काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले देशभरका सबै वडा र पालिकामा सर्वसम्मत नेतृत्व चयन गरी पार्टी एक भएको र निर्वाचन केन्द्रित अभियानको संकेत दिएको छ। स्थानीय निर्वाचनमा उम्मेदवार छनोटमा विवाद भए परिणाम राम्रो आउन नसक्ने भएकाले एमालेले अहिलेदेखि नै पार्टी कमिटीलाई एकजुट र मजबुत बनाएर निर्वाचनमा होमिने तयारीस्वरुप वडासँगै पालिका तहको अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गरेको हो।
एमालेको दसौँ महाधिवेशनमा सकेसम्म पदाधिकारी सर्वसम्मत चयन गर्ने तयारी छ। वडा र पालिका अधिवेशनदेखि नै सर्वसम्मत नेतृत्व चयनको वातावरण बनाएर केन्द्रीय महाधिवेशनबाट पनि सर्वसम्मत पदाधिकारी चयन गरी पार्टी एक भएको सन्देश दिन चाहन्छ एमाले। पार्टीका सबै कमिटीमा सर्वसम्मत नेतृत्व छान्ने र स्थानीय तह निर्वाचनमा उम्मेदवार चयन गर्दा पनि यही अभ्यास गर्ने योजना उसको छ।
‘पार्टी विभाजन भएको अवस्था छ। अहिले पनि पार्टीभित्र गुटबन्दी छ भन्ने बुझाइ छ। तर, त्यस्तो होइन भन्न सबै तहको नेतृत्व सर्वसम्मत होस् भन्ने केन्द्रीय नेतृत्वको चाहना छ’, एमाले स्थायी कमिटीका एक सदस्यले भने। ती सदस्यका अनुसार पार्टी विभाजनको असर स्थानीय तहको निर्वाचनमा पर्न नदिन र पार्टीमा गुटबन्दी छैन भन्न पनि पालिका तहमा सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिइएको हो। यो समाचार नागरिक दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३० गते, २०८३ - १८:२९
काठमाडौं । संसद्मा प्रधानमन्त्रीको खोजी भइरहेका बेला सडकमा पनि युवाहरूले सरकार र प्रधानमन्त्री बालेन शाहको कार्यशैलीविरुद्ध प्रदर्शन गरेका छन्। मुख...
बैशाख ३० गते, २०८३ - १८:२३
काठमाडौँ। राष्ट्रिय सतर्कता केन्द्रद्वारा आर्थिक वर्ष २०८१/८२ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष पेस गरिएको छ ।...
बैशाख ३० गते, २०८३ - १८:०७
काठमाडौं । सरकारले निजामती कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दल वा भ्रातृ संगठनमा आबद्ध नहुन कडा निर्देशन जारी गरेको छ। संघीय मामिला तथा सामान्य प्र...
बैशाख ३० गते, २०८३ - १८:०२
काठमाडौँ। प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका सांसदहरूको अवरोध कायमै रहेपछि बिहीबार ११ बजेसम्मका लागि संसद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री वाले...
बैशाख ३० गते, २०८३ - १३:११
काठमाडौं । नेपाली कांग्रेसले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन शाहले नदिने भए प्रतिनिधिसभा बैठक बहिष्कार गर्ने चेतावनी दि...
बैशाख ३० गते, २०८३ - १२:५९
काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन शाह उपस्थित नभएपछि श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठक बहिष्का...
बैशाख ३० गते, २०८३ - १२:५०
काठमाडौं । विपक्षी दलका सांसदहरूले संसद्मा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलको जव...
बैशाख ३० गते, २०८३ - १२:४१
काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीको अभिव्यक्तिप्रति प्रतिनिधिसभामा आपत्ति जनाएका छन्। प्रतिनि...
बैशाख ३० गते, २०८३ - १२:३३
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा बैठकमा उपस्थित गराउन सभामुखमार्फत रुलिङ गर्न माग गरेको छ। प्रतिनिधिसभा बैठकको आकस्मिक सम...
बैशाख ३० गते, २०८३ - १२:२१
काठमाडौं। मन्त्रीपरिषद बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभा सदस्य सुशील खड्का (बागलुङ) र योगेश गौचन थकाली (मुस्ताङ) लाई मनोनयन ...



प्रतिकृया लेख्नुहोस्: