Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

चार जिल्ला जोड्ने केआइसिंह राजमार्ग खुलाउन काम सुरु

रासस
डडेलधुरा । वर्षापछि पहिरो खस्दा अवरुद्ध भएको डडेल्धुरा–डोटी जोड्ने डा केआइसिंह राजमार्ग खुलाउन काम सुरु गरिएको छ । 
 
राजमार्गअन्तर्गत डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ रडुवा नजिक सडक पहिराले भत्किएको थियो । करिब २०० मिटरजति सडक पहिराले भत्किएपछि राजमार्ग अवरुद्ध छ । राजमार्ग सञ्चालन गर्न आजदेखि डोजर भत्किएको ठाउँमा पुगेर काम सुरु गरिएको सडक डिभिजन कार्यालय डोटीले जानाएको छ ।
 
सडकमाथि ठूलो चट्टान छ । चट्टानभन्दा केही माथि गाउँ रहेको छ । चट्टान काटेर सडक बनाइने सडक डिभिजन कार्यालयको योजना भए पनि स्थानीयले काट्न दिएका थिएनन् । स्थानीयले काममा अवरोध गरेपछि आज चट्टानभन्दा मुनितिरबाट सडक बनाउन थालिएको कार्यालयले जनाएको छ । 
 
चट्टानमुनितिरबाट सडक बनाउन निकै कठिन रहेको जनाइएको छ । खोलातिरको भाग भाँसिदै गएको छ भने माथिबाट चट्टान खस्ने सम्भावना भएकाले काम गर्न निकै गाह्रो भइरहेको सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख सुदर्शन कार्कीले बताए । 
 
आज बिहानदेखि सडक बनाउन थालिएको हो । पहिरो खसेको पूर्वसकायलतर्फबाट पनि डोजर लगाइने जनाइएको छ । तल नभाँसिएमा र माथिबाट पहिरो नखसे आज बेलुकी वा सोमबारसम्म राजमार्ग सञ्चालन हुने सम्भावना छ । नभए केही दिन अरु लाग्ने उनले बताए  ।
 
रडुवाखोलमा खसेको पहिराका कारण अहिले यात्रु रडुवाबाट माथिपट्टी गन्यापधुराको गाउँ भएर पैदल ओहोरदोहोर गरिरहेका छन् । पहिरो खसेको स्थानबाट पैदल आवतजावत पनि गर्न सकिएको छैन । डडेल्धुरालगायत अन्य स्थानबाट रडुवासम्म मात्रै गाडी सञ्चालनमा छन् । त्यहाँबाट सकायलसम्म पैदल हिँडेपछि डडेल्धुरा, डोटी, अछाम र बाजुरा जाने गाडी पाइने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies