बुटवल । मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच आज भएको झडवले उग्ररुप लिएपछि जिल्ला प्रशासन कार्यलय रुपन्देहीले कफ्यू आदेश जारी गरेको छ ।
आइतबार ४ बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका–१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने गरी कर्फ्यु जारी गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए ।
प्रजिअ.तिवारीको अनुसार प्रहरीले कयौँ राउण्ड अश्रुग्यास र हवाइफायर गरेपछि प्रहरीमाथि ढुङ्गा प्रहार गरेकाले केही राउण्ड गोली चलाइएको जानकारी दिए । गोली लागेर केही प्रहरी, स्थानीयवासी र प्रदर्शनकारी घाइते भएको उनले बताए ।
प्रजिअ तिवारीले भने, ‘हामीले सो क्षेत्रमा निषेधाज्ञा जारी गरेका थियौँ र जग्गा अतिक्रमण नगर्न सूचना पनि जारी गरेका थियौँ, तर त्यसलाई उल्लङ्घन गर्ने काम भयो ।’ स्थिति नियन्त्रण बाहिर जाने अवस्था सिर्जना भएकाले प्रशासनले कफ्यू जारी गर्न बाध्य भएका छौं ।’
प्रहरीले अस्थायीरूपमा बनाइएका टहरासमेत भत्काएको छ । झडपमा परी दुई घाइते भएका छन् भने दुईलाई प्रहरीले पक्राउ गरेको छ । झडपमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको र दुई राउण्ड गोली चलाएको स्थानीयवासीले आरोप लगाएका छन् ।
सो औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो सङ्ख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो । त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले बल प्रयोग गरेको बताइएको छ । जग्गामा गत चैतमा औद्योगिक क्षेत्रको शिलान्यास गर्दा स्थानीयवासीले विरोध गरेका थिए । करिब २०० बिघा जग्गा सुकुम्बासीको नाममा कब्जा गर्ने प्रयास भइरहेको थियो ।
वि.सं. २०७२ चैत १ गते मोतीपुरमा पाँच वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भयो ।
बुटवल उपमहानगरपालिकासहित तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासित जोडिएको तिनाउ नदी उकास क्षेत्रको सार्वजनिक जग्गामा औद्योगिक क्षेत्र बनाउनेमा सबै दलको सहमति थियो । सो जग्गा अतिक्रमण गर्न साविक लुम्बिनीका विभिन्न जिल्लाबाट स्थानीयवासी बुटवल आएको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ८ गते, २०८० - २०:१६
पोखरा। उपचारका क्रममा बिरामीको मृत्यु भएको भन्दै पोखराको मणिपाल अस्पतालका डाक्टरमाथि हातपात भएको छ । लमजुङको सुन्दरबजार नगरपालिकाकी ५७ वर्षीया सुक...
आश्विन ८ गते, २०८० - १९:४५
काठमाडौं। १९औं एसियाली खेलकुदअन्तर्गत महिला फुटबलको दोस्रो खेलमा सन् २०११ को विश्वकप विजेता जापानविरुद्ध ८-० ले पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरि...
आश्विन ८ गते, २०८० - १८:५८
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले ९ बुँदे निर्णय गरेको छ। पार्टी प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले महासमिति बैठकलाई भव्...
आश्विन ८ गते, २०८० - १८:५५
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तहलाई अधिकार सम्पन्न हुन नदिइएको बताएका छन् । सोमबार महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्र भवनक...
आश्विन ८ गते, २०८० - १८:४६
काठमाडौं। त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको ज्यान मार्ने उद्योगको मुद्दामा आजदेखि सुनुवाइ सुरु भएको छ । जिल्ला अदालत काठमाडौंमा न्...
आश्विन ८ गते, २०८० - १८:३२
काठमाडौं। विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा पूर्वमन्त्री रामकुमार श्रेष्ठसहित ३ जनालाई दोषी ठहर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धा...
आश्विन ८ गते, २०८० - १८:२८
काठमाडौं। सर्वोच्च अदालतले आमाको मात्र नाम राखेर नागरिकता दिन परमादेश जारी गरेको छ। बुवाको नाम नराखेर पनि नागरिकता दिन सकिने गरी सर्वोच्चले आदेश जारी ...
आश्विन ८ गते, २०८० - १८:२६
काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेले एसियाली खेलकुद खेल्न नसक्ने बताएका छन् । एकपछि अर्को पेसी स्थगित हुँदै गएपछि सन्दीप निकै कमजोर मनस्थितिमा पुगेका...
आश्विन ७ गते, २०८० - २०:२०
काठमाडौँ । सर्लाहीको मलङ्गवा नगरपालिकामा मूर्ति सेलाउने क्रममा उत्पन्न द्वन्द्वले धार्मिक सहिष्णुता खलबलाउने प्रयास भएको भन्दै मुस्लिम आयोगले सरकारको ...
आश्विन ७ गते, २०८० - २०:१५
काठमाडौं।नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेलाई कजोर पार्न विभिन्न तत्वहरू नेपालमा क्रियाशील रहेको बताए। एक टेलिभिजनलाई अन्तर्वार्ता दि...
प्रतिकृया लेख्नुहोस्: