काठमाडौँ । वर्षाका कारण धानबालीमा रु सात अर्ब २२ करोड क्षति भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्यका अनुसार करिब ६८ हजार हेक्टर क्षेत्रफलमा दुई लाख ५८ हजार ९२ मेट्रिकटन परिमाणमा धानको क्षति भएको छ ।
सबैभन्दा धेरै लुम्बिनी प्रदेशका बर्दिया, कपिलवस्तु, बाँके र रुपन्देहीमा करिब ४२ हजार हेक्टरमा एक लाख ६१ हजार २२३ मेट्रिकटन धान नोक्सान हुँदा रु चार अर्ब ५१ करोड क्षति भएको छ । सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा करिब १८ हजार हेक्टरमा ६८ हजार ४०० मेट्रिकटन धान क्षति भएको छ । सोको बजार मूल्य रु एक अर्ब ९१ करोड हुन्छ ।
प्रदेश नं १ का झापा, मोरङ र सुनसरीमा सात हजार ४९२ हेक्टर क्षेफलमा २८ हजार ४६९ मेट्रिकटन बालीमा नोक्सान पुगेको छ । यसको बजार मूल्य रु ८० करोड हुन आउँछ । गत असोज ३१ गतेदेखि देशका विभिन्न स्थानमा भएको अविरल वर्षाका कारण विशेषगरी यस क्षेत्रका किसान समस्यामा परेका छन् । अन्य प्रदेशमा पनि केकस्तो नोक्सान भएको छ, त्यसको अभिलेख सङ्कलन गर्न मन्त्रालय मातहतका प्रदेश कार्यालयलाई जिम्मेवारी दिइएको छ ।
सम्बन्धित पक्षलाई राहत सहुलियत उपलब्ध गराउन मन्त्रालयबाट पनि अनुगमन समिति गठन गरी प्रभावित क्षेत्रमा पठाइएको प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए । मन्त्रालय र प्रदेशका अधिकारीबीच समन्वय र समझदारी कायम गरी प्रभावित कृषकलाई सहयोग प्रदान गरिने जनाइएको छ । वर्षाले देशका विभिन्न स्थानमा आएको बाढी तथा डुबानले १०० भन्दा धेरै मानिसको मृत्यु भएको छ ।
विभिन्न स्थानका सडक मार्गसमेत नोक्सान भएका छन् । कृषकले धान भित्र्याउने समयमा भएको वर्षाले यस वर्ष ठूलो नोक्सानी भएकाले राष्ट्रिय उत्पादनमा समेत कमी आउने अनुमान गरिएको छ । धानलगायत अन्य बाली रोप्ने समयमा रासायनिक मलको समस्या सधँै हुने गर्दछ । मौसमका आधारमा बर्खे धान, चैते धान, भदैया धान र घैया धानसमेत उत्पादन हुने गर्दछ ।
नेपालमा अन्नबालीमा धानलाई प्रमुख बालीका रुपमा लिइन्छ । करिब दुई दशकदेखि प्रत्येक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाइन्छ । मुलुकको कुल गार्हस्थ उत्पादनमा करिब ३२ प्रतिशत कृषि क्षेत्रले योगदान गरेको छ । त्यसमा पनि कृषि गार्हस्थ उत्पादनमा धानको योगदान करिब २० प्रतिशत छ । खाद्य तथा पोषण सुरक्षाका दृष्टिबाट मानिसलाई आवश्यकपर्ने क्यालोरी चामलमा राम्रो हुन्छ ।
कूल जनसङ्ख्याको करिब ६५ प्रतिशत यस क्षेत्रमा आश्रित छन् । मुलकमा राम्रो धानखेती हुने क्षेत्र तराई भए पनि पहाडमा हावापानीअनुसारको स्थानीय धान उत्पादन हुने गर्दछ । उच्च क्षेत्र जुम्लालगायत केही हिमाली जिल्लामा पनि स्थानीय धानखेती हुने गर्दछ । मनाङ र मुस्ताङबाहेक अन्य जिल्लामा धानको खेती हुन्छ । देशको करिब १६ लाख हेक्टरमा धानखेती भइरहेको मन्न्त्रालयले जनाएको छ ।
हाल ६३ जातका धानको खेती गरिन्छ भने पछिल्लो पाँच वर्षयता करिब ५० देखि ५६ लाख मेट्रिकटन धान उत्पादन हुने गरेको अभिलेख छ । “केही दशक अगाडि हामीले विदेशमा चामल निर्यात गर्ने गरेकामा केही वर्षदेखि चामल आयात गरेका छौँ”, प्रवक्ता सञ्जेलले भने । गत वर्ष नेपालले करिब रु ५० अर्बको चामल आयात गरेको मन्त्रालयले जनाएको छ । यसले व्यापार घाटालाई बढाएको छ भने राष्ट्रिय अर्थतन्त्रलाई नकारात्मक असर पुर्याएको छ ।
विश्वका ११४ मुलुकमा धानको उत्पादन हुने गरेको छ । सबैभन्दा बढी धान उत्पादन गर्ने मुलुक चीन हो । विश्वमा करिब १७ करोड हेक्टर जमिनमा धान खेती गरिन्छ भने करिब ७५ करोड मेट्रिकटन धान उत्पादन हुन्छ । कूल उत्पादनको ८० प्रतिशत धान खपत एशियामा हुने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: