काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट नै कायम हुने नेता भीम रावलालई तितो जवाफ फर्काएका छन् ।
सुदूरपश्चिम प्रदेशको समस्याबारे छलफल गर्न उपाध्यक्ष रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेताहरु भट्ट र कर्ण थापा बालकोट पुगेका थिए ।
ओलीसंगको छलफलका क्रममा रावलले दश बुँदे कार्यान्वयन पार्टीको निर्णय भएको स्मरण गराउँदै पार्टी ०७५ जेठ २ को अवस्था फर्किपछि सुदूरपश्चिमको इन्र्चाज आफु भएको जिकिर गरेका थिए । तर, जवाफमा ओलीले १० बुँदे सहमति माधव नेपाल पक्षमा उभिएका कार्यकर्ता जोगाउन गरिएको भन्दै पार्टी नै चोइटिइसकेपछि १० बुँदेको रटान लगानुको अर्थ नभएको बताएका थिए ।
छलफलमा सहभागी एक नेताका अनुृसार ओलीले अहिलेको एमाले पुरानो एमालेको निरन्तरता नभएकोले पछिल्लो जिम्मेवारी नै आधिकारीक भएको जवाफ दिएका थिए । रावल पार्टीको उपाध्यक्ष भएकाले सहजिकरण गर्न र भट्टलाई दिएको जिम्मेवारीमा अवरोध सिर्जना नगर्न बताएका थिए । ओलीको भनाइ उदृत गर्दै एक नेताले बताए अनुसार सुदूरपश्चिम प्रदेशको अध्यक्ष कर्णबहादुर थापा र इन्चार्जमा भट्ट यथावत रहेका छन् ।
नेकपा रहेको अवस्थामै सुदूरपश्चिमको जिम्मेवारीमा माओवादी पृष्ठभूमि रहेका भट्टराई अघि सारिएपछि रावल प्रचण्ड र ओलीसंग रष्ट हुँदै आएका थिए । सर्वोच्चले गत फागुन २३ गते नेकपा खारेज गरेपछि रावल माधव नेपाल पक्षमा खरोरुपमा उत्रिएका थिए ।
फागुन २८ मा बसेको एमाले केन्द्रीय कमिटी बैठकले रावलको जिम्मेवारी खोसेर भट्टराई सुदुरपश्चिमको इन्चार्जको जिम्मेवारी दिइएको थियो । भदौ २ गते माधव नेपालले पार्टी विभाजन गरेपछि उनी सहित नेपाल पक्षका १० जना स्थायी कमिटी सदस्य एमालेमै फर्किएका थिए ।
पार्टी एकताको नाममा १० बुँदे सहमति गरेका रावल ओलीको तितो निर्देशन पाएपछि बालबोटबाट रुष्ट भएर फर्किका एक नेताले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २० गते, २०८२ - ०८:०८
जापान । राष्ट्रपति रामचन्द्र पौडेल चारदिने औपचारिक भ्रमणका लागि जापान पुगेका छन् । उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालय...
माघ २० गते, २०८२ - ०८:०३
कास्की । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गत आज लिग चरणका दुई खेल ह...
माघ २० गते, २०८२ - ०७:५७
बालुवामा सुनका कण भेटिनुको अर्थ
माघ २० गते, २०८२ - ०७:२७
काठमाडौँ । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर मौसम बदली गराउन लागेको छ । गत मंगलबार र बुधबार मौसम बदली भई वर्षा र हिमपातले कोशी तथा मधेश...
माघ २० गते, २०८२ - ०७:१८
दाङ । दाङको घोराहीमा आइतबार ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन्। घोराही–लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरप...
माघ २० गते, २०८२ - ०७:१७
भक्तपुर । गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार यहाँको सानोठिमीस्थित बाल सुधार गृहको अवलोकन गरेका छन् । स्थलगत अवलोकन पश्चात् उनले यहाँको वस्तुस्थितिका ...
माघ २० गते, २०८२ - ०७:०८
रामेछाप । मुलुक चुनावी माहौलले तातिएको छ । तर यहाँका किसानलाई जुनारको चिन्ता छ । यहाँको रामेछाप नगरपालिका–७ ओख्रेनीका जुनार कृषकहरू जुनारको मूल्य कहिल...
माघ २० गते, २०८२ - ०७:०६
बाँके । ठेकेदार कम्पनीको लापरबाहीले यहाँका केही स्थानीय तहका निर्माणाधीन प्रशासनिक भवन अलपत्र परेका छन् । निर्माण गर्ने समयावधि सकिएको एक वर्ष बिति...
माघ २० गते, २०८२ - ०७:०१
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५ ज...
माघ १९ गते, २०८२ - ०९:०४
सर्लाही । सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको छ महिनामा २९ जनाको मृत्यु भएको छभने १९० जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी ...



प्रतिकृया लेख्नुहोस्: