Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

केराउ, मरिच छोकडामा सरकारले लगाएको प्रतिवन्ध हट्नुपर्ने उपभोक्ता अधिकारकर्मीहरुको माग

खबरडबली संवाददाता

काठमाडौं । कञ्जुमर आई नेपालद्वारा आयोजना गरिएको केराउ ,मरिच, छोगडा लगायतका वस्तुमा लगाईएको प्रतिवन्ध र उपभोक्ता अधिकार विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । सोमवार उद्योग ,वाणिज्य श्रम तथा उपभोक्ता संवन्ध संसदीय समितिका सभापति माननीय विमल श्रीवास्तव ज्यूको प्रमुख आतिथ्यता एवं कञ्जुमर आई नेपालका अध्यक्ष श्री विमला खनालको अध्यक्षतामा संपन्न भएको हो।

 ‘कन्जुमर आई नेपाल’ ले चरम बजार महँगी र कालोबजारीमा पनि सरकारले मौनता साधेको भन्दै विरोध जनाएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै संस्थाले पछिल्लो समय बजारमा मनलाग्दी बढेको खाद्य वस्तुमा अखाद्य वस्तुको मिश्रण बढेको र उपभोक्ताले थेग्नै नसक्नेगरी महङ्गी बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो । 

आम उपभोक्ताहरूको दैनिक जीवन र स्वास्थ्यजस्तो गम्भिर विषयसँग जोडिएको बजार मनलाग्दी ढंगले बढ्दा पनि सरकारले देखेको नदेखे झैं गरेको कन्जुमर आई नेपालको आरोप छ ।  ‘यहाँ के चीजमा महङ्गी छैन ? कुन वस्तुमा मिसावट छैन ? सब–सब उपभोग्य वस्तुहरु उपभोग विपरित छ । यसरी उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्न पाइन्छ ?’ कन्जुमर आई नेपालकी अध्यक्ष विमला खनालले प्रश्न गरिन्, ‘खोइ सरकार कहाँ छ ?’

सोही कार्यक्रममार्फत अध्यक्ष खनालले उपभोग्य खाद्यवस्तु केराउ, मरिच तथा छोकडामा सरकारले आयात प्रतिबन्ध लगाएर कार्टेलिङ गरेको आरोप लगाइन् । विश्व व्यापार संघ (डब्लूटीओ) को सदस्य राष्ट्र समेत रहेको नेपालले यसरी वस्तु आयातमा प्रतिबन्ध लगाउनु कानुन विपरित रहेको उनको आरोप छ ।  तर संसदीय समिति उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण समितिका सभापति बिमल श्रीवास्तवले उक्त आरोपको ठाडै अस्वीकार गरे ।

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत श्रीराम न्यौपाने,वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका साखा अधिकृत विरेन्द्र वहादुर माझी, विभिन्न उपभोक्ता अधिकारकर्मी संस्थाका प्रतिनिधि र संचारकर्मीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभिन्न संचार कर्मीहरूले आफ्नो जिज्ञासा राखेका थिए। कार्यक्रममा स्वागत मन्तव्य राख्दै कञ्जुमर आई नेपालका महासचिव रञ्जन शर्माले उपभोक्ता सरकारविहिन राज्य विहिन अवस्थामा पुगेको गुनासो राख्दै केराउ मरिच छोकडाको प्रतिवन्ध तत्काल हटनु पर्ने धारणा राखेका थिए भने कार्यक्रमको संचालन कञ्जुमर आई नेपाल काठमाडौं जिल्ला अध्यक्ष भुपराज न्यौपानेले गरेका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभा बैठकमा चार विधेयक प्रस्तुत हुँदै, दुई मन्त्रीसँग सांसदको प्रश्नोत्तर

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको सोमबार बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत हुने भएका छन्। बैठकमा दुई मन्त्रीसँग सांसदको मन्त्रालयगत प्रश्नोत्तर...

विशेष महाधिवेशनले कांग्रेस कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी कमजोर बनेको र अहिले फुटको अवस्थामा पुगेको बताएका छन्। आ...

दोलालघाटबाट बेपत्ता ६७ वर्षीया तिलकुमारीको शव सुनकोशीमा भेटियो

काभ्रेपलाञ्चोक । काभ्रेको भुम्लु गाउँपालिका–८ दोलालघाटबाट बुधबार साँझ बेपत्ता भएकी ६७ वर्षीया तिलकुमारी पराजुलीको शव ओखलढुंगास्थित सुनकोशी नदीमा फेला ...

माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

चितवन । चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको काम अघि बढेको छ । नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्याल...

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

काठमाडौँ । खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार अनुगमन तीव्र ...

आगामी निर्वाचनको तयारी थाल्न महामन्त्री आचार्यको आग्रह

रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रूपन्देहीले शनिबार भैरहवामा विभिन्न कार्यक्रम आयोजना गर्दै पार्टी संगठन विस्तार र आगामी निर्वाचनको तय...

तुलसीपुरमा एम्बुलेन्स दुर्घटनामा डेढ महिने शिशुको मृत्यु

दाङ। तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा डेढ महिने शिशुको मृत्यु भएको छ । शनिबार राति करिब ९ बजे तुलसीपुर–११ उरहरीमा हलवार स्वास्थ्...

नेतृत्व फेरे प्रधानमन्त्री नै बन्छु भन्नेले पनि हार्ने परिस्थिति आयो: नेता महत

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले चुनावअघि पार्टीको नेतृत्व परिवर्तन गरे कांग्रेसले आमनिर्वाचनमा जित हासिल गर्दै सरकार गठन गर्ने भन्ने...

हामी कानुनी रूपमा बलिया छौँ, सर्वोच्चको आदेशबाट नडराउन सभापति थापाको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनबारे सर्वोच्च अदालतले पुनरवलोकनको अनुमति दिएको विषयलाई सहज रूपमा लि...

ठेक्का लागेर पनि रोकियो तटबन्ध : सुस्तावासीको श्रमदानमै छ गाउँको भरोसा

पश्चिम नवलपरासी। तीनतर्फबाट भारत र एकतर्फबाट उर्लंदो नारायणी नदी। सुस्ताको भूगोल जति संवेदनशील छ, यहाँका बासिन्दाको दिनचर्या उस्तै जोखिमपूर्ण छ। बर्से...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending