दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अरुलाई लोकतन्त्र सिकाउने कांग्रेस पहिला आफैँ लोकतन्त्रवादी हुनुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस व्यास नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेस सफल हुन साँच्चिकै लोकतन्त्रवादी हुनुपर्ने बताए ।
पौडेलले भने, ‘सबैभन्दा लोकतन्त्रको वकालत गर्ने पार्टी कांग्रेस हो, तर के साँच्चै कांग्रेस आफैँमा लोकतन्त्रवादी छ त भन्ने प्रश्न चिह्न खडा भएको छ ।’ कांग्रेसको नेतृत्व गर्ने मान्छेले लोकतान्त्रिक व्यवहार प्रदर्शन गर्नुपर्नेमा जोड दिँदै उनले पार्टीभित्र लोकतन्त्रको आफूले सदैव वकालत गर्दै आएको दाबी गरे।
पौडेलले कांग्रेस महाधिवेशनमा जित्ने र हार्ने दुवै मिलेर एकता र सद्भावको यात्रा अगाडि बढाउन सुझाव दिए । ‘जित्नेलाई बधाई र हार्नेलाई सहानुभूति मात्र होइन, जित र हारलाई सहज रुपमा लिएर सद्भाव, एकता र मेलमिलापको यात्रामा अगाडी बढ्नुपर्छ,’ वरिष्ठ नेता पौडेलले भने, ‘तबमात्र काङ्ग्रेस बलियो बन्छ ।’ सत्तरी वर्ष लडेर ल्याएको संविधानले महिला, दलित, जनजातिलाई अधिकार दिलाएको चर्चा गर्दै वरिष्ठ नेता पौडेलले सिंहदरबारका अधिकार गाउँ गाउँमा आएको बताए। कांग्रेस केन्द्रीय सदस्य शङ्कर भण्डारी, गोविन्द भट्टराई, जिल्ला सभापति वैकुण्ठ न्यौपाने लगायतले सुदृढ कांग्रेस बनाउनुपर्नेमा जोड दिए।
पौडेलको दौडधुप
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका दावेदार पौडेल तीनदेखि गृह जिल्ला तनहुँमा हुनहुन्छ । महाधिवेशनअन्तर्गत तनहुँका १० वटै पालिकामा निर्वाचन सम्पन्न भएपछि वरिष्ठ नेता पौडेल शुक्रबारदेखि जिल्लाका विभिन्न ठाउँमा कार्यकर्ता भेटघाट गरिरहेका छन्।
शुक्रबार गृह जिल्ला आउनुभएका पौडेल सोही दिन नेपाली कांग्रेस आँबुखैरेनी गाउँ कार्यसमितिको पदस्थापन कार्यक्रममा सहभागी भएका छन् । शनिबार भानु नगर समितिको पदस्थापन कार्यक्रम र बन्दिपुरमा कार्यकर्ता भेटघाटमा सहभागी हुनुभएका पौडेल आज व्यास नगरपालिका, म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकामा आयोजित कार्यक्रममा सहभागी भए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २० गते, २०८२ - ०८:०८
जापान । राष्ट्रपति रामचन्द्र पौडेल चारदिने औपचारिक भ्रमणका लागि जापान पुगेका छन् । उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालय...
माघ २० गते, २०८२ - ०८:०३
कास्की । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गत आज लिग चरणका दुई खेल ह...
माघ २० गते, २०८२ - ०७:५७
बालुवामा सुनका कण भेटिनुको अर्थ
माघ २० गते, २०८२ - ०७:२७
काठमाडौँ । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर मौसम बदली गराउन लागेको छ । गत मंगलबार र बुधबार मौसम बदली भई वर्षा र हिमपातले कोशी तथा मधेश...
माघ २० गते, २०८२ - ०७:१८
दाङ । दाङको घोराहीमा आइतबार ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन्। घोराही–लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरप...
माघ २० गते, २०८२ - ०७:१७
भक्तपुर । गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार यहाँको सानोठिमीस्थित बाल सुधार गृहको अवलोकन गरेका छन् । स्थलगत अवलोकन पश्चात् उनले यहाँको वस्तुस्थितिका ...
माघ २० गते, २०८२ - ०७:०८
रामेछाप । मुलुक चुनावी माहौलले तातिएको छ । तर यहाँका किसानलाई जुनारको चिन्ता छ । यहाँको रामेछाप नगरपालिका–७ ओख्रेनीका जुनार कृषकहरू जुनारको मूल्य कहिल...
माघ २० गते, २०८२ - ०७:०६
बाँके । ठेकेदार कम्पनीको लापरबाहीले यहाँका केही स्थानीय तहका निर्माणाधीन प्रशासनिक भवन अलपत्र परेका छन् । निर्माण गर्ने समयावधि सकिएको एक वर्ष बिति...
माघ २० गते, २०८२ - ०७:०१
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५ ज...
माघ १९ गते, २०८२ - ०९:०४
सर्लाही । सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको छ महिनामा २९ जनाको मृत्यु भएको छभने १९० जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी ...



प्रतिकृया लेख्नुहोस्: