Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

आजको मौसम : देशका अधिकांश भागमा मध्यम वर्षा, काठमाडौंमा झरी

खबरडबली संवाददाता

काठमाडौं । हाल नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेको विभागले जनाएको छ ।

जसका कारण देशभर सामान्यदेखि पूर्ण बदली हुँदा अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बिहानभर काठमाडौं उपत्यकामा पनि हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

आज राति भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली हुनेछ। बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार आर्याल बताउँछन् । सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको उनको भनाइ छ ।

हल्कादेखि मध्यम तथा भारी वर्षाको सम्भावना रहेका क्षेत्रका पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन विभागको आग्रह छ ।

Rps

Rps

Rps

जर्मनीमा आज आमनिर्वाचन, १६ वर्षसम्म चान्सलर बनेकी मर्केल विदा हुने

जर्मन नागरिकहरू १६ वर्षदेखि चान्सलर रहेकी एङ्गेला मेर्कललाई बिदाइ गर्ने तयारी गरिरहेका छन्। आइतवारको संसदीय निर्वाचनपछि लगातार १६ वर्षसम्म जर्मनीकी...

संकटमा एमालेको तेस्रो धार : विद्रोह की आत्मसमर्पण ?

काठमाडौं । दश बुँदे सहमति कार्यान्वयनको विषयलाई केन्द्रीय कमिटी बैठकको एजेण्डा नबनाएपछि नेकपा एमालेभित्रको मध्यपन्थी धार चरम संकटमा परेको छ । हिजोद...

काँग्रेस कमजोर भइसक्यो, देउवाको ध्यान पार्टी कब्जा गर्नेमै छ : डा. शेखर कोइराला

क्रियाशिल सदस्य विवाद हल हुन नसक्दा सत्तारुढ दल नेपाली काँग्रेसको १४ औँ माहाधिवेशन अर्न्तगत तल्लो तहका अधिवेशन कार्यतालिका फेरि प्रभावित हुने भएको छ ।...

संविधान दिवस : यस्तो थियो संविधानमा माओवादीले राखेको १२ फरक मत

काठमाडौं । बिभिन्न राजनीतिक दलबीच सहमतिको दस्तावेजको रुपमा जारी भएको नेपालको संविधानमा तत्कालिन माओवादीले राखेका १२ बुँदे फरक मत राखेको थियो । नेकप...

आज ओमनसँग भिड्दै नेपाल

काठमाडौं । ओमानमा भईरहेको त्रिकोणात्मक सिरिजमा नेपाल आज ओमनसँग भिड्न लागिरहेको छ ।  आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतका लागी नेपालको यो अन्तिम...

आजको मौसम : देशका अधिकांश भागमा मध्यम वर्षा, काठमाडौंमा झरी

काठमाडौं । हाल नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा दक्...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies