काठमाडौं । कञ्जुमर आई नेपालद्वारा आयोजना गरिएको केराउ ,मरिच, छोगडा लगायतका वस्तुमा लगाईएको प्रतिवन्ध र उपभोक्ता अधिकार विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । सोमवार उद्योग ,वाणिज्य श्रम तथा उपभोक्ता संवन्ध संसदीय समितिका सभापति माननीय विमल श्रीवास्तव ज्यूको प्रमुख आतिथ्यता एवं कञ्जुमर आई नेपालका अध्यक्ष श्री विमला खनालको अध्यक्षतामा संपन्न भएको हो।
‘कन्जुमर आई नेपाल’ ले चरम बजार महँगी र कालोबजारीमा पनि सरकारले मौनता साधेको भन्दै विरोध जनाएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै संस्थाले पछिल्लो समय बजारमा मनलाग्दी बढेको खाद्य वस्तुमा अखाद्य वस्तुको मिश्रण बढेको र उपभोक्ताले थेग्नै नसक्नेगरी महङ्गी बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।
आम उपभोक्ताहरूको दैनिक जीवन र स्वास्थ्यजस्तो गम्भिर विषयसँग जोडिएको बजार मनलाग्दी ढंगले बढ्दा पनि सरकारले देखेको नदेखे झैं गरेको कन्जुमर आई नेपालको आरोप छ । ‘यहाँ के चीजमा महङ्गी छैन ? कुन वस्तुमा मिसावट छैन ? सब–सब उपभोग्य वस्तुहरु उपभोग विपरित छ । यसरी उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्न पाइन्छ ?’ कन्जुमर आई नेपालकी अध्यक्ष विमला खनालले प्रश्न गरिन्, ‘खोइ सरकार कहाँ छ ?’
सोही कार्यक्रममार्फत अध्यक्ष खनालले उपभोग्य खाद्यवस्तु केराउ, मरिच तथा छोकडामा सरकारले आयात प्रतिबन्ध लगाएर कार्टेलिङ गरेको आरोप लगाइन् । विश्व व्यापार संघ (डब्लूटीओ) को सदस्य राष्ट्र समेत रहेको नेपालले यसरी वस्तु आयातमा प्रतिबन्ध लगाउनु कानुन विपरित रहेको उनको आरोप छ । तर संसदीय समिति उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण समितिका सभापति बिमल श्रीवास्तवले उक्त आरोपको ठाडै अस्वीकार गरे ।
कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत श्रीराम न्यौपाने,वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका साखा अधिकृत विरेन्द्र वहादुर माझी, विभिन्न उपभोक्ता अधिकारकर्मी संस्थाका प्रतिनिधि र संचारकर्मीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विभिन्न संचार कर्मीहरूले आफ्नो जिज्ञासा राखेका थिए। कार्यक्रममा स्वागत मन्तव्य राख्दै कञ्जुमर आई नेपालका महासचिव रञ्जन शर्माले उपभोक्ता सरकारविहिन राज्य विहिन अवस्थामा पुगेको गुनासो राख्दै केराउ मरिच छोकडाको प्रतिवन्ध तत्काल हटनु पर्ने धारणा राखेका थिए भने कार्यक्रमको संचालन कञ्जुमर आई नेपाल काठमाडौं जिल्ला अध्यक्ष भुपराज न्यौपानेले गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २४ गते, २०८२ - १७:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी गरेको आरोपमा तीन जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ। भदौ ...
मंसिर २४ गते, २०८२ - १६:४९
काठमाडौँ। सरकारले उखुको न्युनतम खरिद मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल ६२० निर्धाण गर्ने निर्...
मंसिर २४ गते, २०८२ - १६:४५
विद्या भण्डारीलाई ‘धामीझाँक्री’ भनेर व्यंग्य गरेको प्रति कडा आपत्ति
मंसिर २४ गते, २०८२ - १६:२१
काठमाडौँ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, दाङका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । ठेक्कामा बढी कबोल रकम गरे...
मंसिर २४ गते, २०८२ - १६:१२
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो क्वालिफायरअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा विराटनगर किङ्सले टस जितेर पहिला बलिङ रोजेको छ । की...
मंसिर २४ गते, २०८२ - १५:५४
काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले कैलाली–५ बाट पूर्वपरराष्ट्रमन्त्री डा। आरजु राणा देउवाको नाम प्रत्यक्षतर्फ सिफारिस गरे...
मंसिर २४ गते, २०८२ - १५:४६
काठमाडौँ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश ख...
मंसिर २४ गते, २०८२ - १५:४०
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक प्रणालीभित्रै बसेर चुनाव गरिँदा मुलुक अघि बढ्छ भन्ने ...
मंसिर २४ गते, २०८२ - १५:०१
मोरङ। मोरङको रतुवामाई नगरपालिकाले आन्तरिक आम्दानी नभएका नगर क्षेत्र सामुदायिक विद्यालयले खपत गर्ने विद्युत महसुल भुक्तानी गर्न राहत रकम उपलब्ध गराएको ...
मंसिर २४ गते, २०८२ - १४:५०
कावासोती। जेनजी आन्दोलनका क्रममा कारागार तोडेर भाग्ने क्रममा बेपत्ता भएका मध्ये पूर्वी नवलपरासीबाट ४८ जना पक्राउ गरि कारागार चलान गरिएको छ । पूर्व...




प्रतिकृया लेख्नुहोस्: