Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

काँग्रेस कमजोर भइसक्यो, देउवाको ध्यान पार्टी कब्जा गर्नेमै छ : डा. शेखर कोइराला

शेखर कोईराला

आज तैँले हराइस भोलि तँलाई म हराउँछु भन्ने इगो छ । पार्टीको लागि यो घातक हो ।

नेपाली काँग्रेसमा व्यक्तिवादी चरित्र हाबी छ । सभापति पनि व्यक्तिवादीमा रमाइरहुनभएको छ । आफु जितेर पार्टी हार्‍यो भने के मजा हुन्छ ?

क्रियाशिल सदस्य विवाद हल हुन नसक्दा सत्तारुढ दल नेपाली काँग्रेसको १४ औँ माहाधिवेशन अर्न्तगत तल्लो तहका अधिवेशन कार्यतालिका फेरि प्रभावित हुने भएको छ । भदौ १८ गतेबाट शुरु भएको वडा अधिवेशन दुई चरणमा गरी देशभर ६४ जिल्लामा सम्पन्न भए पनि १३ जिल्लामा विवाद अझै कायमै छ ।

चौँथो पटक भदौ २५ गते सार्वजनिक गरिएको अधिवेशन कार्यतालिका क्रियाशिल विवादकै कारण असोज ९ गतेको पालिका स्तरको अधिवेशनबाहेक अन्य तहको अधिवेशन दसैँपछि हुने भएको हो । बुधबार बसेको नेपाली काँग्रेसको पदाधिकारी बैठकले यसअघि वडा अधिवेशन सम्पन्न भइसकिएको पालिका स्तरको अधिवेशनबाहेक अन्य तहको अधिवेशन दसैँपछि गर्ने सहमति भएको हो ।

पटक पटक स्थगित हुँदै आएको नेपाली काँग्रेसको १४ औँ महाधिवेशन क्रियाशिल सदस्यता विवादकै कारण मंसिर ९–१३ गते हुनेमा काँग्रेसका नेता तथा कार्यकर्ताले शंका व्यक्त गर्न थालेका छन् । प्रस्तुत छ, नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालासँगको कुराकानीमा आधारित अर्न्तवार्ताको सम्पादीत अंश :

केही जिल्लामा विवादका बाबजुत देशभर ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ, यसलाई तपाईंले कसरी लिनुभएको छ ?
ढिलै भएपनि काँग्रेसभित्रको अधिवेशन भएकोले हामी उत्साही छौं । देशभर युवाहरूको उत्साहजनक उपस्थितिले राम्रो भएको छ ।

देशभर ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न हुँदासमेत अझै १३ जिल्लामा क्रियाशिल सदस्य विवाद कायमै छ, किन यस्तो भइरहेको छ ?
काँग्रेस पार्टीमा यो दुःखद पक्ष हो । पार्टी नेतृत्वले प्रजातान्त्रिक मूल्य र मान्यताको आधारमा चुनाव गराउनु भन्दा पनि पार्टी कब्जा गर्ने प्रवृत्ति हाबी छ । त्यसकै परिणाम हामीले भोगिरहेका छौं । गलत नेतृत्वका कारण पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर हुँदै गइरहेको छ । राम्रालाई भन्दा पनि हाम्रालाई क्रियाशिल सदस्य वितरण गर्न खोज्दा विभिन्न जिल्लामा समस्या देखिएका छन् । त्यसको अन्त्यका लागि हामी निरन्तर संघर्षमा छौं ।

क्रियाशिल सदस्य विवादकै कारण बुधबार बसेको पदाधिकारीको बैठकले यसअघि निर्धारित गरेको पालिका, जिल्ला र प्रदेशस्तरको अधिवेशनको कार्यतालिका परिवर्तन गर्ने सहमति भएको छ । यसले फेरि केन्द्रीय महाधिवेशनलाई प्रभावित गर्दैन ?
नेपाली काँग्रेसका केही साथीहरू नेतृत्वमा छन् । महाधिवेशन आम निर्वाचनपछि गर्न खोजिएका छन् । उहाँहरू नै छानविन समितिमा हुनुहुन्छ । सभापति हुनुहुन्छ । १३ जिल्लाको विवाद अझै बाँकी छ । यसले नेपाली काँग्रेसलाई कहाँ पुर्‍याउन खोजिएको हो ? अब गम्भीररुपमा सोच्नुपर्‍यो । यसलाई यति सजिलोसँग हामीले लिइराखेका छौं । पार्टीलाई उहाँहरूले गाह्रो र अप्ठ्यारो अवस्थामा पुर्‍याइसक्नुभएको छ । अब हामी चुप लागेर बस्ने अवस्थामा छैन । छिटो भन्दा छिटो १३ जिल्लाको क्रियाशिल सदस्यता विवाद हल गर्नुपर्‍यो । मिली सकेको भनेको छ किन अधिवेशन भए ? किन राति राति पठाइन्छ ? उत्साह त छ तर पार्टीलाई कब्जा गर्ने हिसाबले अगाडि बढ्दा यस्तो समस्या आएको छ । कतै नेतृत्वकै कारण केन्द्रीय महाधिवेशन नै स्थगित हुने हो कि भन्ने हामीलाई चिन्ता छ ।

नेपाली काँग्रेस जस्तो लोकतन्त्रमा विश्वास गर्ने पार्टीले यसरी विवादलाई तन्काउँदै लैजाने र पटक-पटक महाधिवेशन मिति स्थगित गर्दै जाँदा बाहिर राम्रो सन्देश जान्छ त ?
तपाईंले ठीक भन्नु भयो । पार्टी नेतृत्व जो जो यसमा सहभागी छन् । त्यसले जिम्मा लिनुपर्छ । हामी यसमा छैनौं । म केन्द्रीय सदस्य मात्रै हो । क्रियाशिल छानविनमा हामी गएका पनि छैनौं । मलाई सरोकारको विषय पनि होइन । तर, नेतृत्व पंक्तिको गैह्रजिम्मेवारीपनले यस्तो भइराखेको छ ।

पार्टी नेतृत्वलाई समयमै झकझकाउन नसक्नु तपाईँहरूको पनि कमजोरी होला नि ? नेतृत्वलाई दोष दिएर आफु पानीमाथिको ओभानो बन्न मिल्छ ? तपाईँहरूले पनि अहिलेसम्म आफ्ना उम्मेदार छान्न त सक्नु भएको छैन ?
यसमा हाम्रो केही कमजोरी छैन । हामीले उम्मेद्वारी नै नदिउँ कि वा एउटा दिउँ कि वा १२ जनाको उम्मेद्वारी दिउँ त्यसले के फरक पर्छ र ? पार्टी नेतृत्वले जिल्ला जिल्लामा क्रियाशिल पठाउनु पर्‍यो नि । त्यो उहाँहरूको जिम्मेवारी हो नि । नेपाली काँग्रेसको ७५ वर्षको इतिहासमा पार्टी सभापतिले आफ्नै जिल्लामा प्रहरी प्रशासन लगाएर अधिवेशन गराउन खोज्नुभयो । जसमा जिल्लाका सभापतिलगायत अन्यले भाग लिएनन् । यस्तो भइरहेको छ । तबपनि हामी डडेल्धुराको विषयमा चुप लागेर बसेका छैनौं । तर, उहाँ नाङ्गो नाच नाच्दै हुनुहुन्छ । किन आफ्नै जिल्लामा पुलिस प्रशासन लगाउनुभयो ? जुन पार्टी अनवरतरुपमा लोकतन्त्रका लागि लडेको छ उसैले पार्टीको अधिवेशनमा राज्य प्रशासनको दुरुपयोग गर्ने ? यसले के देखाउँछ भने नेपाली काँग्रेसमा पनि निरङ्कुशता हाबी भयो । त्यसका लागि पनि हामी लडिरहेका छौं ।

यस अघि अधिवशेन भएको जिल्लामा बाहेक पालिका, प्रदेश र जिल्लास्तरको अधिवेशन कार्यतालिका परिवर्तन हुने पक्का जस्तै छ । यसले केन्द्रीय महाधिवेशन कार्यतालिकासमेत प्रभावित हुने देखियो नि त ?
पार्टी नेतृत्व अहिले पनि महाधिवेशन गराउने पक्षमा फिटिक्कै छैन । उसको सोच, योजना पार्टी कब्जा गर्नेमै छ । जसको ज्वलन्त उदाहरण डडेल्धुरालाई लिन सकिन्छ । त्यहि कारणले १३ वटा जिल्लाको क्रियाशिल विवाद कायमै छ ।

अहिलेको नेतृत्वबाट पार्टी र मुलुकको हित सम्भव छ ?
सम्भव हुनैपर्छ । असम्भव छ भनेर नेतृत्वलाई अहिल्यै नै हटाउने कुरा आउँदैन । जे छ त्यसैमा मिलेर जानुपर्छ । अहिले पनि सम्भव/असम्भव भन्ने कुरा केही छैन । नेतृत्वमा इच्छाशक्ति हुनुपर्छ ।

पार्टी संस्थापन इतरका शक्तिहरू कमजोर भएर पार्टी सभापति बलिया देखिएको हो कि वा तपाईहरूलाई पेलेरै जाने हिसाबले सभापतिले गोटी चाल्दै हुनुहुन्छ ?
सुन्नुनोस, यो हामी कमजोर र बलियोको कुरा होइन । यहाँ संस्थापन पक्ष बलियो र इतरका कमजोर भन्ने कुरा पनि होइन । यहाँ नेपाली काँग्रेस नै कमजोर भइसक्यो । यो गम्भिर विषय हो । हाम्रो चिन्ता यहाँ हो ।

संस्थापनइतर पक्षबाट सभापतिमा तपाईँको पनि चर्चा छ । अन्य नेताहरूले पनि दाबी छाडेका छैनन् । सभापतिको उम्मेद्वारमा तपाईँ नै उठ्नु हुन्छ कि अन्यलाई सघाउनुहुन्छ ?
यसमा म नै हुनुपर्छ भन्ने छैन । सभापतिका लागि म अयोग्य पनि होइन । यसमा के कसरी अगाडि बढ्ने भन्नेबारे साथीहरूबीच सरसल्लाह भइरहेको छ । को उम्मेद्वार बन्ने भन्दा पनि अधिवेशन हुन्छ कि हुँदैन मलाई शंका लागिसक्यो । म मात्रै होइन । अन्यले पनि दाबी गरिरहेका छन् । यसमा हामी मिलेर अघि बढ्छौं ।

यसको मतलब तपाईँहरू साझा उम्मेद्वारी दिने तयारीमा हुनुहुन्छ ?
एउटा हुन्छ कि ६ वटा हुन्छ तपाईँ किन चिन्ता लिनुहुन्छ ? यो नेपाली काँग्रेसभित्रको चुनाव हो । कसलाई पठाउने वा नपठाउने भन्ने कुरा हाम्रो सरोकारको विषय हो ।

तपाईँहरू एक ढिक्का भएर जाँदा नेतृत्व परिवर्तन गर्न सजिलो होला नि त ?
गाह्रो वा सजिलोको कुरा आफ्नो ठाउँमा छ । चार जना भए पनि उठ्नु हुन्छ । यो काँग्रेस पार्टीभित्रको अधिवेशन हो । के फरक पर्छ र ? किन चिन्ता गर्ने हामीले ? नेतृत्वले किन पार्टी कब्जा गर्न खोजिरहेको छ ? त्यो पो महत्वपूर्ण कुरा हो त । डरलाग्दो कुरा यो हो नि । किन आफ्नै जिल्लामा पुलिस प्रशासन लगाउँदछन् ? लोकतान्त्रिक पद्धतिले कसैले पनि जित्छ भने त्यो स्वाभाविक हो । हाम्रो चिन्ता पार्टी कब्जा गर्दा नेपाली काँग्रेलाई कहाँ पुर्‍याउँछ, त्यो महत्वपूर्ण कुरा हो नि । हामीलाई चिन्ता त्यहाँ छ ।

अहिले देशभर वडा अधिवेशनको परिणाम हेर्दा क्षेत्रीय, केन्द्रीय स्तरका प्रभावशाली धेरै नेताहरू समेत वडामै पराजित भएको अवस्था छ । यसले नेपाली काँग्रेसभित्र नेतृत्व परिवर्तनको सन्देश दिएको हो ?
नेपाली काँग्रेस सँधै नयाँ र पुराना नेताहरूको समिश्रणले बनेको पार्टी हो । केही साथीहरू जो पार्टीभित्र क्रियाशिल हुनुहुन्थ्यो ती साथीहरू क्षेत्रीय प्रतिनिधिमा आउनसक्नु भएन त्यो दुःखद कुरा हो । तर, धेरै ठाउँमा वडा वडामा नयाँ नेतृत्व आउनुभएको छ, त्यो राम्रो कुरा हो । केही वडामा ८–१० जना साथीहरू छन्, उनीहरू आउन सक्नुभएन त्यसमा मलाई पनि दुःख लागेको छ । यसमा दुईटा कारण छन् । एक उम्मेद्वार आफ्नै कारणले पनि हारेको हुनसक्छ । अर्को नेपाली काँग्रेसभित्र एउटा प्रवृत्ति बढिराखेको देखिन्छ । त्यो के हो भने आज तैँले हराइस भोलि तँलाई म हराउँछु भन्ने इगो छ । पार्टीको लागि यो घातक हो । नेपाली काँग्रेस एउटा मासबेस पार्टी हो । मासबेस पार्टीमा सबैको योगदान छ । तिनिहरूलाई पनि हामीले समेट्नु पर्ने हुन्छ । जो युवाहरू पनि छन्, तिनिहरूलाई पनि समेट्नु पर्ने हुन्छ । यी दुवै पक्षलाई ध्यान दिएर अगाडि बढ्यौं भने राम्रो हुन्छ ।

तपाईँले अन्तरघातको थोरै कुरा उठाउनु भयो । यसै वर्ष स्थानीय र संघीय चुनाव गर्नुपर्ने बाध्यता पनि काँग्रेसकै नेतृत्वमा आएको छ । कतै पार्टीभित्रको अन्तरघात आगामी चुनावमा देखिने त होइन भन्ने धेरैको चिन्ता छ । यसलाई तपाईले कसरी लिनुभएको छ ?
हाम्रो पार्टी मासवेश पार्टी भएको हुनाले त्यो चिन्ता स्वभाविक हो । स्वभाविक हुँदा हुँदै पनि अधिवेशन त हुनुपर्‍यो । मेरो इच्छा मंसिरभित्र जसरी पनि महाधिवेशन हुनुपर्छ भन्नेमा छ । त्यसमा अलोकतान्त्रिक तरिका अपनाउनु भएन । राज्य प्रशासनको दुरुपयोग हुनुभएन । जसरी पनि अधिवेशन सम्पन्न हुनु जरुरी छ । धाँधलिरहित अधिवेशन भए केन्द्रीय समिति र पदाधिकारीमा नयाँ नेतृत्व आउने सम्भावना प्रवल छ । काँग्रेसको नयाँ नेतृत्वले नै आगामी निर्वाचनमा नेतृत्व लिन्छ । पार्टीको आन्तरिक हारजितलाई लिएर आम निर्वाचनमा रिस फेर्नु कांग्रेस र मुलुककै लागि घातक हुन्छ । त्यो दिशामा कोही पनि जानुहुँदैन ।

अन्त्यमा, अहिले सभापति देउवालाई पार्टी मात्र नभइ देशकै नेतृत्व लिने अवसर आएको छ । तर, तपाईँहरूकै आरोपलाई आधार मान्दा उहाँले पार्टीभित्र कुनै छलफल नगरी पार्टी कब्जा गर्ने रणनीतिमा लागे भन्ने छ । व्यक्तिले जित्ने र पार्टीले हार्दा उहाँलाई के फाइदा छ ?
नेपाली काँग्रेसमा व्यक्तिवादी चरित्र हाबी छ । सभापति पनि व्यक्तिवादीमा रमाइरहुनभएको छ । आफु जितेर पार्टी हार्‍यो भने के मजा हुन्छ ? सबैको जित भयो भने सबैलाई राम्रो हुन्छ । यो त पार्टीको आन्तरिक चुनाव हो नि । त्यसमा हारजित हुन्छ । कोही चुनावबाट आउँछन् । कोही सहमतिबाट आउँछन् । हामी सबैको लक्ष्य भनेको स्थानीय, प्रदेश र संघीय चुनावलाई सफल पार्ने हो । त्यसमा हामी चुक्यौं भने मुलुकमा अप्ठ्यारो परिस्थिति आउँछ । यो हेक्का पार्टी सभापतिलाई छ कि छैन गम्भीर विषय हो । 

Rps

Rps

Rps

जर्मनीमा आज आमनिर्वाचन, १६ वर्षसम्म चान्सलर बनेकी मर्केल विदा हुने

जर्मन नागरिकहरू १६ वर्षदेखि चान्सलर रहेकी एङ्गेला मेर्कललाई बिदाइ गर्ने तयारी गरिरहेका छन्। आइतवारको संसदीय निर्वाचनपछि लगातार १६ वर्षसम्म जर्मनीकी...

संकटमा एमालेको तेस्रो धार : विद्रोह की आत्मसमर्पण ?

काठमाडौं । दश बुँदे सहमति कार्यान्वयनको विषयलाई केन्द्रीय कमिटी बैठकको एजेण्डा नबनाएपछि नेकपा एमालेभित्रको मध्यपन्थी धार चरम संकटमा परेको छ । हिजोद...

काँग्रेस कमजोर भइसक्यो, देउवाको ध्यान पार्टी कब्जा गर्नेमै छ : डा. शेखर कोइराला

क्रियाशिल सदस्य विवाद हल हुन नसक्दा सत्तारुढ दल नेपाली काँग्रेसको १४ औँ माहाधिवेशन अर्न्तगत तल्लो तहका अधिवेशन कार्यतालिका फेरि प्रभावित हुने भएको छ ।...

संविधान दिवस : यस्तो थियो संविधानमा माओवादीले राखेको १२ फरक मत

काठमाडौं । बिभिन्न राजनीतिक दलबीच सहमतिको दस्तावेजको रुपमा जारी भएको नेपालको संविधानमा तत्कालिन माओवादीले राखेका १२ बुँदे फरक मत राखेको थियो । नेकप...

आज ओमनसँग भिड्दै नेपाल

काठमाडौं । ओमानमा भईरहेको त्रिकोणात्मक सिरिजमा नेपाल आज ओमनसँग भिड्न लागिरहेको छ ।  आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतका लागी नेपालको यो अन्तिम...

आजको मौसम : देशका अधिकांश भागमा मध्यम वर्षा, काठमाडौंमा झरी

काठमाडौं । हाल नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा दक्...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies