Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

संसदवादी दलहरुबाट राष्ट्रियताको रक्षा हुँदैन, पूर्वराजा ज्ञानेन्द्रसंग सहकार्य गर्न तयार छौं : महासचिव बैद्य

खबरडबली संवाददाता

काठमाडौं । २०५२ सालमा राजसंस्था विरुद्ध १० वर्ष सशस्त्र युद्धमा होमिएका नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्यले पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ ढंगले सोचे सहकार्य गर्न तयार रहेको बताएका छन् । 

एक टेलिभिजनमा हालै दिएका अन्र्तवार्तामा उनले अहिले मुलुकमा राजा नभए पनि राजावादी शक्ति कायमै रहेको भन्दै मुलुकको सार्वभौम सत्ता राष्ट्रिय अखण्डताको रक्षाका निम्ति पूर्वराजासंग सहकार्य हुनसक्ने बताए ।

नयाँ ढंगले भनेको के हो भन्ने प्रश्नको जवाफमा उनले भने, ‘राजा नयाँ ढंगले अगाडि बढ्न तयार छन् भने हामी त्यहि पूर्वाग्रहमा किन बस्ने ?’ ‘यदि उहाँ नयाँ परिस्थिति अनुसार अगाडि बढ्न चाहनुहुन्छ, साच्चै देशरको रक्षा गर्ने हो भने उहाँसंग सहकार्य गर्न तयार छौं,’ उनले थप स्पष्ट पार्दै भने, ‘देशको रक्षा संसदवादी दलहरुबाट हुँदैन ।  त्यसका लागि शाहले सबै क्रान्तिकारी शक्तिहरुसंग सहकार्य गरी अगाडि बढ्न चाहनु पर्छ ।’  कम्मोडियामा पनि कम्युनिष्टहरुसंग मिलेर राष्ट्रिय स्वाधिनताको रक्षा भएको उदाहरण दिदै उनले भने, ‘तपाईँ साच्चिकै नरोद्दम सिंहानुक बन्न तयार हो ? पुराना सामन्ति सोच त्याग्नोस् । श्रीपेचबारे बसेर सल्लाह गरौंला ।’


राजावादीहरुले कम्युनिष्टहरु कामै लाग्दैन, सहकार्य गर्नै हुन्न भन्नु पनि गलत भएको उनले टिप्पणी गरे । अहिलेको परिस्थितिमा पुरानो राजसंस्था पुर्नस्थापना गर्नुभन्दा पनि समयानुकुल बदलिन सक्नु पर्ने बताए ।

उनले राष्ट्रिय स्वाधिनताको रक्षाका निम्ति सबै एक ठाउँमा आउनुको विकल्प नभएको बताए । ‘लिपु लेक, कालापनि फर्काउने कि नफर्काउने ? एमसीसी खारेज गर्ने कि नगर्ने ? अहिले कतिपय अवस्थामा एक ठाउँमा आउने वातारवण बनेको छ । त्यो राम्रो कुरा हो । राजावादीहरुले पुरानै अवस्थाबाट पूर्वाग्रह राख्नु हुँदैन । हामी पनि राख्दैनौं । त्यसका लागि कम्युनिष्टहरुले पनि पुराना विचारलाई परिमार्जन गर्नुपर्छ’, उनले भनाइ छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपति पौडेल जापानमा

जापान । राष्ट्रपति रामचन्द्र पौडेल चारदिने औपचारिक भ्रमणका लागि जापान पुगेका छन् । उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालय...

साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै

कास्की । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गत आज लिग चरणका दुई खेल ह...

नेपालमा कहाँकहाँ पाइन्छ सुन, के रोल्पामा खानी भेटिएको हो ?

बालुवामा सुनका कण भेटिनुको अर्थ

वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै

काठमाडौँ । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर मौसम बदली गराउन लागेको छ । गत मंगलबार र बुधबार मौसम बदली भई वर्षा र हिमपातले कोशी तथा मधेश...

ट्रकले स्कुटरलाई ठक्कर दिँदा २२ वर्षे छोराको मृत्यु, चालक बुवा घाइते

दाङ । दाङको घोराहीमा आइतबार ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन्। घोराही–लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरप...

गृहमन्त्री अर्यालद्वारा आगजनी र तोडफोडका घटना दोहोरिन नदिन निर्देशन

भक्तपुर । गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार यहाँको सानोठिमीस्थित बाल सुधार गृहको अवलोकन गरेका छन् । स्थलगत अवलोकन पश्चात् उनले यहाँको वस्तुस्थितिका ...

मूल्य पाइने आशामा बोटमै जुनार

रामेछाप । मुलुक चुनावी माहौलले तातिएको छ । तर यहाँका किसानलाई जुनारको चिन्ता छ । यहाँको रामेछाप नगरपालिका–७ ओख्रेनीका जुनार कृषकहरू जुनारको मूल्य कहिल...

ठेकेदारको लापरबाहीले स्थानीय तहका प्रशासनिक भवन अलपत्र

बाँके । ठेकेदार कम्पनीको लापरबाहीले यहाँका केही स्थानीय तहका निर्माणाधीन प्रशासनिक भवन अलपत्र परेका छन् । निर्माण गर्ने समयावधि सकिएको एक वर्ष बिति...

निर्वाचन ३१ दिन बाँकी: प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५ ज...

सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते

सर्लाही । सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको छ महिनामा २९ जनाको मृत्यु भएको छभने १९० जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE