाप्रनिनिधिलाई आधा घण्टा लाग्ने हाम्रो आँकलन छ ।”

निर्वाचनमा समावेशीसहित ४८ स्थानका लागि ४८ वटा मतपत्रका स्क्रिन ती मेसिनमा रहने छन् । उहाँले निर्वाचन सकेको तीनदेखि चार घण्टाभित्र नतिजा सार्वजनिक गर्ने जानकारी दिए  । एमालेको महाधिवेशनमा एक हजार ९९९ जना नबढ्ने गरी प्रतिनिधि चयन गरिने छ । एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले पार्टीको महाधिवेशनलाई प्रविधिमैत्री बनाउनुपर्छ भन्ने हिसाबले उक्त मेसिन प्रयोग गर्न लागिएको जानकारी दिँदै मुलुकको ठूलो राजनीतिक दलको महाधिवेशनमा प्रयोग भएपछि अरु दललाई प्रेरणा मिल्न सक्ने जनाए  । नवौँ महाधिवेशनमा मेसिन प्रयोग नभएका कारण असार २२ गते मतदान सकिएको भए पनि गणना सम्पन्न गर्दा साउन १ गतेसम्म लगेकाले त्यसको तुलनामा मेसिनको प्रयोगले समय र खर्चको बचत गराउन सक्ने सुनाए   । 

यसरी गरिनेछ निर्वाचन

महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको निर्वाचन अधिकृतले रुजु गरेपछि मात्र विद्युतीय मेसिनमा मतदान गर्न पाउने छन् । निर्वाचन अधिकृतले नाम रुजु गरिसकेपछि मतदानका लागि प्रतिनिधिलाई कुपन दिइनेछ ।  सोही कुपनका लागि मेसिनमा प्रतिनिधिले मतदान गर्नेछन् । प्रतिनिधिले ४८ स्थानका लागि तयार मतपत्रमा ४८ पटक स्क्रिनमा देखिने उम्मेदवारलाई मतदान गर्ने छन् । एउटा स्क्रिनमा मतदान गरेपछि स्वत: अर्को स्क्रिन देखिने छ ।

यसरी एकवटा स्क्रिनमा देखिका उम्मेदवारलाई मतदान गरिसकेपछि क्रमश: उम्मेदवारलाई मतदान गर्ने छ । मतदाताले एक पटक मतदान गरिसकेका उम्मेदवारको सच्चाउन परे फेरि सच्चाएर मतदान गर्नसक्ने निर्देशक रिमालले बताए  । मतदानका लागि विभिन्न ठाउँमा मतदान केन्द्र राखिने छ । एक वटा मतदान केन्द्रमा आठ वटा मेसिनबाट मतदान गरिने उनले जानकारी दिए  । ती मतदान केन्द्रमा एक निर्वाचन अधिकृत, एक प्राविधिक र दुई उम्मेदवारका प्रतिनिधि रहने छन् । विद्युतीय मतदान गर्नका लागि ४० जनाको प्राविधिक टोली खटिने भएको उनले बताए  । 

मतदान भएको चार घण्टामा सबै परिमाण घोषणा गरिने उनले बताए । मतदान गरिसकेपछि सबै मेसिनबाट कसले कति मत पाए भन्ने नामावलीसमेत प्रिन्ट गरिन्छ । सय वटा मेसिनबाट प्रिन्ट भएका मतलाई जोडेर परिमाण घोषणा गरिने उनले बताए । “मुचुल्का बनाउनेदेखि मतपरिणाम घोषणा हुँदासम्म करिब चार घण्टा समय लाग्छ”, उनले भने । उक्त इनोभेसनले हालसम्म ९२ वटा संस्थाको निर्वाचन गराइसकेको छ । 

विद्युतीय मेसिनबाट यसअघि नै एमालेको संसदीय दलको निर्वाचन भइसकेको छ । तत्कालीन राप्रपा नेपालले पनि यो मेसिन प्रयोगबाट निर्वाचन गराइसकेको छ  । हालसम्म सबैन्दा ठूलो निर्वाचन १० हजार मतदाता रहेको राष्ट्रिय सहकारी बैंकले पनि विद्युतीय मेसिनबाट निर्वाचन गराइसकेको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies