काठमाडौं । नेकपा एमालेले शुक्रबार महाधिवेशनको मापदण्ड र कार्यतालिका पारित गर्न भन्दै केन्द्रीय कमिटी बैठक डाकेको थियो । तर, बैठकमा माओवादीबाट एमालेमा समाहित भएका नेता प्रभु साह निकट दुई नेतालाई एकाएक केन्द्रीय सदस्यको शपथ खुवाइयो ।
एमाले अध्यक्षको ओलीको यो कार्यशैली उपाध्यक्ष भीम रावललाई पचेन । उनले बैठकमा शपथ देखेर अन्योलमा परेको प्रतिक्रिया जनाए ।
मञ्चमा बसेका ओलीले शपथ खुवाइसकेसँगै बैठक सुरु भयो । बैठकमा एमाले कैलालीका नेता झपट रावलले १० बुँदे कार्यान्वयन नभएको र कैलालीमा मापदण्ड पालना नगरीकनै पार्टी सदस्यता वितरण गरेको भन्दै संगठन विभाग प्रमुखलाई लेखेको पत्र बैठकमा पेस गरे ।
१० बुँदे सहमतिलाई ‘रटान’ भन्दै आएका ओली त्यसपछि आक्रोशित देखिए । बैठकमा महाधिवेशन तयारीलगायतका विषय उठान गर्दै ओलीले रावलको चिठीप्रति व्यंग्य मिश्रित आक्रोश पोखे ।
छेवैमा बसेका उपाध्यक्ष युवराज ज्ञवालीतिर हेर्दै भने, ‘युवराजजी मास्क लगाएर बस्नुभएको छ, अब उहाँलाई मास्क खोल्नुस् भन्नुपर्यो भने पनि चिठी लेखिहाल्ने ?’
उनले नेताहरूमा चिठी लेख्ने मोह बढेको भन्दै असन्तुष्टिलाई बैठकमा स्पष्ट राख्न पनि भनेको बैठकमा सहभागी एक नेताले बताए ।
चिठी प्रकरणमा बोलिसकेपछि शपथ ग्रहण कार्यक्रम देखेर रिसाएर बसेका भीम रावलमाथि खनिए ओली । उनले १० बुँदे सहमति कार्यान्वयन गराउन नसकेर राजीनामा दिएको बताउँदै अब महाधिवेशन मुखमा आइसकेको भन्दै १० बुँदेको औचित्य सकिएको बताए ।
अध्यक्ष बोल्दाबोल्दै रावलले ‘हैन कमरेड’ भन्दै रोक्न खोजे । तर, ओली रोकिएनन् । रावलले असन्तुष्टि राख्न थालेपछि अन्य केन्द्रीय सदस्यहरूले १० बुँदे एजेण्डा स्थायी कमिटीमा भएको भन्दै सोही कमिटीको बैठकबाट मिलाउन भनेपछि रावल चुप लागे ।
त्यसलगत्तै ओलीले केन्द्रीय सदस्यको सुझाव र स्थायी कमिटीको पनि सुझाव आएको भन्दै महाधिवेशन प्रतिनिधि बढाउने एजेण्डा पारित गर्नु उपयुक्त हुने बताए । उनको यो एजेण्डामा सबैको सहमति जुटेपछि शुक्रबार बसेको बैठक सकिएको ती नेताको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १७ गते, २०८३ - ०८:४५
तेह्रथुम । अब छथर गाउँपालिका भित्र कक्षा ८ उत्तीर्ण नगरेसम्म नागरिकको भविष्य नै रोकिने भएको छ। शिक्षा सुधारका नाममा गाउँपालिकाले यस्तो कडा नीति अघि सा...
बैशाख १७ गते, २०८३ - ०८:३७
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिक...
बैशाख १५ गते, २०८३ - २२:१६
रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। आठबिसकोट नगरपालिका–९ राडी बजारबाट मैडाँडा जाँदै गरेको ...
बैशाख १५ गते, २०८३ - २२:१०
काठमाडौं । नेकपाले संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने सरकारको निर्णयप्रति कडा असन्तुष्टि जनाएको छ । पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बस...
बैशाख १५ गते, २०८३ - २२:०७
काठमाडाैं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता डा प्रेमराज सिलवालले मंगलबार दायर गर...
बैशाख १५ गते, २०८३ - २२:००
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको सङ्घीय संरचनालाई दीर्घकालीन रूपमा सबल पार्न जनताको चाहना र भूगोललाई मध्यनजर राख...
बैशाख १५ गते, २०८३ - २१:५५
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको निर्देशनपछि धादिङ र नुवाकोटसम्म सञ्चालन हुने सार्वजनिक यातायात बसपार्कबाटै सञ्चालन हुन थालेका छन् । काठमाडौँ महा...
बैशाख १५ गते, २०८३ - २१:४६
झापा । झापामा अवैध रूपमा भारत लैजान लागिएको ठूलो परिमाणको चाइनिज फुजि स्याउ बरामद गरिएको छ। आज दिउँसो करिब साढे १२ बजेको समयमा झापा गाउँपालिका–१ सालमा...
बैशाख १५ गते, २०८३ - २१:०६
काठमाडौँ । काठमाडौंको थापाथली, मनोहरा र गैह्रीगाउँको सुकुमबासी बस्ती हटाएसँगै अन्य जिल्लामा पनि सुकुमबासीको विवरण संकलन गर्न थालिएको छ । सुकुमबासीक...
बैशाख १५ गते, २०८३ - २१:०१
काठमाडौं । पटक–पटक कानुनको फन्दामा परिरहेका सन्तोष रानाभाट फेरि चोरी आरोपमा पक्राउ परेका छन्। प्रहरीले लामो आपराधिक पृष्ठभूमि भएका उनलाई नियन्त्रणमा ल...


प्रतिकृया लेख्नुहोस्: