Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

संसदवादी दलहरुबाट राष्ट्रियताको रक्षा हुँदैन, पूर्वराजा ज्ञानेन्द्रसंग सहकार्य गर्न तयार छौं : महासचिव बैद्य

खबरडबली संवाददाता

काठमाडौं । २०५२ सालमा राजसंस्था विरुद्ध १० वर्ष सशस्त्र युद्धमा होमिएका नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्यले पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ ढंगले सोचे सहकार्य गर्न तयार रहेको बताएका छन् । 

एक टेलिभिजनमा हालै दिएका अन्र्तवार्तामा उनले अहिले मुलुकमा राजा नभए पनि राजावादी शक्ति कायमै रहेको भन्दै मुलुकको सार्वभौम सत्ता राष्ट्रिय अखण्डताको रक्षाका निम्ति पूर्वराजासंग सहकार्य हुनसक्ने बताए ।

नयाँ ढंगले भनेको के हो भन्ने प्रश्नको जवाफमा उनले भने, ‘राजा नयाँ ढंगले अगाडि बढ्न तयार छन् भने हामी त्यहि पूर्वाग्रहमा किन बस्ने ?’ ‘यदि उहाँ नयाँ परिस्थिति अनुसार अगाडि बढ्न चाहनुहुन्छ, साच्चै देशरको रक्षा गर्ने हो भने उहाँसंग सहकार्य गर्न तयार छौं,’ उनले थप स्पष्ट पार्दै भने, ‘देशको रक्षा संसदवादी दलहरुबाट हुँदैन ।  त्यसका लागि शाहले सबै क्रान्तिकारी शक्तिहरुसंग सहकार्य गरी अगाडि बढ्न चाहनु पर्छ ।’  कम्मोडियामा पनि कम्युनिष्टहरुसंग मिलेर राष्ट्रिय स्वाधिनताको रक्षा भएको उदाहरण दिदै उनले भने, ‘तपाईँ साच्चिकै नरोद्दम सिंहानुक बन्न तयार हो ? पुराना सामन्ति सोच त्याग्नोस् । श्रीपेचबारे बसेर सल्लाह गरौंला ।’


राजावादीहरुले कम्युनिष्टहरु कामै लाग्दैन, सहकार्य गर्नै हुन्न भन्नु पनि गलत भएको उनले टिप्पणी गरे । अहिलेको परिस्थितिमा पुरानो राजसंस्था पुर्नस्थापना गर्नुभन्दा पनि समयानुकुल बदलिन सक्नु पर्ने बताए ।

उनले राष्ट्रिय स्वाधिनताको रक्षाका निम्ति सबै एक ठाउँमा आउनुको विकल्प नभएको बताए । ‘लिपु लेक, कालापनि फर्काउने कि नफर्काउने ? एमसीसी खारेज गर्ने कि नगर्ने ? अहिले कतिपय अवस्थामा एक ठाउँमा आउने वातारवण बनेको छ । त्यो राम्रो कुरा हो । राजावादीहरुले पुरानै अवस्थाबाट पूर्वाग्रह राख्नु हुँदैन । हामी पनि राख्दैनौं । त्यसका लागि कम्युनिष्टहरुले पनि पुराना विचारलाई परिमार्जन गर्नुपर्छ’, उनले भनाइ छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ज्योतिषी अर्जुन क्षेत्रीको भविष्यवाणी- रवि लामिछानेको प्रधानमन्त्री बन्ने योग छ

काठमाडौं । २०८० सालभित्र नेपालमा राजतन्त्र फर्किने असफल भविष्यवाणी गरेका ज्योतिषी अर्जुन क्षेत्रीले रास्वपा सभापति रवि लामिछानेको प्रधानमन्त्री बन्ने ...

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्न लागेको छ । बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने गर...

भूकम्पमा गोडा गुमाएकालाई ललितपुर महानगरको सहयोग

ललितपुर । खुट्टा गुमाएका सात जनालाई कृत्रिम खुट्टा राख्न ललितपुर महानगरपालिकाले सुन्दर ढोका साथीसेवा नामको संस्थालाई आर्थिक सहयोग गरेको छ । महानगरप...

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई रु ४८ करोड भुक्तानी गरेको छ । डिडिसीले वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण बढेसँगै १३ दिनमा रु...

लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ । दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थालेका छन् । वालिङ नगरपालिका–४ रत्नेथुम्काका उनले विदेशमा सिकेको स...

यी हुन् लगानी सम्मेलनमा प्रस्तुत गरिने १५१ परियोजना

काठमाडौं  । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर  कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ ...

सेनाले माग्यो प्राविधिकतर्फ ३१९ सैनिक कर्मचारी (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले प्राविधिकर हवाईरविविध सेवातर्फ पादिक तथा विल्लादार पदहरूका लागि दरखास्त आह्वान गरेको छ। जंगी अड्डाले शुक्रबार सूचना प्रकाशित ...

युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग १८ देशको आग्रह

काठमाडौं । युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग अमेरिका लगायत विश्वका १८ देशले आग्रह गरेका छन् ।  विश्वका विभिन्न अठार देशले बिहीबार एक संय...

भारतमा लोकसभाको दोस्रो चरणको निर्वाचन- १२ राज्यका ८९ सीटका लागि मतदान

काठमाडौं । भारतमा संघीय संसदको तल्लो सदन लोकसभा निर्वाचनअन्तर्गत आज दोस्रो चरणको मतदान हुँदै छ। आज १२ राज्य र केन्द्रशासित एक प्रदेशका गरी कुल ८९ स...

कक्षा १२ को परीक्षा आजबाट, जापानमा पनि परीक्षा केन्द्र

तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies