काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहले १४ औं महाधिवेशनमा आफूलाई सभपाति जिताउन आग्रह गरेका छन्।
काठमाडौं महानगरको अधिवेशन उद्घाटन गर्दै उनले १४ औं महाधिवेशनबाट आफुलाई जिताउन उपत्यकाबासीसंग सहयोग मागेका हुन् । कार्यक्रमा उनले राजधानी बासीको उपत्यका र उपत्यका बाहिरका नेताहरुलाई हेर्ने दृष्टिकोण विभेदपूर्ण भएको भन्दै गुनासो पोखे ।
‘उपत्यकाको समस्या भनेको आफ्नो ठाउँमा जन्मेको हुर्केको नेतालाई नेता सानो देख्ने, बाहिरबाट आएको एउटा नेतालाई ठूलो देख्ने प्रवृत्ति भयो, अरुको झोला उपत्काकाबासीले कहिलेसम्म बोक्ने ?’, सिंहले प्रश्न गरे ।
उनले काम गर्न नसक्ने नेताहरूको गुणगान नगाउन कार्यकर्ताहरूलाई आग्रह गरे। वर्तमान पार्टी सभापति शेरवहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरूले विश्राम लिनुपर्ने भन्दै १४ औं महाधिवेशनमा आफुलाई सहयोग गर्न आग्रह गरे ।
‘काठमाडौंमा जन्मिएको र गणेशमानको छोरा भन्दैमा म सभापति बन्नबाट अयोग्य हुने हो ?,’ उनले भने, ‘अरुको छोराहरूले त अवसर पाएका छन् त।’
सभापति देउवाले आफ्नै गृह जिल्ला डडेलधुरामा जिल्ला सभापतिलाई वाइपास गरेर पार्टी कब्जा गर्न खोजेको आरोप लगाए । सभापति देउवाकै कारण लोकतान्त्रिक दल नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्र नै कमजोर बनाएको आरोप समेत लगाए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २० गते, २०८२ - ०८:०८
जापान । राष्ट्रपति रामचन्द्र पौडेल चारदिने औपचारिक भ्रमणका लागि जापान पुगेका छन् । उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालय...
माघ २० गते, २०८२ - ०८:०३
कास्की । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गत आज लिग चरणका दुई खेल ह...
माघ २० गते, २०८२ - ०७:५७
बालुवामा सुनका कण भेटिनुको अर्थ
माघ २० गते, २०८२ - ०७:२७
काठमाडौँ । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर मौसम बदली गराउन लागेको छ । गत मंगलबार र बुधबार मौसम बदली भई वर्षा र हिमपातले कोशी तथा मधेश...
माघ २० गते, २०८२ - ०७:१८
दाङ । दाङको घोराहीमा आइतबार ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन्। घोराही–लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरप...
माघ २० गते, २०८२ - ०७:१७
भक्तपुर । गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार यहाँको सानोठिमीस्थित बाल सुधार गृहको अवलोकन गरेका छन् । स्थलगत अवलोकन पश्चात् उनले यहाँको वस्तुस्थितिका ...
माघ २० गते, २०८२ - ०७:०८
रामेछाप । मुलुक चुनावी माहौलले तातिएको छ । तर यहाँका किसानलाई जुनारको चिन्ता छ । यहाँको रामेछाप नगरपालिका–७ ओख्रेनीका जुनार कृषकहरू जुनारको मूल्य कहिल...
माघ २० गते, २०८२ - ०७:०६
बाँके । ठेकेदार कम्पनीको लापरबाहीले यहाँका केही स्थानीय तहका निर्माणाधीन प्रशासनिक भवन अलपत्र परेका छन् । निर्माण गर्ने समयावधि सकिएको एक वर्ष बिति...
माघ २० गते, २०८२ - ०७:०१
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५ ज...
माघ १९ गते, २०८२ - ०९:०४
सर्लाही । सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको छ महिनामा २९ जनाको मृत्यु भएको छभने १९० जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी ...



प्रतिकृया लेख्नुहोस्: